मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जना काेराेना संक्रमणमुक्त भएका छन् ।
यसैगरी ३ हजार ४ सय ७९ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार १० हजार ४ सय ७१ पीसीआर परीक्षणबाट ३ हजार २४ र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षणमा ४ सय ५५ जना गरी ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा थप ९९ जना संक्रमितका मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८ सय ९८ पुगेको छ ।
मकवानपुरमा थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
मकवानपुरमा थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१ सय ५७ जनमा पिसिआर र ९० जनामा एन्टीजेन परीक्षणमा थप ८४ जनामा कोरोना पुष्टि भएको हो ।यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ९ हजार ३ सय ३१ पुगेको छ ।
यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ सय ८३ जनाले कोरोना संक्रमण मुक्त भएका छन् ।होम आइसोलेसनबाट १ सय ५० जना र संस्थागत आइसोलेसनबाट ३३ जना गरी थप १ सय ८३ जनाले कोरोना मुक्त भएका हुन् । यो संगै जिल्लामा कोरोना मुक्त हुनेकाे संख्या ७ हजार १ सय ९३ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरी मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएका थप ३ जनाको मृत्यु भएको छ ।
हेटौंडा अस्पतालमा उपचारको क्रममा थप ३ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्ला भित्रका २ जना र जिल्ला बाहिरका १ जना रहेका छन् ।

