मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचनबाट सभापतिमा लोक मुक्तान विजयी भएका हुन् ।
निर्वाचनको मत परिणाम अनुसार मुक्तान ६ सय २० मतसहित विजयी भएका हुन् । सभापतिका अर्का उम्मेदवार इश्वरराज पौडेलले ३ सय ५३ मत पाइ पराजित भएका छन् । सभापति मुक्तान सहित सचिवमा थल बहादुर थापा ‘सन्तोष’, बलराम घिमिरे, सहसचिवमा निर्मला रुम्बा र चुनारी माया थिङ विजयी भएका हुन् ।
थापाले ५ सय २७ मत र घिमिरेले ४ सय ६२ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै सचिव पदमा रमेश कुमार थिङले ३ सय ४४ र राजकुमार ब्लोनले ३ सय ७७ मत प्राप्त गरी पराजित भएको मतदान अधिकृत रामकुमार अधिकारीले जानकारी दिए ।
मकवानपुर क्षेत्र नम्वर २ बाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरुको परिणाम समेत सार्वजनिक गरिएको छ । मत परिणाम अनुसार प्रत्यक्ष महिलातर्फ ५ सय ८० मत प्राप्त गर्दै उमा दाहाल , ६ सय १९ मतका साथ जानकी लामा तामाङ, ६ सय ५९ मत ल्याइ मिरा स्याङतान र ४ सय ९३ मत प्राप्त गर्दै निलम देवकोटा विजयी भएका छन् ।
यसैगरी प्रत्यक्ष खुल्लातर्फ इश्वर पाठक ६ सय, शंकर न्यौपाने ३ सय ८, जयराम लामिछाने ६ सय ७०, टेकनाथ शिवकोटी ३ सय ५५, बुद्ध लामा ६ सय ३), भरत लामा ४ सय ४०, ठाकुरराम तितुङ ४ सय २०, राजकुमार मल्ल ३ सय ६३, राज मैनाली ३ सय ३२, सन्तबहादुर प्रजा ५ सय १८) मत ल्याइ विजयी भएका हुन् ।
खस आर्य खुलातर्फ राजेश भेटवाल ६ सय ७६, आदिवासी जनजाति महिलातर्फ गोरी माया लामा ५ सय ४३, जानकी लामा ४ सय ११ र निर्मला हिम्डुङ ३ सय ९४ मत सहित विजयी भएका छन् । आदिवासी जनजाति खुल्लातर्फ जमान सिं वाईबा ५ सय ७७, चित्रबहादुर थापा ५ सय ४४, रामचन्द्र थिङ ५ सय ४९, रत्नबहादुर गोले ५ सय ५, दलिततर्फ शान्ताकुमारी विक ५ सय ५१, मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक, अपांगतर्फ सूर्यबहादुर रुम्बा ४ सय ७१ मतले बिजयी भएका हुन् ।
कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ काे मत परिणाम सार्वजनिक
यसै गरी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत भएकाे निर्वाचनकाे मत परिणाम मंगलबार विहान समेत सार्वजनिक भएकाे छ । क्षेत्रिय समिति र महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको हाे ।
मत परिणाम अनुसार क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि भएको मतदानबाट प्रत्यक्ष खुलातर्फ नेपाली कांग्रेस मकवानपुरका पार्टी सभापति इन्द्रबहादुर बानियाँ ६ सय ७६ मत प्राप्त गर्दै सर्वाधिक मत सहित निर्वाचित भएका छन् । प्रत्यक्ष खुल्लातर्फबाटै आनन्दराम पराजुली (६ सय ११), अमृतकुमार लामा (५ सय ७७), बिष्णु कुमार लामिछाने (४ सय ९३), दिनेश उपाध्याय (४ सय ८६), रघुरमण न्यौपाने (४ सय ८४), प्रभात कुमार दाहाल (४ सय ५५), माइक रामचन्द्र अर्याल (४ सय ५५), राम बाबु बानियाँ (४ सय ४१) र ताराचन्द्र बजगाई (४ सय ५) विजयी भएका छन् ।
महाधिवेशन प्रतिनिधिका लागि प्रत्यासी रहेका शेर बहादुर लामा (३९६), राजु खतिवडा (३८९), होम नाथ गौतम (३०७) र चोक बहादुर ठाडा मगर (२६९) मत प्राप्त गरेका थिए ।
यसैगरी खुल्ला महिला तर्फ उर्मिला पुलामी (५ सय ९७), प्रबित्रा बिक (५ सय ८३), अन्जना उपाध्याय (४ सय ८७) र मिरा बन्जारा (४ सय ७२) विजयी भएका छन् । महिला खुल्लामा प्रत्यासी रहेकी नेपाली कांग्रेसकी नेतृ रिता खनाल भने पराजित भएकी छन् । उनले ३ सय ८८ मत प्राप्त गरिन ।
यस्तै प्रत्यक्ष जनजाती खुला तर्फ भएको मतदानबाट चम्पुरत्न लामा (४ सय ९६), अशोकराज शाक्य (४ सय ५६) शुभात थिङ (४ सय ७०) विजयी विजयी भएका छन् । यसैगरी सचिवमा दोर्जे लामा स्याङतान (५ सय ५४) र कविन संगामी (४ सय ९९) विजयी भएका छन् । सचिवका अर्का प्रत्यासी रमेश ढकालले २ सय ५५ मत ल्याइ पराजित भएका छन् ।
यसअघि सोमबार क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित भएका थिए । सभापतिका लागि उम्मेदवारी घोषणा गरेका धर्मराज लामिछानेले नाम फिर्ता लिएपछि खनाल क्षेत्र नम्बर १ सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी समितिको क्षेत्रीय सहसचिवमा ईन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत पनि निर्विरोध भएका छन् । यसैगरी क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधितर्फ खस आर्य खुलामा केशवप्रसाद धिताल र मिठाराम दाहाल निर्विरोध निर्वाचित भएका छन् भने खस आर्य महिलातर्फ राधा कोइराला, जनजाति महिलातर्फ लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ र अमृता थापा तथा दलिततर्फ गोपिलाल विक र अल्पसंख्यकतर्फ रूद्र ढकाल खान निर्विरोध निर्वाचित भएका छन् । सचिव पद र महाधिवेशन प्रतिनिधिका लागि प्रत्यक्ष खुल्ला, महिला खुल्ला र जनजाती पुरुष खुल्लामा मतदान भएको थियो ।

