मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ आइतबार जारी गरेकी हुन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएकाे छ । स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी भएकाे कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण समेत हुन थालेकाे घटना सार्वजनिक भएपछि सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाइ कारवाहीकाे लागि अध्यादेश मार्फत कानून बनाएको हो ।

