मकवानपुर । मकवानपुर प्रहरीले अबैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा,गिटी, बालुवा, ग्राबेल उत्खनन् गर्ने सवारी साधनलाई कारवाही गरेकाे छ ।
गत बैशाख महिना र जेठ महिनाकाे हालसम्ममा ४६ वटा ट्याक्टर, JCB १, स्काभेटर १, र टिपर ३ वटालाई अबैध नदिजन्य पदार्थ उत्खनन तथा दोहन गरेकोमा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानिय तहमा पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
यसै गरी रजेठ २३ गते राप्ती नदी बस्तिपुर क्षेत्रमा नदिजन्य पदार्थ अबैध रूपमा उत्खनन् र दाेहन कार्यमा संलग्न भईरहेको सूचनाकाे अाधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलिले जेठ २३ गते बस्तिपुर स्थित राप्ती खोलाबाट प्र.२ ००३ १ त ३२५२ र ना ६ त ६३५६ नं. को २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रवक्ता रिमालले बताए ।
यस्तै जेठ २२ ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी गस्ती टोलीले हेटाैडा वडा नं. ९ र १५ स्थित खोलाबाट प्र.२-०३-००१ क.०४०१ नं.को ब्याक लोडर (JCB) ना.७.ख.५५३४ नं.को टिपर, बा.प्र.०३-००१ ख १३३१ नं.को टिपर नियन्त्रणमा लिइएकाे रिमालले जानकारी दिए ।
यसैगरी जेठ २३ गते उक्त क्षेत्रकाे खाेलबाट ना.४ त.२४१२ नं.को ट्याक्टर, ना.३ त.८०८ नं.को ट्याक्टर, ना.३ त.१३१५ नं.को ट्याक्टर, ना.६ त.६०४ नं.को ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाहीकाे लागि संम्बन्धित निकायमा पठाइएकाे रिमालले जानकारी दिए ।
निषेधाज्ञा उल्लङ्घन गर्ने ८ वटा सवारी साधन कारवाहीमा
यसै बीच जेठ २३ गते मकवानपुर प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने मो.सा./स्कुटर गरी ८ वटा सवारीसाधन र २७ वटा सवारी साधनकाे कागजपत्र नियन्त्रणमा लिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी चेकिङ टोलिले मकवानपुर जिल्लाको बिभिन्न स्थानमा राखेको चेकप्वाईन्टमा चेकजाँचगर्दा निषेधाज्ञा उल्लङ्घन गर्ने उल्लेखित सवारी साधन नियन्त्रणमा लिएकाे प्रहरी प्रवक्त रिमालले बताए ।
कोभिड- १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम नियन्त्रणमा लिईएको ८ वटा सवारी साधनलाई जनही २ हजार देखी ५ हजार सम्म कारवाही गरिएको छ । साथै निषेधाज्ञा उल्लंघन गरी पसल ब्यवसाय खोली संचालन गर्ने २ जना मानिसलाई जेठ २२ गते नियन्त्रणमा लिईएकोमा आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय मकवानपुर पठाईएकोमा जिल्ला प्रशासन कार्यालयबाट प्रत्येकलाई जनही ५ हजारका दरले जरीवाना समेत भएको रिमालले जानकारी दिए ।

