१.
जनताको मतलब छैन सत्ता मोह मात्रै
बैठकको आैचित्य छैन भत्ता मोह मात्रै
आज युवा छैनन् देशमा न त भोलि हुन्छन्
काम गर्ने नेता कोहि छैनन् बक्ता मोह मात्रै ।
२.
ओठमा मुस्कान हुदैमा मनमा पिर हुदैन भने
हातमा धनुष हुदैमा खल्तीमा तिर हुदैन भने
सायद संसारमै दुखी तिनिहरु नै हुन्
खल्तीमा धन हुदैमा उज्यालो शिर हुदैन भने ।
३.
भरिएर पोखिएको पानीले अन्त असर पुर्याउछ
उम्लिएर पोखिएको पानीले आफै रित्तो बनाउँछ
पोखिनु भनेको आफैमा राम्रो होइन थाहा होस्
चिप्लिएर पोखिएको पानीले सधैं पछुतो गराउँछ ।
४.
प्रकृति रमाउन पनि बसन्त आउनु पर्छ
जीन्दगी बिताउन पनि ममता पाउनु पर्छ
होस्टल कोहि आश्रम पुगेकाे देख्दा अचेल
बालबच्चा र बुबाआमाकाे लागि कमाउनु पर्छ ।
लमजुङ, बेशिशहर
मकवानपुर । सिस्नुपानी नेपालको मकवानपुर शाखाकाे अध्यक्षमा सम्प्रस पौडेल चयन भएका छन् ।
सिस्नुपानी मकवानपुरकाे बिहीबार भएको अधिवेशनबाट सम्प्रसको अध्यक्षतामा १० सदस्यीय जिल्ला शाखा सर्वसम्मत चयन गरेको हो । यसैगरी सिस्नुपानी मकवानपुर उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा सुमार्गी हुमागाई, कोषाध्यक्षमा शुभद्रा हुमागाईं, सहसचिवमा अमृता लामिछाने चयन भएका छन् । यस्तै सदस्यमा चिरञ्जीवि लामिछाने, स्वस्तिका दाहाल, अजर फुयाँल, बैकुण्ठ लामिछाने र सुबास सजल चयन भएका छन् ।
सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षता तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेको प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा विभिन्न साहित्य संघ संस्थाका प्रतिनिधि, समाजसेवी, साहित्यकारहरुको उपस्थिती रहेको थियो ।
हाँस्यव्यङ्ग्य साहित्य विधाको विकासका लागि स्थापित सिस्नुपानीले मकवानपुरमा हास्यव्यङ्ग्य रचना लेखन, वाचन, क्यारिकेचर, प्यारोडी गायन, कार्टुन प्रदर्शनीका विविध कार्यक्रममा सक्रिय रहँदै आएकाे छ ।
मकवानपुर । महालक्ष्मी साहित्य पुरस्कार, २०८० महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ । मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंकले संयुक्त रुपमा प्रदान गर्ने उक्त पुरस्कारबाट मकवानपुरकी साहित्यकार अर्याललाई सम्मान गरिने आइतबार हेटौडामा पत्रकार भेटघाट गरी जानकारी दिइएकाे हाे ।
भाषा, साहित्यको क्षेत्रमा योगदान पुऱ्याउने साहित्य सेवीहरूलाई २०५९ सालदेखि प्रत्येक वर्ष निरन्तर रूपमा प्रदान गरिँदै आएको उक्त पुरस्कारको राशी ५१ हजार रहेको छ । हालसम्म उक्त पुरस्कारबाट २० जना साहित्यकार सम्मानित भइसकेका छन् । समाजले २०५९ सालमा यती फाइनान्ससँगकाे सहकार्यमा उक्त साहित्य पुरस्कारको स्थापना गरेकाे हाे । यती फाइनान्स महालक्ष्मी विकास बैंकसँग मर्ज भएपछि २०७४ सालबाट साहित्य पुरस्कारको नाम महालक्ष्मी साहित्य पुरस्कार भएको हाे ।
त्यस्तै, समाजसेवी ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापित केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० हेटौंडा सन्देश दैनिकका सम्पादक माधवप्रसाद न्यौपानेलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारका राशी भने नगद १० हजार रहेको छ । यसैगरी मकवानपुर श्री सम्मानबाट मकवानपुरका अग्रज शिक्षाप्रेमी बद्रीनाथ शर्मा अर्याललाई सम्मानित गरिने भएको छ ।
सम्मान तथा पुरस्कार ५ असोज शनिबार हेटौंडामा एक कार्यक्रमकाे आयोजना गरी प्रदान गरिने समाजका अध्यक्ष कृष्ण प्रसाद दाहालले जानकारी दिए । मातृभूमि साहित्य समाज, मकवानपुर भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण/संवर्द्धन गर्ने उद्देश्यले २०५६ सालमा स्थापित संस्था हो। भाषा, साहित्यको क्षेत्रमा सामाजिक उत्तरदायित्व मार्फत यथासम्भव योगदान पुऱ्याउने उद्देश्यले बैंकले उक्त पुरस्कार स्थापना गरेकाे हाे ।
कार्यक्रममा समाजका प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष ह्यग्रीव आचार्य, वैंकका शाखा प्रवन्धक अनन्तराज धिताल लगायतकाकाे उपस्थिती रहेको थियो ।
बालदिवसकाे अवसरमा आयोजित नृत्य प्रतियाेगितामा लठ्ठी नृत्य गर्दै हेटौडा २ नम्बर वडाकाे बाल समुह । बिशेषगरी थारु जातीले लठ्ठी नाच प्रस्तुत गर्ने गर्छन् । चितवनकाे सौराहामा स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न यो नाच देखाउदै आएका छन् उनीहरुले । थारुहरुकाे लठ्ठी नाचलाई मकवानपुरकाे हेटौडामा ६० औं बाल दिवसकाे दिन आयोजित नृत्य प्रतियाेगितामा प्रस्तुत गरिएकाे हाे । हेटौडा उपमहानगरपालिका महिला बालबालिका महाशाखाले आयोजना गरेकाे प्रतियाेगितामा वडा बाल समूहहरुकाे सहभागिता रहेकाे थियाे ।
हे मेरो बाबा यो धर्तीमाझ हुर्कायौ बढायौ,
दस औला समाई हे बाबा मलाई हिड्न सिकायौ ।
लागेन भोक,लागेन तिर्खा छोरीले नखाई
बाँच्दिन बाबा हजुरको साथ मैले नपाई ।
हजुरको आशिष पाएर मैले, प्रगति गर्नेछु,
हजुरको सपना हे मेरो बुबा म पूरा गर्नेछु ।
छोरीकै लागि गर्नुभयो, दुख र कष्ट,
हजुरले दिनु भएको ज्ञान हुदैन नष्ट ।
हजारौं दुख,सहेर कष्ट अगाडि बढ्ने छु,
ज्ञान र सीप हासिल गर्न म धेरै पढ्नेछु ।
हे मेरो बुबा भबिष्यमा डाक्टर बन्नेछु
समाजको दुखि, गरिबलाई म सेवा गर्नेछु ।
शारदा माध्यमिक विद्यालय
कक्षा ६
मकवानपुरगढी ५ धादिङ्ग