मकवानपुर । मकवानपुरकाे हेटौंडामा माघ १ गते छैठौं माघी महोत्सव हुने भएको छ । शनिबार महोत्सव सम्बन्धी जानकरी पत्रकार भेटघाट गरी गराइएकाे हाे ।
थारु जातिको साँस्कृतिक, लोक कला, भाषा दर्शन, साहित्य, रितिरिवाज, र थारु परिकारहरुको व्यवसायिकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको माघी महोत्सव मूल आयोजक समिति मकवानपुर सचिव चन्द्रकान्त चौधरीले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले उद्घाटन गर्ने महाे्सव सोमबार विहानबाट हेटौडा ४ स्थित भुटनदेवी माध्यामिक विद्यालयकाे प्राङ्गणमा हुनेछ । उद्घाटन अघि थारु जातिको पहिचान भल्किने भेषभुषा र साँस्कृतिक झाँकीसहित सिमाचोक, बुद्धचोक, कान्तिलोकपथ हुदै पुनः भुटनदेवी विद्यालयको चौरमा पुगी मूल समारोह सभामा परिणत हुने कार्यक्रम रहेको चौधरीले बताए ।
महोत्सवमा थारु जातिको विशेष परिकारहरु घुगी, तिलको लड्डु, बरी, अदौरी, गँगटो, अमादीके, आदिको सःशूल्क स्टल रहने छ । साथै थारु जातिको साँस्कृतिक नाचँगानको साथै आन्तरिक तथा बाह्य कलाकारहरुको गीत र नृत्यबाट दर्शकहरुलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

महोत्सवमा करिब ७ लाख ५० हजार खर्च हुने अनुमान गरिएकोे छ । साथै महोत्सवलाई करिब ५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सहसचिव रामानन्द चौधरीले बताए । सरकारले हरेक वर्ष माघी पर्व माघ १ गतेका दिनमा सार्वजनिक विदा दिने गरेको छ ।
महोत्सवकाे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा माघी महोत्सव मूल आयोजक समिति मकवानपुरका सभापति सचिदानन्द चौधरी, उपसभापति शिला चौधरी, सचिव चन्द्रकान्त चौधरी, सहसचिव रामानन्द चोधरी, कोषाध्यक्ष उमा चौधरी, साथै सदस्यहरु रिना चौधरी, सिया चौधरी, रञ्जु चौधरी, ललित चौधरी, सन्दिप चौधरी र सरोज चौधरी लगायतको उपस्थिति रहेको थियो ।
भुटनदेवीमा रात्रिकालिन पाहुना विश्रामघर
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौंडा १० मा अवस्थित भुटनदेवी मन्दिरमा रात्रिकालिन पाहुना घर सञ्चालनमा आएकाे छ । भुटनदेवी मन्दिर ब्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिले संचालन गर्ने गरी भुटनदेवी रात्रिकालिन पाहुना विश्रामघरकाे शनिबार उद्घाटन गरिएकाे हाे ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले शनिबार उक्त विश्रामघरकाे उद्घाटन गरेका हुन् । भुटनदेवी मन्दिर ब्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिको २० औं साधारणसभा तथा अधिबेशनकाे प्रमुख अतिथि समेत रहेका बानियाँले विश्रामघरकाे उद्घाटन गरे ।
समितिको २० औं साधारणसभा तथा रात्रिकालिन पाहुना विश्रामघरको समुदघाटन गर्दै प्रमुख अतिथि बानियाँले भुटनदेवी मन्दिरको भौतिक पूर्वाधार निर्माण तथा पर्यटकीय प्रवर्द्धनका लागि विगत देखि नै सहयाेग गर्दै आएकाे बताए । उनले आगामी दिनमा पनि आफू र प्रदेश सरकारकाे तर्फबाट सकेकाे सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे । नेता बानियाँले धर्म भनेको सत्य र ठिक बाटो हिडाउने माध्यम भएकाे भएको बताउँदै यसको सम्वर्द्धन र प्रवर्द्धन गर्न हामी सबै लाग्नुपर्ने बताए । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्मित २४ कोठे विश्रामघरमा ६० जनासम्म बस्न मिल्ने समिति अध्यक्ष राममान श्रेष्ठले बताए ।
