मकवानपुर । शनिबार हेटाैडामा २ सय १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले आयोजना गरेको कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी उनीहरु नपेाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
शुभ दीपावली, नेपाल संवत, छठ लगायतका पर्वहरुको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य विष्णुगोपाल महर्जन, घरजग्गा व्यवसायी संघ मकवानपुरका अध्यक्ष ध्रुब घिमिरे सहित २ सय १५ जना कांग्रेस प्रवेश गरेका हुन् ।
नवप्रबेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसकी केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय (डिना) र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले कांग्रसेसको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् ।

