मकवानपुर । नेपालमा पछिल्लो २४ घन्टामा ८ हजार २ सय ४३ जना काेराेना भाइरस संक्रमणमुक्त भएका छन् । याे सँगै हालसम्म ४ लाख ८४ हजार ३ सय ७३ जना काेराेना संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ४ सय ७१ पीसीआर र ५ हजार ३ सय ४३ जनाको एन्टीजेन परीक्षण गरिएकाेमा उक्त संख्यामा काेराेना पुष्टि भएकाे हाे । याे सँगै अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार २ सय ४ जनालाई काेराेना संक्रमण पुष्टि भएको छ ।
निको हुने बढेसँगै सक्रिय संक्रमित संख्या पनि घटेको छ । अहिले ९२ हजार ९ सय २८ संक्रमित आइसोलेसनमा छन् ।
नेपालमा पछिल्लो २४ घन्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७९९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।
मकवानपुरमा थप ५ जना काेराेना संक्रमितको मृत्यु
यसै गरी पछिल्लो २४ घण्टामा हेटौंडा अस्पातलमा उपचारत ५ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मकवानपुर भित्रका ३ जना र जिल्ला बाहिरका २ जना रहेका छन् ।
मृत्यु हुनेहरुमा मकवानपुर थाहा नगरपालिकाका-१ का ५५ वर्षीय पुरुष, हेटौंडा उपमहानगरपालिका-४ का ५६ वर्षीय पुरुष, हेटौंडा उपमहानगरपालिका-५ का ७२ वर्षीय पुरुष रहेका छन् ।
यसैगरि बारा जिल्लाका ४२ वर्षीय र सिन्धुीका ६६ वर्षीय पुरुषको पनि हेटाैडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । यो संगै मकवानपुरमा मृत्यु हुनेको संख्या १ सय ३ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