समितिका अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्वसमेत निर्वाचित गर्ने बताइएकाे छ । साधारण सभामा मन्दिरलाई सहयोग र विभिन्न क्षेत्रबाट योगदान गर्ने समाजसेवीलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरिएको थियो ।
पतन्जली मकवानपुरको आयोजनामा दिव्यभोज
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडा ६ चौघडामा दिव्यभाेज कार्यक्रम गरिएको छ ।
पतन्जली याेग समिति मकवानपुरकाे आयाेजना तथा पतन्जली याेग महिला समिति, युवा समिति, युवा नगर समिति, युवा ग्राम समितिकाे संयाेजनमा चाैघडास्थित शान्ति पार्कमा दिव्यभाेज कार्यक्रम गरिएको हो ।
दिव्यभाेजमा फलफूल, उमाारिएकाे गेडागुडी र पतन्जलीकाे स्पेशल जडिबुटिको दिब्य पेय, फापरकाे पिठाेकाे जेरी, सादा र स्वास्थ्यवर्द्धक खानाहरु समावेश गरिएकाे थियाे । पतन्जली याेग समिति मकवानपुरले हरेक वर्ष दिव्य भाेजकाे आयाेजना गर्ने गरेकाे जिल्ला अध्यक्ष रामकृष्ण थापाले बताए ।
नेपालीकाे सस्कृतिलाई सरल किसिमले जगेर्ना गर्दै साेहार्द पूर्ण रुपमा मनाउने गरेकाे पतन्जली याेग समितिले आउँदो माघ १ गते सर्वाेत्तमकाे उत्पादनकाे शख्खरबाट वनेकाे चाकु सामुहिक रुपमा खाने कार्यक्रम पनि तय भएकाे उनले जानकारी दिए ।
संविधानसभा सदस्य अनन्त पौडेल, सर्वोत्तम संचिति बचत ऋण सहकारी संस्थाका अध्यक्ष तथा पतन्जली योग समिति बागमती प्रदेश सदस्य धुर्व पौडेल, ७ नम्बर वडाका पूर्व वडाध्यक्ष राजन थापा, जिल्लास्थित विभिन्न सेन्टरका याेग प्रशिक्षक, सह प्रशिक्षक, याेग साधक साधिकाहरुकाे उपस्थितिमा दिव्यभोज आयोजना गरिएको थियाे ।
अंगारेश्वर धार्मिक तथा पर्यटन स्थल दर्ता
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हटियमा रहेकाे अंगारेश्वर मन्दिर क्षेत्र समेटिएर अंगारेश्वर धार्मिक तथा पर्यटन स्थल दर्ता गरिएकाे छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १७ (साविक हटिया गाविस ३) मा रहेकाे अंगारेश्वर मन्दिर ३ सय वर्ष भन्दा बढी इतिहास भएकाे धार्मिक क्षेत्र भएकाेले संरक्षणकाे लागि दर्ता गरिएकाे हाे ।
विहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विधिवत दर्ता भएकाे अंगारेश्वर धार्मिक तथा पर्यटन स्थलकाे अध्यक्षमा कृष्णदेव भण्डारी,
उपाध्यक्ष श्याम बहादुर घर्ती, सचिव सन्दिप थापा, कोषाध्यक्ष सेती कुमारी गोङ्बा, सहसचिव शारदा अधिकारी छन् । यस्तै सदस्यहरू प्रदिप कुमार विष्ट बिना दाहाल, मैया कठायत, थिर बहादुर बजू, नवराज माझी र ओमप्रसाद अधिकारी रहेका छन् ।
