मकवानपुर । बंगालको खाडी आसपास विकसित हुने क्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भू–भागबाट एक दुई दिनमा मनसुनको आगमन हुने जल तथा माैसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले देशको पूर्वी भू–भागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेकोले आज देशैभर सामान्य देखि पूर्ण बदली रहनेछ । आज शुक्रबार देशका केही स्थानमा हल्का र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
भारी वर्षा हुने स्थानमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वागमती प्रदेश, लुम्विनी प्रदेश र सुदुरपश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा प्रदेश १, वागमती प्रदेश, लुम्विनी प्रदेश र सुदुरपश्चिम प्रदेशका भूभागका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेकाे छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
जेठ २८ गते शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वागमती प्रदेश, लुम्विनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
जेठ २९ गते शनिबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । महाशाखाका अनुसार देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, वागमती प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
जेठ ३० गते आइतवार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

