मकवानपुर । युरोकप अन्तरगत आजबाट क्वाटरफाइनल खेलहरु सुरु हुँदैछन् । आज स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच क्वाटरफाइनलका २ खेल हुनेछन् ।
पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति ९:४५ बजे हुनेछ । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ ।
प्रिक्वाटरफाइनलमा स्वीट्जरल्याण्डले साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरेको थियो । यस्तै स्पेनले अतिरिक्त समयमा क्रोएसियालाई ५-३ ले पराजित गरेको थियो । यस अघी स्वीट्जरल्याण्डले पछिल्लो पटक सन् १९५४ मा विश्वकपको क्वाटरफाइनल खेलेको थियो ।
२०१६ को युरोकपमा क्वाटरफाइनलबाटै बाहिरिएको स्पेन सन् १९६४ को दोस्रो संस्करण तथा सन् २००८ र २०१२ मा लगातार युरोकप उपाधि जितेकाे थियाे ।
अर्को खेलमा बेल्जियमले इटलीसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल राति १२:४५ बजे जर्मनीको म्युनिकमा हुनेछ । दुवै टोली अहिलेसम्म शतप्रतिशत जितसहित क्वाटरफाइनल पुगेका छन् । छनोटमा पनि दुवै टोलीले सबै १० खेल जितेका थिए । हार्ने टोली युरोकपबाट बाहिरिनेछ ।
समूह चरणमा कुनै गोल नखाई ३ खेल जितेको इटलीले अन्तिम १६ मा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले पराजित गरेको थियो । सन् १९६८ को विजेता इटली सन् २००० र २०१२ मा उपविजेता बनेको थियो ।
विश्व नम्बर वान बेल्जियमले साविक विजेता पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । उपाधि दाबेदार मध्ये एक रहेको बेल्जियम १९८० मा युरोकपमा उपविजेता बनेको थियो । त्यसपछि युरोको तीन संस्करणमात्र खेलेको बेल्जियम पछिल्लो पटक क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।
बाँकी दुई क्वाटरफाइनल खेलमा चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्नेछन् ।
युरोकपको क्वाटरफाइनलमा बेल्जियम प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकपको क्वाटरफाइनलमा पुगेको हो ।
बेल्जियमको जितमा खेलको ४२औ मिनेटमा थोर्गन हजार्डले गरेको गोलनै निर्णायक गोल बनेको थियो । योसँगै बेल्जियम क्वाटरफाइनलमा पुगेको छ भने पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ ।
यस युरोकपमा बेल्जियमसँगै इटाली अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गर्दै, डेनमार्क वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै र चेक रिपब्लिक नेदरल्याण्ड्सलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेका छन् ।
अब बेल्जियमले क्वाटरफाइनलमा इटालीको सामना गर्ने छ । चेकले अब क्वाटरफाइनलमा डेनमार्कसँग भीड्ने छ ।
युराेकप फुटबल अन्तरगत समूह चरणकाे खेलहरु बुधबारबाट सकिएकाे छ । समूह चरणकाे खेल सकिए सँगै युरोकप २०२० को नकआउट चरण अर्थात प्रिक्वाटरफाइनलकाे समीकरण पूरा भएको छ । बुधबार राति भएको समूह ‘इ’ र ‘एफ’को खेलपछि नकआउट पुग्ने १६ टोलीकै टुङ्गो लागेको हो ।
समूह ‘ई’ बाट स्वीडेन समूह विजेता र स्पेन समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगे । समूह ‘एफ’बाट फ्रान्स समूह विजेता र जर्मनी समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेकाे छ भने साेही समूहबाट पोर्चुगल पनि तेस्रो मध्ये उत्कृष्ट हुँदै नकआउटमा पुगेको छ ।
यसअघि भएका खेलमा समूह ‘ए’ बाट इटली र वेल्स, समूह ‘बी’ बाट बेल्जियम र डेनमार्क, समूह ‘सी’ बाट नेदरल्याण्ड्स र अष्ट्रिया तथा समूह ‘डी’ बाट इंग्ल्याण्ड र क्रोएसिया अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । यस्तै तेस्रो हुने मध्येबाट स्विट्जरल्याण्ड, चेक रिपब्लिक, युक्रेन र पोर्चुगल पनि अन्तिम १६ मा प्रवेश गरेका हुन् ।
अब अन्तिम १६ काे स्पर्धा अर्थात प्रिक्वाटरफाइनलका खेलहरु दुई दिनपछि अर्थात शनिबारदेखि सुरु हुनेछन् ।
युराे कपकाे अन्तिम १६ प्रिक्वाटरफाइनलमा भिड्ने टाेली
वेल्स र डेनमार्क – असार १२ गते
इटली र अष्ट्रिया – असार १२ गते
नेदरल्याण्ड्स र चेक रिपब्लिक – असार १३ गते
बेल्जियम र पोर्चुगल असार – १३ गते
क्रोएसिया र स्पेन – असार १४ गते
फ्रान्स र स्विट्जरल्याण्ड – असार १४ गते
इंग्ल्याण्ड र जर्मनी – असार १५ गते
स्वीडेन र युक्रेन – असार १५ गते
सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ। अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जनाएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ।
कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ विषेशताका बारेमा परीक्षण गरिएको थियो। परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पुरै तयारीका साथ जोड्न थालिएको हो।
पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जनाएको छ। अडियो सेवाका बारेमा इमेल मार्फत जानकारी दिने र जोड्न सकिने व्यवस्था गर्न लागिएको पनि अधिकारीहरुले बताएका छन्।
फेसबुकको न्युजफिडमै अडियो पोस्ट गर्न मिल्ने र त्यही बजाएर सुन्न मिल्ने व्यवस्था हुने भएको छ। कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने भएको छ । एजेन्सी
१६ औं संस्करणको युरोकप फुटबलमा आज (बिहीबार) ३ खेलहरु हुँदैछ। युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘सी’ को २ खेल र समूह ‘बी’ को १ खेल हुनेछ।
आज हुने पहिलो खेलमा समूह ‘सी’ मा रहेको युक्रेन र नर्थ म्यासेडोनिया बीच प्रतिस्पर्धा साँझ पौने ७ बजे सुरु हुनेछ। आज युक्रेन पहिलो जित निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३-२ गोल अन्तरले पराजित भएको थियो।
नर्थ म्यासेडोनिया पनि पहिलो जितको खोजीमा हुनेछ। नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३-१ ले पराजित भएको थियो। युक्रेन समूहको तेस्रो र नर्थ म्यासेडोनिया चौंथो स्थानमा रहेको छ।
आज हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘बी’ काे बेल्जियम र डेनमार्कबीचको खेल राति पौने १० बजे सुरु हुनेछ। बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा बेल्जियमले रुसलाई ३-० ले हराएको थियो। ३ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ। डेनमार्क भने पहिलो जित निकाल्न चाहन्छ। पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको थियो। पुछारमा रहेको डेनमार्क पहिलो अंक जोड्न चाहन्छ।
आज हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘सी’ मा रहेका दुई टिमबीचको खेल राति पौने १ बजे सुरु हुनेछ। नेदरल्यान्ड्स लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ। समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो। अष्ट्रिया पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको थियो। एजेन्सी