मकवानपुर / हेटौंडा उपमहानगरपालिका उपपप्रमुख मिनाकुमारी लामाले गैरसरकारी संस्थाहरू सामाजिक विकासको क्षेत्रमा स्थानीय तहको सहयोगी भएको बताएकी छिन् । मकवानपुर महिला समूहको १८ औं बार्षिक साधारण सभा तथा अधिबेशनमा लामाले यस्तो बताएकी हुन् ।
स्थानीय तहहरूले गर्नुपर्ने सामाजिक विकासका क्षेत्रमा गैरसरकारी संस्थाले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको उनले बताइन् । मकवानपुर महिला समूह अध्यक्ष कमला सुबेदीको अध्यक्षतामा भएको कार्यक्रम हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले सामाजिक क्षेत्रमा कामगर्दा गैससहरूले स्थानीय तहसंग अनिवार्य अनुमती लिनु पर्ने र कार्यक्रमको पुर्व जानकारी गराउनु पर्ने बताए ।
मकवानपुर महिला समूहले एचआईभी संक्रमित तथा प्रभावित महिलाहरूको क्षेत्रमा कार्य गर्दै आएको छ । संस्थाले संक्रमित प्रभावित महिलाको आय आर्जन वृद्धि, बालबालिकाहरूको शिक्षा, महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणको लागि काम गर्दै आएको अध्यक्ष कमला सुबेदीले बताइन् ।
कार्यक्रम अध्यक्ष सुबेदीले संस्थागत प्रतिवेदन, सचीव सावित्री लामिछानेले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मन्जु लामाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले कोरोना महामारीको बेलामा नियमित कामलाई स्थगित गरेर राहत वितरण, स्वारेण्टाईनहरूमा सहयोग जस्ता कार्यलाई प्राथमिकता दिंदै बाल विवाह, लैङ्गिक हिंसा न्यूनीकरण, मनोसामाजिक समस्या न्यूनीकरण जस्ता कार्यमा भूमिका निर्वाह गर्दै आएको अध्यक्ष सुवेदीले बताइन् ।
कार्यक्रममा गैसस मकवानपुर उपाध्यक्ष रमिला सापकोटा, समूहको संस्थापक अध्यक्ष राधिका अधिकारी, जिल्ला कानुन सहायता समिती अधिवक्ता अप्सरा बस्नेत, माइती नेपाल रोकथाम गृह मकवानपुर प्रमुख माया लामाको उपस्थिति रहेको कार्यक्रम संयोजन निशा लामाले बताइन्।
अधिवेशनले पुनः कमला सुबेदीलाई अध्यक्ष, सुमित्रा लामा उपाध्यक्ष,साबित्र लामिछाने सचिव, मन्जु लामा कोषाध्यक्षमा चयन गरेकाे छ । यसैगरी सदस्यहरूमा सम्झना बिष्ट, उमा घिमिरे र मनिता विसङ्खेलाई चयन गरेको छ ।
