मकवानपुर । जेसीआई हेटौंडा लेडीले सप्ताहव्यापी कार्यक्रमहरु गर्ने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले मंसिर ८ गते बुधबारबाट मंसिर १४ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने जानकारी दिएकी हुन् ।
कार्यक्रमको पहिलो दिन बुधबार मंसिर ८ गते बिहान ७ बजे लेडी जेसीज र महिला पत्रकार फुटसल प्रतियोगिता हुने श्रेष्ठले बताइन् । हेटौंडा फुटसल एण्ड स्पोर्टस् सेन्टर हेटौंडा–४ कमल डाँडामा हुने उक्त कार्यक्रमको संयोजक जेसी इन्दिरा बानियाँ रहेने छिन् । यस्तै, बुधबार नै बिहान १० बजे स्व. बासु प्रसाद पौडेल स्मृतिमा मनहरी गाउँपालिका वडा नम्वर १ चकरीस्थित श्री प्राविका विद्यार्थीहरुलाई पोशाक वितरण गर्ने कार्यक्रम रहेकाे श्रेष्ठले जानकारी दिइन् ।
अध्यक्ष श्रेष्ठले बुधबार दिउँसो २ बजे हेटौंडा–९ पाञ्चायन मन्दिरमा हुने घरेलु सेनिटरी प्याड बनाउने तालिम दिन लागिएको र उक्त कार्यक्रमको संयोजक जेसी शिखा भट्टराई रहेको बताईन् । यस्तै, सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन मंसिर ९ गते हेटौंडा–१ चौकिटोलमा स्वागत बोर्ड स्थापना गर्ने हेटौंडा–४ मा महिला उद्यमशिलता सम्बन्धि तालिम र क्लब हेटौंडामा विद्यालय स्तरीय वक्तृत्वकलाको आयोजना गर्ने भएको छ ।
यसैगरी तेस्रो दिन मंसिर १० गते दिव्य सेवा निकेतनमा खाद्यन्न वितरण गर्ने, चौथो दिन मंसिर ११ गते क्लब हेटौंडामा संसीय बैठक प्रणाली तालिम र हेटौंडा–१ बाजोडाँडामा जेसीज गाउँ घोषणा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम, पाँचौ दिन मंसिर १२ गते हेटौंडा ४ हुप्राचौर गेट अगाडी महिला स्लो स्कुटी प्रतियेगिता, हेटौंडा–४ कमलडाँडामा महिला मयुरी अटो चालकलाई ट्राफिक नियम सचेतना एवं सेफ्टी ज्याकेट वितरण र उद्यमशिलता तालिमको आयोजना गरेको श्रेष्ठले बताईन् ।
यस्तै, कार्यक्रमको छैठौ दिन मंसिर १३ गते हेटौंडा–८ कमानेस्थित चन्द्रोदय माविमा महिला आत्मसुरक्षा तालिम, हेटौंडा–९ सिआन पुनः स्थापना केन्द्रमा लागूऔषध न्युनिकरण सचेतना तथा हटवाटर डिष्पेसर वितरण गर्ने र सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन मंसिर १४ गते हेटौंडा–४ स्थित क्लब हेटौंडामा जेसीज सप्ताह समापन तथा पुरस्कार वितरणको कार्यक्रमको आयोजना गरिने उनले बताइन् ।
अध्यक्ष श्रेष्ठले सप्ताहव्यापी कार्यक्रममा करिब ४ लाख खर्च हुने उक्त खर्चको व्यवस्थापन केही सहयोग रकमहरु उठ्ने र नपुग बाँकी रकम लेडी जेसीसहरुबाटै व्यवस्थापन हुने बताईन् । पत्रकार सम्मेलनमा महासचिव सजिता केसी,मुल कार्यक्रम संयोजक जेसी कविता पौडेल,सह मुल कार्यक्रम संयोजक जेसी डिलमाया घर्ती लगाएत लेडी जेसीहरुको उपस्थिति रहेको थियो ।

