मकवानपुर । आज माघ १६ गतेकाे १ बजेकाे लागि बाेलाइएकाे प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संघीय संसद सचिवालयले माघ १६ गतेका लागि यसअघि तोकिएको बैठक माघ २६ गते बुधबार १ बजेका लागि तोकिएको जनाएको छ ।
संसद सचिवालयले कोभिड संक्रमणको जोखिम यथावत रहेको कारण बैठक सारिएको उल्लेख गरेको छ ।


