- मञ्जु मैनाली
मकवानपुर / विश्व वातावरण दिवसको अवसरमा हेटौंडा लेडि जेसिजको आयोजनामा नव निर्माणाधिन लोकतान्त्रिक पार्क हेटौंडा ८ कमानेमा वृक्षरोपण गरिएको छ ।
विश्व बाताबरण दिवस को अवसर मा “One plant for my life” भन्दै हेटौडा ८ कमाने को नव निर्माणाधिन ऐतिहासिक लोकतान्त्रिक पार्क मा विभिन्न फलफूलका बिरुवा राेपिएकाे हाे । एभोकाडाे, अमला, तेजपत्ता, इमिली, हर्रो, बर्रो, चन्दन, बेल, सर्पगन्धा, आप, कटहर, स्वामि, धुपीलगाएत १०५ बिरुवा रोपिएको थियो।
हेटाैंडा उपमहानगरपालिका वडा ८ का अध्यक्ष गोपालबहादुर श्रेष्ठको प्रमुख अतिथ्यतामा वृक्षराेपण कार्यक्रम गरिएको हो। जेसि रन्जिता बिस्टको संयोजकत्वमा भएको उक्त कार्यक्रम मा शाखा अध्यक्ष प्रतिमा श्रेष्ठ, पूर्वअध्यक्ष रश्मि बस्नेत, टोल विकासका अध्यक्ष, आमा समूह, वडाका टोल समन्वय र जेसिज पदाधिकारीहरु को उपस्थित रहेको थियो ।

