मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले स्थानीय तहकाे निर्वाचनकाे तयारीमा लाग्न निर्देशन दिएका छन् । साेमबार मकवानपुरकाे बकैयामा अगुवा कार्यकर्ताहरुकाे भेलालाई सम्बाेधन गर्दै थापाले भने ‘मुलुकमा अहिले माैलाउँदै गएकाे बिकृती र बेथितिको अन्त्यकाे लागि जनताले राप्रपालाई राेज्नु पर्नेछ ।
थापाले पछिल्लाे समयका सरकारकाे गठनकाे खेलले काङ्ग्रेस र कम्युनिस्टको असफलता भएकाेले उनीहरुले गरेकाे भ्रस्टाचार र कुशासनको भण्डाफोर गर्दै जनताको माझमा जानुपर्ने बताएका छन् ।
अध्यक्ष थापाले संगठन सुदृढीकरण र सक्रिय सदस्यता बितरण अभियान र जनताको सुखदुखमा साथै रहने कामलाई उच्चप्राथमिकता साथ अघि बढाउन कार्यकर्तालाई आग्रह समेत गरे । महाधिवेशन केन्द्रित हुँदै महाधिवेशन पश्चात पार्टीलाई राष्ट्रिय राजनीतिको मुल धारमा ल्याउन सबैले उच्च मनोबलका साथ काम गर्नुपर्ने अध्यक्ष थापा बताए ।
कार्यक्रममा राप्रपा कार्य सम्पादन समितिका सदस्य राजाराम बर्तौला, मकवानपुर अध्यक्ष गुरु प्रसाद सापकोटा , जिल्ला सदस्य अर्जुन तिमिल्सिना बकैया गाउँ कमिटी अध्यक्ष राजाराम अर्याल,महिला नेतृ लक्ष्मि जिम्बा ,गोबर्दन गौतम लगायतको उपस्थिति रहेको थियो ।

