मकवानपुर । हेटौंडामा वरिष्ठ कवि तीर्थ श्रेष्ठका कविता सुनिएका छन् । एकल कविता साँझ कार्यक्रम मार्फत हेटाैडा कवि श्रेष्ठका कविता वाचन भएका हुन् ।
नेपाली लेखक संघ मकवानपुरको आयोजनामा कवि श्रेष्ठको एकल कविता साँझ भएकाे हो । कार्यक्रममा कवि श्रेष्ठले दर्जनौं कविता, गजल तथा मुक्तक प्रस्तुत गरेका थिए । पोखरामा जन्मिएका वरिष्ठ कवि श्रेष्ठ नेपाली काव्य क्षेत्रका परिचित नाम हो । उनले कविता मात्रै होइन गीत, गजल र मुक्तकक्षेत्रमा पनि कलम चलाएका छन् । कवि तिर्थ श्रेष्ठले आफू कोमल कविताको पक्षपाती रहेकाे बताए । कविता लेख्नु र राजनीति गर्नु दुबै कठिन हुने उनकाे भनाई थियाे ।
कवि श्रेष्ठले आफ्नो कविता बाचन गर्नुपूर्व साहित्यकार तथा प्राध्यापक निमेष निखिलले कवि श्रेष्ठको व्यक्तित्व र कृतित्वकाे चर्चा गरेका थिए । कवि तथा सस्कृती कर्मी श्रेष्ठको भनाइ नै कविताकाे गहन भाव लुकेकाे हुने उनले बताए । सरलता भित्र गहनता उनकाे अर्काे विशेषता हाे निखिलले भने । तरलबाद आन्दोलनका अभियान्ता श्रेष्ठकाे बारेमा समकालीन कविहरुले तरलताकाे सरलता सरलताकाे तरलता भन्ने गरेका उनले बताए ।
मकवानपुरमा साहित्य कार्यक्रमहरुलाई थप चलायमान गर्न कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम गरिएको नेपाली लेखक संघ मकवानपुर अध्यक्ष छवि अनित्यले बताए । कवि श्रेष्ठले लेखेको चर्चित कविता आमा नेपथ्यका अमृत गुरुङले गाएका छन् । आमा, हिउँमा लेखिएका नामहरु, लाहुरे फूल म तिम्रो नाम फेर्न चाहान्छु म मुक्तिनाथ तिमिसँग भेटिएकाे दिन धर्मग्रन्थ बाघ लगायतका दर्जनौं कविताहरु कवि श्रेष्ठका चर्चित कविताहरु रहेका छन् । तीनै कविताहरु आज सुनाइएका थिए । कविता वाचनकाे समयावधी भर मकवानपुरे संगीतकार पूर्ण विक्रम अधिकारीले श्रेष्ठलाई पार्श्व संगीतमा साथ दिएका थिए ।
कवि तीर्थ श्रेष्ठको पछिल्लो चर्चित कविता संग्रह धर्सैधर्साको चक्रव्यूह नेपाली साहित्यको सर्वाधिक प्रसिद्ध पुरस्कार मदन पुरस्कारका लागि गुठीले २०७६ मा मनोनयन गरेको थियो । कार्यक्रममा मकवानपुर अग्रज स्रष्टा तुल्सी थापा लगायत मकवानपुरका साहित्य तथा सांगितिक र अन्य क्षेत्रका व्यक्तिहरुकाे उपस्थिती रहेको थियो ।
मकवानपुर । हेटौंडामा पोखराका कवि अमृतको कविता कृति “एकान्त भिड” शनिबार वाचन तथा विमर्श गरिएको छ । नेपाली लेखक संघ मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कवि तथा समिक्षक घनश्याम घिमिरेले कवि अमृतको कृतिबारे चर्चा तथा परिचर्चा गरेका थिए ।
कवि अमृतले कृतिभित्रका ५ वटा कविताहरु वाचन गरेका थिए । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले जानकारी दिनुभयो । कविता संग्रह “एकान्त भिड”मा ८० वटा कविता समेटिएका छन ।
नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि आनित्यको सभाध्यक्षता तथा नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
यस्तै नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठको एकल कविता साझ शनिबारनै सुरु भएको छ । कार्यक्रममा कवि श्रेष्ठले आफ्ना कविता सुनाउदै छन । कविता संगै उनले गजल सुनाएका छन ।
नेपाली लेखक संघ मकवानपुरको आयोजनामा एकल साझ भएको हो ।
टिङ्कु भट्टराई
तितो मिठो जे भए नि बाँडिचुँडी खाउँला भन्थिन् ।
जिर्णभाको फरिया चोली सिलाएरै लाउँला भन्थिन् ।
नजाउ प्यारा बिरानु देश घर खेतै धितो राखी,
टारी खेतमा बेठी लगाई हल गोरु साउँला भन्थिन् ।
गहिरीखेत र सिमखेतमा एकै दिनको रोपाइँ पारौं,
कुलो पानी मिलाउन पालैपालो धाउँला भन्थिन् ।
वारि पारी अर्म पर्म गरौंला नि सबै सङ्ग,
धान गोढ्दा, नजर जुध्दा तीजको गीत गाउँला भन्थिन् ।
लेक बेँसी मेलापातमा घाँस दाउरा एकै साथ,
इलाम, फिक्कल बिहिवारे हाट सङ्गै जाउँला भन्थिन् ।
सूर्योदय -१३,लक्ष्मीपुर इलाम