संस्थाको उद्देश्य अनुसार सनातन हिन्दू धर्मको महत्त्व भक्तजन तथा अनुयायीहरूलाई बुझाउंदै प्रचारप्रसार र विकासमा लागि पर्ने अध्यक्ष भण्डारीले बताए । धार्मिक अनुष्ठान र नियमित पुजापाठलाई कर्मकाण्डी भन्दा पनि धर्मको मर्मअनुसार अवचेतन मनको प्रयोग गर्दै व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्य तथा मनको शान्तिको लागि आयोजना गर्नुपर्ने विषयलाई व्यबहारमा उतार्ने र अनुयायीहरूको लागि सचेतना कार्यक्रम अभियानको रूपमा संचालन गर्ने उनले जानकारी दिए ।
३०० वर्षभन्दा पुरानो इतिहास भएको “अंगारेश्वर धार्मिक तथा पर्यटन स्थल” दर्ता गर्न सहयोग पुर्याउने हटिया, हर्नामाडीका सम्पूर्ण भक्तजनहरू, सल्लाहकारहरू, पूर्व अध्यक्षज्यूहरू, कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरूलाई अध्यक्ष भण्डारीले धन्यवाद समेत ज्ञापन गरेका छन् ।
हेटौडा उपमहानगरपालिकाकाे पूर्वीमा रहेकाे हर्नामाडी र हटिया क्षेत्रका अंगारेश्वर मन्दिर वरपर राजदेवी, चन्दनदेवी गुफाथान, गाेरक्षेश्वर,सेतीदेवी, कमलादेवी, कालेदेवी, सिद्धेश्वर, जुरेथुम गुम्बाडाँडालगायतका धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकाेले धार्मिक पर्यटन तथा पर्या पर्यटनमा समेत टेवा पुग्ने बताइएकाे छ ।
मकवानपुर । विश्व हिन्दु महासंघ नेपाल हेटौंडा नगर अध्यक्षमा राजेश वाग्ले चयन भएका छन् । हेटौंडा–१०, गोरक्षेश्वर दिव्यधाममा भएको ऋबाट वाग्लेकाे नेतृत्वमा ५१ सदस्यीय समिति चयन भएकाे हाे ।
विश्व हिन्दु महासंघको अधिवेशनले हेटौंडाको १९ वडामा वडा संयोजक पनि तोकिएको छ । विजयराज सिग्देलको प्रमुख आतिथ्यता तथा विश्व हिन्दु महासंघ मकवानपुर अध्यक्ष उत्तम शर्मा ढकालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा हयग्रीव आचार्य, संस्कृत वेद विद्यालयका अध्यक्ष रामकृष्ण थापा, ईश्वरी प्रसाद न्यौपाने लगायतकाले शुभकामना दिनुभएको थियो । वासुदेव वत्सले कार्यक्रम संचालन गरेका थिए ।
नगर समितिको उपाध्यक्षमा दीपक बनैवाल, तुलसी गिरी, सचिवमा विश्व प्रसाद गौतम, कोषाध्यक्षमा एकनाथ गैरे चयन भएका हुन । समितिको सदस्यहरुमा अनिल पराजुली, उमेश पराजुली, अर्जुन वाइवा, सुजन ढुंगाना, परिचय श्रेष्ठ, जय हुमागाईं, विनय केशरी, सतिश मिश्र, नवराज ढकाल, विवेक महत, खेमराज न्यौपाने, चक्रधर न्यौपाने, मोदनाथ देवकोटा चयन भएका छन । त्यस्तै सदस्यमा गोपाल अगस्ती, लक्ष्मीनारायण श्रेष्ठ (विक्रम), विजय खड्का, सरोज घिमिरे, कृष्णहरी भट्टराई, रोहित गुप्ता, विकास उप्रेती, रबिन सुवेदी, विक्रान्त बस्नेत, दिनेश सुवेदी, असिम स्याङतान, सहास नेपाली, श्याम दहाल, किरण महत्तो, अमित राजवाहक, पुरुषोत्तम खतिवडा, अनुप वर्नवाल, माधव सिलवाल, गणेश धिमाल चयन भएका छन ।
त्यस्तै सदस्यमा सुशिल पौडेल, रामचन्द्र नेपाल, अशोक देवकोटा, किरण गौतम, रमेश वाग्ले, राजकुमार तिवारी, सागर गजुरेल, सशाङ्क महत्तो, पुरुषोत्तम सिटौला, सुमित घिमिरे, रामकृष्ण बजगाईं, सुशिल घिमिरे, कृष्ण घिमिरे, सम्झना चौलागाई, बबिता चौलागाई, दिपेशमणि भण्डारी, बिट्टु बानिया, पिंकु शाह, राजकुमार राउत, विपेश जंगक्षेत्री, सत्यन्द्र केशरी र दिनेश सुवेदी रहेका छन ।