मकवानपुर । मकवानपुर जिल्लामा कोरोना संक्रमणमुक्त हुनेकाे संख्या बढ्दै गएको छ । मंगलबार आज थप १ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै जिल्लामा संक्रमणमुक्त हुनेकाे संख्या ६ हजार ४ सय ७६ पुगेको छ ।
यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ सय ४३ जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा थप १ सय ४४ जनामा कोरोना पुष्टि भएको हाे । यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेहरुको संख्या ८ हजार ७ सय ८९ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
जिल्लामा हाल २ हजार २ सय १२ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमा २ हजार ९७ जना घरमै र १ सय १५ जना संस्थागत आइसोलेसनमा उपचारत रहेका छन् ।
यसैगरी जिल्लामा पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुबै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । उनीहरुको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा हेटौंडा-८ की ७५ वर्षीया महिला र हेटौंडा-११ की ७८ वर्षीया महिला रहेका छन् । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ जना पुगेको छ ।
देशभर ६ हजार ८ सय ९८ जना काेराेना मुक्त
देशैभर पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय ९८ जना काेराेना संक्रमणमुक्त भएका छन् । याेसँगै काेराेना निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३ सय ४४ पुगेको छ ।
६ हजार ८५ जनामा कोरोना सक्रमण पुष्टि हुँदा ६ हाजर ८ सय ९८ जना काेराेना निकाे भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार २० हजार १ सय ६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । याेसँगै संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ ।
सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ४ सय ५४ पुगेको छ ।
यस्तै हाल देशभर १ लाख ४ हजार ७ सय ८९ सक्रिय संक्रमित रहेका छन् ।

