मकवानपुर । मकवानपुर प्रहरीले हेटाैडाबाट तास खेल्दै गरेका ५ जनालाई मंगलबार पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.४ बैकरोडस्थित रुस्तम कोईरालाको डेरा कोठामा जुवा खेलिरहेको अवस्थामा नगद २८ हजार सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
पक्राउ पर्नेहरुमा ४० वर्षीय कोईराला सहित डेरामै बस्ने ५४ वर्षीय अमर प्रधान,४० वर्षीय प्रकाश मानान्धर,३३ वर्षीय बिनोद घर्ती र चितवन भरतपुर महानगरपालिका वडा नंबर ६ बस्ने ४४ वर्षीय सुरेश पौडेल रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ रिमालले बताए । प्रहरीले उनीहरुलाई म्याथ थप गरी कारवाहीको प्रक्रिया अगाडी बढाईएको जनाएको छ।

