ऋषिराम भुसाल
१.
म खुसी हुँदा परिस्थितिले ऊ रोएको हुन सक्छ .
म रम्दै गर्दा ऊ आँसुले मुख धोएको हुन सक्छ .
मेरो खुसीमा ऊ सधैँ खुसी हुनैपर्छ भन्ठान्छु म,
सोच्दिन उसलाई कतै पीडाले छोएको हुन सक्छ ।
२.
औकात राम्रो देखे बलेको आगो भनी ताप्न खोज्छन् ।
निगाह पाउन हुनेसँग नित्य आशीर्वाद थाप्न खोज्छन् ।
कृपाको भरमा जब खोँचबाट ढिस्को निस्कन्छ मान्छे,
माया गर्नेलाई चुनौती दिँदै उसकै स्तर नाप्न खोज्छन् ।
मदाने, गुल्मी हाल चन्द्रागिरि, काठमाडौँ
कल्पना गैरे सुवेदी
१.
कहिले सजिलाे लाग्छ कहिले अप्ठ्याराे लाग्छ ।
कहिले उज्यालाे लाग्छ कहिले अध्याराे लाग्छ ।
उतार चढाव विनाकाे जिन्दगी पनि के जिन्दगी,
त्यसैले हाेला मलाई मेरै जिन्दगी प्याराे लाग्छ ।
२.
बिहानीलाई पर्खिएर बसे हुने हाे ।
शित बनी पातहरूमा खसे हुने हाे ।
आँउदा जाँदा वाटैमा पर्छ मेराे घर,
मन भए त सम्झिएर पसे हुने हाे ।
३.
कहाँबाट रसाउछन् ति आखा मुल हाेईन ।
ती आखा रुवाउने चाहना बिल्कुल हाेईन ।
फुल हेरेर दाेष दियाै गाली गर्याै उसैलाई,
घाेच्ने त काडाहरु हुन कदापी फुल हाेईन ।
४.
जान त गयाे उ जितेर गयाे या हारेर गयाे ।
टाढिदै गयाे सिमाना पनि पर सारेर गयाे ।
जानेहरुकाे त दुर्नियत नै यस्तै हुँदाे रहेछ,
जादा जाँदै दिनले पनि रात पारेर गयाे ।
५.
बसेर सँगै गाउला है गित लय मिलेछ भने
खाेलेर दिल गराैला गफ आसय मिलेछ भने
लामाे छ जीवन ज्युन त अझै कति छ कति
आसा गराैं भेटाैला कुनैदिन समय मिलेछ भने
शुक्लागण्डकी तनहुँ
- मिसु श्रेष्ठ `
श्रीमानको सदाको कार्य व्यस्तता । छिटो कार्यालय जाने, ढिलो आउने । घर आएर सामाजिक सञ्जालमा व्यस्त । ´यो श्रीमतीको आरोप थियो ।` काम नै त्यस्तो छ त के गरुँ ? काम नगरे माम जुटाउन मुश्किल । दिनभरी काममा व्यस्त हुँदा दिक्दारी हुन्छ, घरमा यसो फोन हेर्दा के बिग्रन्छ र? ´ श्रीमानको स्पष्टोक्ति `
दिनभरि घरको नदेखिने काम हुन्छ । एकछिन फुर्सद हुन्न । छोराछोरीले हैरान गर्छन् । श्रीमान आउलान् र दु: ख सुखका कुरा गरौला, घरमा यसो सघाउलान् भन्यो । मोबाइलमा बोल्दै आउँछन् । जतिखेर पनि कानमा इयरफोन हुन्छ । खाएर हात चुठेर एक शब्द बोल्दैनन् । न बच्चाहरूलाई वास्ता गर्छन् । ´ श्रीमती रिसाउँदै बोलिन्
“अनि खर्च पर्च चाहिँ ? ” तेस्रो व्यक्तिले सोधे। ” मेरो कमाईको प्रायः सम्पूर्ण हिस्सा यिनीलाई नै बुझाउँछु। जसरी खर्च गरेपनि केही खोजी गर्दिन। ” ” अनि ? ” तेस्रो व्यक्तिले श्रीमतीतिर पुलुक्क हेरे।` खर्च मात्र भएर हुन्छ ? ममा भूँडीमात्र होइन मन पनि छ। तपाईंको छैन ? ´ प्रतिप्रश्न गर्छिन् । यस्तै ठाकठुक पर्दापर्दै एकले अर्कोलाई निचो देखाउने होडमा आफ्नो गल्ती महसुस भएपनि स्वीकार्न नचाहँदा अन्ततः सम्बन्ध विच्छेद गर्न तयार भए ।
अदालतको कठघरामा उभिएका श्रीमान- श्रीमती एकअर्कालाई घुर्दै हेर्दै खुच्चिङ्गको भाव झल्काउँथे अनुहारमा । वकिलहरुको पर्खाइमा विलम्ब हुँदै थियो । प्राङ्गणमा हल्लाखल्ला सँगै भीड बढ्न थाल्यो । उनीहरू पनि बाहिर निस्के । वकिलहरुको कुटाकुट र हानाहान हुँदै थियो । श्रीमतीको नजिकै पुगे झगडियाहरु । उनी आँत्तिएर चिच्याउँदै श्रीमानको खोजी गर्न थालिन् । श्रीमानले उनको पूरानो समस्या सम्झ्यो । श्रीमतीलाई जोडले आलिङ्गनमा बाँध्यो । श्रीमती भक्कानिएर रोइन्। उनीहरु भीड देखि अलप भए । ” जसको पक्ष विपक्षमा यो लडाइँ हुँदैछ तिनै बेपत्ता ? ” भीडबाट आवाज सुनियो ।
