मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल बिद्युत प्राधिकरण पर्बत बितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बिमा बापत सात लाख रुपैँया प्रदान गरेको छ ।
मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत कर्मचारी शर्माका परिवारलाई मेगा बैंकले सोही खाताको बिमा बापतको रकम सात लाख रुपैँया प्रदान गरेको हो । कर्मचारी शर्माको बिद्युत लाइन मर्मतका क्रममा २०७७ भदौ २९ गते मृत्यु भएको थियो । मेगा बैंक गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, कुश्मा शाखाका प्रबन्धक केशब आचार्य लगायतले कर्मचारी शर्माकी पत्नी यामकला ढकाललाई बिमा बापतको रकम हस्तान्तरण गरेका छन् । रकम ग्रहण गर्दै ढकालले पतिको मृत्युपश्चात बैंकले प्रदान गरेको बिमा रकमले परिवारको भरणपोषणमा निकै ठूलो सहयोग पुग्ने भन्दै मेगा बैंकलाई धन्यवाद दिइन् ।
मेगा बैकमा न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बिमा गरिदिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् । यो खाता खोल्ने ग्राहकहरुलाई बिरामी पर्दा उपचारका लागि पनि ५० हजार रुपैंयासम्मको व्यवस्था गरिएको छ ।
यसैगरी, कालीगण्डकी एकेडेमीका प्रिन्सिपल एवं गुप्तेश्वर बहुमुखी क्याम्पस पर्बतका संचालक समितिका अध्यक्ष बसन्तकुमार कर्माचार्य, जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन आचार्य, नेपाल बिद्युत प्राधिकरण पर्बत बितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराई लगायतले कर्मचारी शर्माको पीडामा मल्हम लगाएको भन्दै मेगा बैंकको प्रशंसा गरेका छन् ।
मकवानपुर / नारायणी यातायात व्यवसायी संघको रुपान्तरित कम्पनी तथा नारायणी संघको वार्षिक साधारणसभा शनिबार हेटौंडामा भएको छ । नेपाली काँग्रेस मकवानपुर सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आथित्यमा कार्यक्रम भएको हो ।
कार्यक्रम नेता बानियाँले यातायात क्षेत्रको समस्या समाधान गर्ने सरकार उदासिन रहेको बताए । विकासको मेरुदण्ड यातायात भएको भन्दै सरकारले यातायात क्षेत्रको समस्यालाई बेवास्ता गर्न नहुने बानियाँले बताए ।
सरकारले साना लगानीका यातायात व्यवसायीलाई एकोहोरो पेलाईमा राखेको कारण व्यवसाय खस्किंदो रहेको संघका अध्यक्ष हिरालाल श्रेष्ठले बताए । सवारी दुर्घटनामा चालकलाई बढी दोषी देखाउने प्रवृत्तिप्रती संघको आपत्ति रहेको उनले बताए । ‘कतिपय दुर्घटनामा चालक स्वयमको मृत्यु हुनेगरेको छ,आफूले आफैं गुमाउन को चाहन्छ ‘ श्रेष्ठले भने ‘दुर्घटना न्यूनीकरण गर्न राजमार्गको मर्मत तथा लाईसन्स वितरण प्रक्रियामा सुधार ल्याउनु पर्छ ।’
कार्यक्रममा संघका प्रबन्ध सञ्चालक सरोजकुमार खनालले चालकलाई अनुमाती पत्र दिनुपुर्व कम्तिमा ३ महिना प्राविधिक शिक्षा दिनुपर्ने बताए । यातायात क्षेत्रको दीगो विकास, व्यवस्थापन तथा प्रवर्द्धनका लागि अधिकार सम्पन्न राष्ट्रिय यातायात प्राधिकरण गठन गरिनुपर्ने खनालले बताए । कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, संघका पुर्व अध्यक्ष बद्री चौलागाईंलगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मेगा बैंक नेपाल लिमिटेड एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ । नेपालका ‘क’ बर्गका बाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौं साझेदार बैंक बनेको छ ।
दिगो विकास लक्ष्यका अवधारणाहरुलाई पालना गर्दै सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरुमार्फत साना, मझौला व्यवसाय तथा उत्पादनमुलक उद्योग व्यवसायलाई प्रबर्धन गर्ने उद्देश्यले एसियाली विकास बैंकले अन्तरदेशीय ब्यापारका लागि ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम ल्याएको छ । नेपालका साना तथा मझौला व्यवसाय तथा उत्पादनमुलक क्षेत्रलाई प्रबर्धन गर्ने उद्देश्यले मेगा बैंक र एडीबी बीच साझेदारी भएको हो ।
साझेदारीपछि मेगा बैंकमार्फत अन्तर्राष्ट्रिय ब्यापार तथा व्यवसाय गर्ने ग्राहकहरुलाई कारोबार गर्न सहज हुनेछ । सामान आयात तथा निर्यातका लागि प्रतीत पत्र जारी गर्दा एसियाली विकास बैंकले प्रत्याभुति पत्र (ग्यारेन्टी) दिने काम गर्छ । जसले नेपालको व्यवसाय प्रबर्धन गर्न मद्दत मिल्नुका साथै रोजगारी सिर्जनामा पनि पनि सहयोग मिल्ने मेगा बैंक नेपाल लिमिटेडले जनाएकाे छ ।
‘एडीबीको साझेदार बन्न पाउनु मेगा बैंकका लागि गर्वको कुरा हो, मेगा बैंकका ग्राहकहरुलाई अब अन्तरदेशीय व्यवसाय गर्न थप सहज र सरल हुने विश्वास लिएको छु । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले भनिन् ।
मकवानपुर । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर आगामी १३ गते बाँडफाँट हुने भएको छ । कम्पनीले शेयर बाँडफाँटको लागि १३ गते शुक्रबारको मिति पाएको हो। उक्त कम्पनीको शेयर बाँडफाँटको लागि सिडिएससीले १३ गतेको समय दिएको हो।
कम्पनीको शेयर बाँडफाँटको लागि गर्नु पर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।
फागुन २१ गतेदेखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्कासनमा ल्याएको थियो।
त्यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारीहरूलाई र अर्को ३ लाख ३० हजार कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्कासनमा ल्याएको हो।
जसमा अहिलेसम्मकै सर्वाधिक शेयर आवेदनको रेकर्ड बनेको थियो। कम्पनीले निष्कासन गरेको शेयरमा करिब ६.४० गुणा बढी हो। १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आइपिओ खरिदको लागि आवेदन परेको क्यापिटलले जनाएको छ।
मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले फुडमाण्डुमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।
फुण्डमाण्डूसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको संचालन गर्दै मेगा बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३ सय रुपैंयासम्मको ‘क्यासब्याक’ अफर ल्याएको हो । यस अभियान अन्तरगत मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले फूडमाण्डूको एप्स प्रयोग गरी रकम भुक्तानी गर्नुपर्नेछ ।

डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले फूडमाण्डूसँगको सहकार्यमा यो अभियान ल्याएको मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले बताए ।
फूडमाण्डूसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट खानाका परिकार खरिद गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ । मेगा बैंकले विशेषगरि लकडाउनको समयदेखि नगदविहीन कारोबारलाई प्रबर्धन गर्दै यस्ता अफरहरु ल्याउँदै आएको छ ।