मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन गर्ने गरी तय भएकाे मिति सरेको छ। कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म हुने भएकाे छ । शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले १४ औं महाविधेशनको मिति सार्दै आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो।
पार्टी सभापति शेरबहादुर देउवाले आगामी भदौमा पार्टीको महाविधेशन हुने बताउँदै अाएका थिए। महाधिवेशन यस अघी भदौको ७ देखि १० गतेसम्म गर्ने गरी तय भएकाे थियाे । पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै महाधिवेशनको मिति ९ दिन पर सारेको हो।
कांग्रेसले स्थानीय अधिवेशनहरुको मिति पनि संशोधन गरेको छ। यसअघि असार ६ गते हुने भनिएको गाउँ र नगर वडा अधिवेशन अब साउन ६ गते हुने छ। गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुनेछ।
त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ। संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भाद्र १ र २ गते हुनेछ।