दोलखा, हाल – काँडाघारी , काठमाडौं
मकवानपुर । ‘हे दैव’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक घनश्याम ढकाल र गायिका सुनिता शर्मा लुँइटेलको स्वरमा रहेको गितकाे म्यूजिक भिडियो शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
कोरोना भाइरसको संक्रमणबाट बँच्नको लागि सचेतनामुलक विषयबस्तुलाई देखाइएको उक्त गितकाे भिडियो हेटौंडा उपमहानगरपालिका ६ नंबर वडा कार्यालयको सहयोगमा स्टेट भिजन प्रालिले तयार पारेको हो । गायक ढकालकै शब्द, संगीत रहेको म्यूजिक भिडियोमा स्थानीय कलाकारहरुको अभिनय रहेको छ ।

म्यूजिक भिडियो सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलन बोल्दै हेटौंडा उपमहानगरपालिका वडा नंबर ६ का अध्यक्ष अर्जुनप्रसाद चौँलागाईले जनमानसमा कोरोना संक्रमणको महामारी नियन्त्रणका लागि सचेतना पुर्याउने र स्थानीय कला संस्कृतिको जगेर्णा गर्ने उदेश्यले सो म्यूजिक भिडियो निर्माण गर्न वडाको तर्फबाट सहयोग गरिएको बताए । सामाजिक उत्तरदायीत्वलाई विशेष ध्यानमा राखेर निर्माण गरिएको सो भिडियोले वडावासीहरुमा मात्र नभई देशैभर एउटा सकारात्मक सन्देश प्रवाह हुने उनले बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलाल र स्टेट भिजन प्रालिका गिरिजा अधिकारीले स्थानीय कलाकारलाई प्रोत्साहन गर्दै समाजप्रति सचेतना पुर्याउने उदेश्यले म्यूजिक मिडियो निर्माणमा सहयोग पुर्याएकोमा वडा कार्यालयप्रति धन्यवाद व्यक्त गरे ।
बलराम पुडासैनीले सहजिकरण गरेको उक्त कार्यक्रममा संगीतकारहरु तुल्सी गौतम, प्रविन्द्र महर्जन, मनोज शाही, गायक उत्सव चौँलागाईलगायत मकवानपुरका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
शाेभा काफ्ले खतिवडा
१.
गुन बिर्सनेहरू पनि छन् यहाँ आफ्नो काम सबै टरे पछी ।
कसरी गुन गर्न मन लाग्छ गरेको गुन भुलेर बैंगुनी बने पछी ।
स्वार्थले यति विधि पुरिनु पनि साऱ्है नराम्रो हो मानव जीवनमा ,
बाँचुन्जेल कृतघ्न भै तिरस्कार गरेर के अर्थ छ र मरेर सम्मान गरे पछी ।
२.
एउटा असल मान्छे ले नै त रच्न सक्छ सुन्दर संसार ।
बुद्धि र विवेक भएकोले नै त तर्न सक्छ हजार जँघार ।
सुख,दुःख त जीवन बाँच्ने सिक्काका हुन दुई पाटा,
मनको धनी भएकोले नै त गर्न सक्छ असल ब्यबहार ।
३.
घरका असल बाटाहरु सजाएर राख्न मन छ ।
जिन्दगिका पाटाहरु जोगाएर बाँच्न मन छ ।
जीवन यो एकबारको हरपल असल कर्म गरी,
कर्मका हरेक खाटाहरु खुशीसित साट्न मन छ ।
४.
विहानीको न्यानो घामको प्रकाश हौ तिमी ।
रातको अति प्रिय चन्द्रको आभास हौ तिमी ।
प्रकृति र सुन्दरता माझमा मनले रोज्नु पर्दा,
यो मनको सुमधुर,मिठो सुवास नै हौ तिमी ।
५.
जीवनको चौतारीमा घामको उज्यालो छाओस् ।
उमङ्ग अनि जोश र जाँगर सँधै मनमा आओस् ।
मनका कल्मष पोको पारेर नदीमा नै बगाइदिने,
तन,मनमा सत्कर्मको हिम्मत रआँट पलाओस् ।
बिराटनगर