मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का हेटौंडा नगर सचिव गिरिजा अधिकारीको निधन भएको छ । करेण्ट लागेर २८ वर्षीय अधिकारीकाे साेमबार निधन भएकाे हाे ।
सोमबार दिउँसो हेटौंडा १७ राजदेबि स्थित सडकखण्डमा बाटो बिस्तार गर्ने क्रममा जेसीबीको बकेटमा बसेर बिजुलीको तार पन्छाउने क्रममा करेण्ट लागेर घाइते भएका उनकाे अस्पतालमा निधन भएकाे हाे ।
तार पन्छाउँदै गर्दा एघार हजार भोल्टेजको तार छुन पुग्दा करेन्ट लागेर अधिकारी गम्भीर घाइते भएकाेमा हेटाैडा अस्पतालमा उपचारकाे क्रममा उनकाे निधन भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
