मकवानपुर । मकवानपुरकाे हेटाैंडामा सञ्चालन भएकाे मास्क लगाऔं अभियान सकिएकाे छ । जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्रको निर्णय अनुसार मानव अधिकार सरक्षण तथा मानव वेचविखन विरुद्धकाे जिल्ला संजालले लिएकाे मास्क अभियानकाे जिम्मेवारी पुरा गर्दै सकिएकाे हाे ।
संजालले हेटौडाको बस पार्कमा हेल्प डेस्का स्थापना गरी पहिलो चरणको मास्क लगाऔ अभियान मकवानपुर सम्पन्न भएको सजाल अध्यक्ष आरती पाठकले जानकारी दिइन् । मास्क अभियान सफल बनाउन सबै सामाजिक संस्था एक भएर क्रियाशील भएकाेले कार्यक्रम सफल भएको उनले बताइन् ।
कोभिड १९ लाई जित्न एसएमएस सुत्रकाे माध्यमबाट प्रचार प्रसार गरिएको थियो । यस अभियानमा एसएमएस (S- soap . M- Mask, S- social distance ) कोभिडलाई फैलन नदिन एक हप्तासम्म हेटौडा उपमहानगरपालिकाको १२ ठाउमा हेल्प डेस्क खडागरी मास्क अप मकवानपुर संचालन गर्ने निर्णय गरिएको थियो ।
संजालमा आबद्ध सदस्य सस्थाहरुले बस पार्कमा कार्य सम्पादन गर्ने जिम्मेवारी लिइ पश्चात गत आसाढ २९ सुरु गरी श्रावण ४ गते साेमबारसम्म अनिवार्य मास्क लगाऔ अभियान कार्यक्रम सम्पन्न भएकाे माईती नेपालकी कार्यक्रम संयोजक माया लामाले जानकारी दिइन् । कार्यक्रमकाे समय ताेकिएकाे १ हप्ताकाे समयसम्म २२ बटा संस्थाहरुले पालैपालो काम गर्ने याेजना अनुरुप कार्य सम्पन्न भएकाे हाे ।
राष्टि्य बाल अधिकार परिषदबाट गठित कोभिड संकट बाल संरक्षण स्वयंसेबी सहायता समुहको प्रतिनिधी प्रकाश खतिवडा, चिरन्जिबी पौडेल र कुमारी बाईबाबाट बालबालिका लाई कोभिड संक्रमण फेलन नदिनका लागि अभिभाबकहरुलाई जानकारी गराई सचेत गराइएकाे थियाे । मास्क अभियानकाे एक हप्ता समयमा ११ हजार ३ सय २५ वटा मास्क र २० लिटर सेनीटाइजर वितरण र प्रयाेग भएकाे लामाले बताइन् । नागरिक समाज र सरकारको संयुक्त कार्यक्रम सफल भएकाे र कोभीड १९ लाई परास्त गर्न नागरिक समाजले उल्लेखनीय कर्तब्य निर्बाह गरेको बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाले बताए ।
सानाहातहरु नेपालका संयोजक डिकम्बर रुपाचाले अभियानमा सामुदायिक प्रहरिको सहकार्य भएकोले पनि कार्यक्रम उपलब्धिमुलक भएको बताए । प्रमुख जिल्ला अधिकारीकाे आग्रहमा संजालले पुनः एक हप्ता मास्क लगाऔ अभियान बस पार्कमा नै संचालन गरिने भएको छ ।
सजालको अध्यक्ष तथा अस्मिता नेपालकी अध्यक्ष पाठकको सभाध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा बाल कल्याण समाज मकबानपुरका अध्यक्ष प्रकाश खतिवडा, माईती नेपालकी कार्यक्रम संयोजक माया लामा, हिमराईट्सकि कार्यक्रम संयोजक कुमारी वाईबा, साना हातहरु नेपालको कार्यक्रम संयोजक डिकम्बर रुपाचा, सामुदायिक प्रहरी सेबा केन्द्र बस पार्कका अध्यक्ष प्रदिप कडेल लगायत ले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा ग्रमीण महिला सेबा केन्द्रका दिपक न्यौपाने, एस्थर बेन्जामीन स्मृती संस्थाका बुद्व बिर लामा , नारी संरक्षण केन्द्रका राम मिजार, साना हातहरुका ज्ञानु संज्याल, नेपाल परिबार नियोजन संघका प्रकृती नेपाल, माईती नेपालकी मन लामा , फेडो को मन्जु रोक्का, प्रहरी हबल्दार सिता खत्री लगायतको उपस्थिती रहेको थियो ।

