अनुपमा भुजेल
१.
अलि-अलि लज्जाउदै नजिकै आयौ तिमीले
मन मनै बिचार गरि फर्कियौ के पायौ तिमीले
समिपमा तिमी हुदा म केही बोल्न नै सकिन
कहिलेकाही यस्तो लाग्छ मोहनी लायौ तिमीले।
२.
सक्दिन म भन्न तिम्रो याद कति आउँछ भनेर
एका देशमा छौ तिमी सम्झन्छु दिनरात गनेर
कसरी सक्छु म बाँच्न तिमी बिना एक्लै हाँस्न
बनाउनु छ मायाँको संसार नङमासु एक बनेर।
३.
सुन्दर शरीरलाई सजाउन कुनै सुन चाहिदैन
मिठो वचन बोलिदेउ संगीतको धुन चाहिदैन
मनले गर्न नसकेका शब्दहरु आँखाले बोल्ला
जिबनभर साथ देउ मायालु अरु गुन चाहिदैन।
खोटाङ्ग
टिङ्कु भट्टराई
सपनामा एकै झल्को देख्न पाए हुन्थ्यो ।
मन मुटुको न्यानो पनले सेक्न पाए हुन्थ्यो ।
हिजोआज कुन्नी किन पर पर भा छौ
लर्खराउँदा मेरै हातले थेग्न पाए हुन्थ्यो ।
छड्के नजर लगाएरै हेरिदेउन सानू
तिम्रै नाममा गीत गजल लेख्न पाए हुन्थ्यो ।
सिमलको भुवाले नि तिम्लाई बिझाउँछ कि
कलेजीको बारा लगाई छेक्न पाए हुन्थ्यो।
तिम्रै यादको बेचैनीले पागल सरि भा’ छु
मलम पट्टि पाइने सङ्घार टेक्न पाए हुन्थ्यो।
सुर्याेदय नगरपालिका, इलाम
शान्तिकाे “जिल खाइरहेकाे एक्काइसौं शताब्दी” प्रकाशित हुदै
Tags: No Comments
मकवानपुर । मकवानपुरे कवी शान्ति प्रियवन्दनाकाे कविता संग्रह “जिल खाइरहेकाे एक्काइसौं शताब्दी” प्रकाशित हुने भएकाे छ । कविता संग्रह प्रकाशनकाे अन्तिम तयारीमा रहेकाे कवी शान्तिले बताइन् ।
१२/१४ बर्षकाे उमेर देखि कविता लेख्दै साहित्यमा प्रवेश गरेकी उनकाे पहिलाे कविता २०५४ मा छापिएकाे थियाे । जिल खाइरहेकाे एक्काइसौं शताब्दी पहिलाे साहित्यिक संग्रह भएकाे कवी शान्ती प्रियवन्दना बताउँछिन ।
कविता बाहेक निबन्ध , गजल मुक्तक र अखबारीय लेखनमा समेत सक्रिय रहेकी कवी प्रगतिशील लेखक संघ मकवानपुरकाे वर्तमान अध्यक्ष हुन् । उनी जिल्लाकै पहिलाे महिला अध्यक्ष समेत हुँन् ।
आगामी पुष २४ गते शनिवार हेटाैंडामा कविता सङ्ग्रहकाे विमाेचन गर्ने तयारीम रहेकाे उनले बताइन् ।
इन्दिरा देवकोटा
१.
बालअधिकार जोगाउँ भन्दै सबै तिर नारा घन्किए
अधिकार खोस्ने अपराधी हुन भन्दै एकछिन् फन्किए
अधिकारका कुरा बोल्छ संविधानका धारा धारामा
लेखेर मात्र नहुने हजुर नियम सबै किताब मै थन्किए ।
२.
म छाउगोठमा अनि तिमी महलमा बसेको बेला
अस्मिता जोगाउन चित्कारदै ऑसु खसेको बेला
नारी अस्मिताको भिख मागेकी छु पटक पटक
छाउगोठमै बलत्कारीले मलाई डसेको त्यो बेला ।
३.
अहो !! कस्तो ठूलो शंकटको संजाल बनेर आयो
खोला सानो थियो तर विकराल ताल बनेर आयो
भागे कति थुनिए भित्रै घरमा प्राणको भिख माग्दै
असार मासको त्यो दिन कतिको काल बनेर आयो ।
कपिलवस्तु
निरु गाैतम
१.
विहान उदाएर साँझ डुब्ने घाम जस्तै रहेछ जिन्दगी
गन्तव्य नपुग्दै हुने सडक जाम जस्तै रहेछ जिन्दगी
हरियाली नवीन वनलाई उजाड – उजाड बनाइदिने
वसन्तको विरोधी शिशिर याम जस्तै रहेछ जिन्दगी ।
२.
तिमीसँगै हिड्ने रहर पुग्छ पुग्दैन
गाउँको मायाँ सहर पुग्छ पुग्दैन
मनको इच्छा मनमै रहने पो हो कि
तिम्रो छेउ प्रेमको नहर पुग्छ पुग्दैन ।
३.
अनेकतामा एकताको सूत्र कसेपछि
सहिष्णुता कति मीठो मनमा बसेपछि
जाति धर्म, संस्कृतिको फूलबारी एकै,
सुगन्ध लिइरहुँ लाग्दो रैछ भित्र पसेपछि ।
४.
फरक सोच फरकै शैली मन पर्छ मेरो
सरल बानी व्यवहारले दिल हर्छ मेरो
फाइँफुट्टी देखाउनेलाई मान्छे गन्दिनँ,
साधु भेषमा चोर भेट्दा मन मर्छ मेरो ।
मोरङ