मकवानपुर । हिमाल मुटु अस्पताल काठमाडौंले मकवानपुरको राक्सिराङ गाउँपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
नेपाली कांग्रेसकी केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डिना र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको पहलमा अस्पतालले गाउँपालिकालाई ५ थान कन्सन्ट्रेटर बुधबार उपलब्ध गराएको हो ।
हिमाल मुटुको सहयोगमा हेटौंडा उपमहानगरपालिका ६ मा निर्माणाधिन सिद्धस्थली रुलर कम्युनिटि अस्पतालको प्राङगणमा उक्त कन्सन्ट्रेटर नेताद्वय डिना र बानियाँले राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मल्लले अक्सिजन कन्सन्ट्रेटर बुझ्दै मकवानपुरको विकट राक्सिराङमा गरिब तामाङ र लोपोन्मुख चेपाङ, प्रजाको बसोबास रहेकोले कोरोना महामारीमा धेरै नै राहात पुग्ने बताए । उनले सहयोग गर्ने हिमाल मुटु र पहल गरिदिनुहुने नेताद्वयलाई विशेष आभार समेत प्रकट गरेका थिए ।
हेटौंडा ६ का वडा अध्यक्ष अर्जुन चौलागाईको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, हिमाल मुट अस्पतालकी अध्यक्ष गोमा गौतम, डाक्टर अमन गौतम, सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाई, सचिव दीपक तिवारी, कांग्रेसका महाधिबेशन प्रतिनिधि ईश्वर पण्डित, महिला संघ जिल्ला सचिव निलम देवकोटा, दिव्यतारा बहुउद्देश्यीय सहकारीका व्यवस्थापक रमेश कोइराला लगायतको उपस्थिती रहेको थियो ।

