मकवानपुर । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जिल्लाको १० वटै स्थानीय तहमा ‘मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ सञ्चालन’ गर्ने भएकाे छ । मकवानपुरका १० वटै स्थानीय तहमा २ चरणमा मतदाता नामावली संकलन गरिने भएको हाे ।
मतदातामा नामवलीमा नाम नभएका १८ वर्ष पुरा भएकाकाे नामानली संकलन कार्य गर्न लागिएकाे हाे । साेमबार जिल्ला प्रशासन कार्यलयमा राजनीतिक दलहरु, सुरक्षा निकायका प्रमुखहरुसंग अन्तरक्रिया कार्यक्रम गर्दै कार्यलयले आगामी मंसिर १७ गते देखि पुष २ गते सम्म पहिलो चरण र पुष ५ गते देखि माघ ५ गतेसम्म दोस्रो चरणमा संकलन गरिने जानकारी दिएको छ ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार पहिलो चरणमा मकवानपुरगढी, भीमफेदी, इन्द्रसरोबर, मनहरी र बकैया गाउँपालिकामा मतदाता नामावली संकलन कार्यक्रम गरिने छ । दोस्रो चरणमा भने जिल्लाको बागमती, राक्सिराङ, कैलाश गाउँपालिका, थाहा नगरपालिकामा कार्यक्रम संचालन गर्ने तय भएको कार्यालयले जनाएकाे छ ।
हेटौंडा उपमहानगरपलिकामा भने जिल्ला प्रशासन कार्यलय र प्रदेश निर्वाचन कार्यालय हेटौंडामा गएर नामावली दर्ता गर्न सकिने बताइएकाे छ ।
कार्यलयका अनुसार जिल्लामा २०७८ कात्तिकसम्म २ लाख ८० हजार १ सय ८१ जना मतदाता रहेका छन् । जसमा १ लाख ४२ हजार ७०३ जना पुरुष, १ लाख ३७ हजार ४ सय ७२ जना महिला र ६ जना तेस्रो लिङ्गी रहेका छन् ।