कविता शर्मा
आशाका बिस्कुन हेर्छु फिँजाएको सधैं ।
कुटुकुटु धमिराले उसलाई खाएको सधैं ।
आत्मघाती बिस्फोटको कमि कहाँ छ,
सागर झैँ देख्छु आँखा रसाएको सधैं ।
अंधकारको ज्वाला दनकिदैछ दिनदिनै,
देशद्रोहीको हातमा घाम रमाएको सधैं ।
उदास हैन निराशा छोड बिति हाल्छ नि,
अस्ताए पछि घाम पनि छ उदाएको सधैं ।
चाहानाको खोलोमा बगेका ती फोहोरहरू,
किनारमै हो कि अड्किएर गनाएको सधैं ।
बँगैगाउँ गुहावटी आसाम
मकवानपुर । मकवानपुरका नारी साहित्यकारहरुको साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले हेटौंडामा एकसाथ १० जना स्रष्टालाई सम्मान गर्ने भएको छ ।
साहित्यका विभिन्न विधा, पत्रकारिता, कला तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरुलाई आँचलले सम्मान गर्न लागेको हो । साहित्य, कला, खेलकुद तथा पत्रकारितालगायतका क्षेत्रमा योगदान दिएर त्यस क्षेत्रको पहिचानलाई अझ उचाईमा लैजाने स्रष्टाहरुलाई एकसाथ सम्मान गर्न लागिएको आँचलकी अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।
कोभिड–१९ का कारण २०७८ सालमा प्रदान गर्नुपर्ने सम्मान तथा पुरस्कार यसवर्ष प्रदान गर्न लागिएको हो । आँचल साहित्य कला पुञ्जको चौथो अधिवेशनको अवसरमा मकवानपुरसहित अन्य जिल्लाका स्रष्टालाई हेटौंडामा सम्मान गर्न लागिएको अध्यक्ष न्यौपानेले बताईन ।
२०७९ असार २५ गते हुने अधिवेशनमा स्रष्टाहरुलाई सम्मान गर्ने आँचलकी सचिव भावना सापकोटाले जानकारी दिइन् । आँचलले निम्नुसारको सम्मान तथा पुरस्कारबाट स्रष्टाहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।
बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान –२०७८
समाजसेवी हरिवंश भेटवालले आफ्नो मातापिताको नाममा स्थापना गरेको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७८ लामो समय मकवानपुरको साहित्यमा सेवा गरेर, साहित्यलाई पछ्याउँदै हिँड्नु भएकी साहित्यकार तीर्थदेवी सिलवाललाई प्रदान गर्ने निर्णय भएको छ । १० हजार १ राशी र सम्मानपत्रसहित सम्मानित गरिने छ । १ लाख २५ हजारको अक्षयकोष स्थापना गरेर सुरुवात गरिएको यो सम्मान २०७४ सालमा स्थापना भएको हो । साहित्यमा कलम चलाउने नारी साहित्यकारलाई मात्र दिइने यो सम्मान पाउने पहिलो व्यक्ति मकवानपुरकी कवि प्रतिमा पाठक हुनु । २०७५ सालका लागि रुकु कार्कीलाई प्रदान गरिएको थियो । यो सम्मान यस संस्थामा स्थापना भएको अक्षयकोषसहितको पहिलो सम्मान हो ।
प्रतिभा घिताल छन्द पुरस्कार–२०७८
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नो दिदी प्रतिभा धितालको नाममा स्थापना गरेको प्रतिभा धिताल छन्द पुरस्कार–२०७८ का लागि झापामा जन्मनु भएकी साहित्यकार विशेषत छन्दलाई माया गर्ने भुषिता बशिष्ठलाई प्रदान गर्ने निर्णय भएको छ । रु एक लाख अक्षयकोषको व्याजबाट प्रत्येक वर्षमा छन्दमा कलम चलाउने नारी साहित्यकारलाई यो पुरस्कार प्रदान गरिने छ । १०हजार १ रुपैयाँ राशीको यो पुरस्कार २०७५ सालमा स्थापना भएको हो । पहिलो पटक यो पुरस्कार महाकाव्यकार बुनु लामिछानेलाई प्रदान गरिएको थियो । त्यसैगरी प्रभा भट्टराइ र कृष्णदेवी शर्मालाई प्रदान गरिसकिएको छ ।
ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान –२०७८
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गिय अप्सरा तिम्सिना लम्साल तथा छोरा प्रकाश लम्सालले आफ्नो ससुराबा/बुबाको नाममा स्थापना गरेको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान– मकवानपुर जिल्लाको पत्रकारिताका क्षेत्रमा लामो समयदेखि क्रियाशिल अग्रज पत्रकार कृष्णराम परियारलाई प्रदान गर्ने निर्णय भएको छ । एक लाख रुपैयाँको अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष पत्रकारिताको क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिलाई यो सम्मान दिइदै आएको छ । ७ हजार ७ सय ७७ राशीसहित सम्मानपत्रले सम्मानित गरिने छ । २०७५ सालमा स्थापना भएको यो सम्मान पहिलो पटक अग्रज पत्रकार कौशल पाण्डेलाई प्रदान गरिएको थियो ।प्रताप विष्ट, नवराज शर्मा पनि यो सम्मानबाट सम्मानित भइसकेका छन ।
टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७८
साहित्यकार रुकु कार्की तथा बहिनीहरु प्रमिला शर्मा, अम्बिका उप्रेती, अन्जु उप्रतीले स्वर्गिय पिता तथा माताद्धयको नाममा स्थापना गरिएको टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७८ हेटौडाका कवि निवन्धकार देवराज खरेललाई प्रदान गर्ने निर्णय भएको छ । ११ हजार १ सय ११ रुपैयाँ राशी र सम्मानपत्रसहित सम्मानित गरिने छ । १ लाख ५० हजारको अक्षयकोष स्थापना गरेर सुरुवात गरिएको यो सम्मान २०७६ सालमा स्थापना भएको हो । साहित्यमा कलम चलाउने व्यक्तिलाई दिइने यस सम्मान ललिता दोषी र निमेष निखिललाई यश अघि प्रदान गरिएको छ ।
अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७८
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष तथा २०७३ देखि २०७५ सम्म अध्यक्षको रहेकी स्वर्गिय अप्सरा तिम्सिनाको नाममा उनका मातापिता गजाधर तिम्सिना तथा जशोधा तिम्सनाले स्थापना गरेको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७८ चितवनमा बसेर साहित्यमा आफ्नो बलियो उपस्थिति जनाउने हुने कवि सरिता तिवारीलाई प्रदान गर्ने निर्णय भएको छ । रु. १ लाख ९० हजार अक्षयकोषको प्राप्त व्याजबाट प्रत्येक वर्ष साहित्यको क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने व्यक्तिहरुलाई रु. १५ हजार १ राशीसहित सम्मान प्रदान गरिने छ । । यो सम्मान यसै वर्षदेखि प्रदान गर्न लागिएको हो ।
मुक्ति तारा नव प्रतिभा सम्मान २०७८
समाजसेवी तथा साहित्यसेवी मुक्तिगोविन्द वैद्य तथा उनकी धर्मपत्नी तारा वैद्यको नाममा स्थापना गरेको मुक्ति तारा नव प्रतिभा सम्मान २०७८ नवसर्जक साहित्य चौतारीकी केन्द्रिय अध्यक्ष प्रसन्ना चौलागाईँलाई ५ हजार १ राशीसहित सम्मान गरिने भएको छ । साहित्यमा कलम चलाउनु हुने नवप्रतिभाहरुलाई यो सम्मान दिइदै आएको छ । यो सम्मानबाट पहिलो पटक प्रसिद्धिका लम्साललाई सम्मानित भएकी थिइन ।
खड्ग बनस्खण्डी प्रतिभा सम्मान– २०७८
मकवानपुरका हास्यव्यङ्ग्यकार डा. गणेशकुमार पौडेलले आफ्नो पिताको नाममा स्थापना गरेको खड्ग बनस्खण्डी प्रतिभा सम्मान– २०७८ साहित्यकार जनार्दन खनाललाई प्रदान गर्ने निर्णय गरिएको छ । ५ हजार १ रुपैयाँ राशीसहित सम्मान प्रदान गरिने छ । । यो सम्मान पहिलोपटक रामचन्द्र आचार्य फुर्सदीलाई समर्पण गरिएको थियो । पुरस्कार स्थापनकर्ता पौडेलको २०७९ असार ७ गते निधन भएको छ ।
मङ्गलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान– २०७८
शिक्षाविद् देवप्रसाद श्रेष्ठले आफ्नो आमाको नाममा स्थापना गरेको मङ्गलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान– २०७८ यस वर्षका लागि चित्रकारितामा दख्खल बन्दै गरेका उदयमान नवप्रतिभा ऋत्विक के. बी. लाई प्रदान गरिने निर्णय भएको छ । ऋत्विकले पछिल्लो समय साहित्यमा पनि आफ्नो उपस्थिति देखाउन थालेका छन । ३ हजार ५ राशीसहित यो सम्मान प्रदान गरिने छ ।
आँचल साहित्य /कला सम्मान २०७८
आँचल साहित्य कला पुञ्ज मकवानपुरले आफ्नै संस्थाको नाममा स्थापना गरेको आँचल साहित्य/कला सम्मान २०७८ खेलकुदतर्फ भलिबलको क्षेत्रमा विशेष योगदान पु¥याउने हुने भलिवल खेलाडी चुडा खड्कालाई ५ हजार १ राशीसहितको यो सम्मान प्रदान गरिने भएको छ । नगद राशीको सौजन्य भने समाजसेवी÷साहित्य सेवी मुक्ति गोविन्द वैद्यले गरेका छन । यसअघि यो सम्मानबाट कलाकार सूर्य सन्यासी सम्मानित भएका छ्न ।