चितवन । चितवनका कवि मेनका चापागाईंको कवितासङ्ग्रह ‘मनको अदालत’ सार्वजनिक गरिएको छ । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा आइतबार ११७ औँ लक्ष्मी जयन्ती विषेश कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो ।
गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, नगर प्रमुख मदनभक्त अधिकारी र कवि चापागाईंका मातापिताले कृति लोकार्पण गरेका हुन् । कृतिमा समसामयिक विषयवमा लेखिएका ६९ वटा कविता सङ्ग्रहित छन् । स्कुले जीवनदेखि नै साहित्य सिर्जना गरेको चापागाईंले कोरोनाकालमा कविता लेखनमा सक्रिय भएको बताउँछिन ।
कृतिमाथि प्राध्यापक रञ्जना लामिछाने र उदय अधिकारीले परिचर्चा समेत गरेका थिए । डाक्टर भूमिराज चापागाईंले कविको परिचय गराउँदै चापागाईं कविता पारखी भएको बताए । वीरेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक रमेश प्रभातले कवि चापागाईंको कविता लेखनको धार बलियो देखिएको बताए । कार्यक्रममा उदितप्रकाश सिग्देल, एकदेव रिमाल र विष्णु पन्थीले मनको अदालत कवितासङ्ग्रहबाट एकएकवटा कविता वाचन गरेका थिए । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित चापागाईंको पहिलो पुस्तकको मूल्य ३५१ रुपैयाँ रहेको छ ।
सोही कार्यक्रमको पहिलो खण्डमा कवि मनोज भण्डारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको चर्चा गर्दै देवकोटाका केही श्लोकहरु वाचन गरेका थिए । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले स्वागत गरेको कार्यक्रमलाई साहित्यकार लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।
मकवानपुर । गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूलाईकाे लागि ६२ बुँदे निर्देशन जारी गरेको छ। २ कार्तिकमा मन्त्रालयबाट शान्ति-सुरक्षा, सुशासन, प्रशासनिक संयोजन र सार्वजनिक सेवा प्रवाह सुदृढीकरणका लागि निर्देशन जारी गरिएकाे हाे ।
निर्देशनमा जिल्लामा हुने प्रशासनिक, सुरक्षा तथा सामाजिक गतिविधिलाई समन्वयात्मक ढङ्गले अघि बढाउन, अपराध नियन्त्रण, चुनाव तयारी, सेवा प्रवाह, विपद् व्यवस्थापनदेखि आपूर्ति प्रणाली सुधारसम्मका विषयमा सिडिओहरूलाई जिम्मेवारी स्पष्ट गरिएको छ।
यस्तो छ ६२ बुँदे निर्देशन:
मकवानपुर । मकवानपुर प्रहरफले हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कबाट खेलिरहेका ११ जनालाई नियन्त्रणमा लिएकाे गरेको छ ।
शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बसपार्क नजिकै रहेकाे गुम्बा स्थित रहेकाे एक खाजाघरबाट ६ लाख ६ हजार ३ सय १० रुपैयाँ नगद, ११ बुक ताससहित ११ जनालाई नियन्त्रणमा लिएकाे हाे । प्रहरीले खाजाघर सञ्चालक हेटौंडा–१०, कर्राका ३५ वर्षीय हिरालाल मोक्तान तथा निजकाे श्रीमति ३५ वर्षीया वसन्ती ब्लोनसहित ११ जनालाई नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
यसैगरी हेटौंडा–१० टिसिएनरोडका ३७ वर्षीय अर्जुन तामाङ, हेटौंडा–१०, न्युरेनीका ३८ वर्षीय टुम बहादुर वाइबा, हेटौंडा–१०, बसपार्ककी ५० वर्षीया राममाया राना, हेटौंडा–४, हुप्रचौरकी ५० वर्षीया हिरामाया थिङ, हेटौंडा–४, हुप्रचौरकी ३० वर्षीया शान्तिमाया तामाङ, हेटौंडा–१०, बसपार्ककी ६६ वर्षीया कान्छीमाया ब्लोन, हेटौंडा–११, थानाभर्याङकी ४५ वर्षीया सीता लामा, मकवानपुरको बागमती गाउँपालिका–५, ज्यामिरेका २७ वर्षीय राजेश दर्नाल, र मकवानपुरको मनहरी गाउँपालिका–४ का ३० वर्षीय अनिल थापालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारीफ दिएकाे छ ।
मकवानपुर । मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णय सार्वजनिक गरिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको २० वटा निर्णय शुक्रबार सार्वजनिक गरिएको हो ।
सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार मन्त्रालयमा पत्रकार भेटघाट गर्दै निर्णय सार्वजनिक गरेका हुन् ।
यस्ता छन् निर्णयहरु:

मकवानपुर । मकवानपुर मनहरी गाउँपालिका–९ ज्यामिरे निवासी मिठुमायाँ सुनारलाई घर हस्तान्तरण गरिने भएकाे छ । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आफूले पाउने सेवा सुबिधाबाट सुनारकाे लागि निर्माण गरिदिएकाे घर कार्तिक २ गते मंगलबार हस्तान्तरण गरिने भएकाे हाे ।
नेपालीहरुको पर्व तिहारको अवसरमा कार्तिक २ गते मंगलबार मिठुमायाँलाई घर हस्तान्तरण गरिने मुख्यमन्त्री बानियाँको सचिवालयले जनाएकाे छ । घर हस्तान्तरण भएसँगै उनले आफ्नै घर प्राप्त गर्ने छिन् । मुख्यमन्त्री बानियाँले आफ्नै निर्वाचन क्षेत्र अन्तरगत राक्सीराङ्ग गाउँपालिका १ इन्द्रुङ्गका सुमनसिं चेपाङको लागि समेत घर निर्माण गरिरहेका छन् । चेपाङकाे लागि बन्दै गरेकाे घर कात्तिक महिनाभित्र सम्पन्न गरी हस्तान्तरण गरिने बताइएकाे छ ।
बानियाँले यसअघि पनि मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा आगलागीबाट घर गुमाएका पीडितलाई १ लाख रुपैयाँ व्यक्तिगत सहयोग गरेका थिए। बानियाँ नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्रीले आफूले पाउने तलब भत्ता र आफ्नो सचिवालयलाई प्राप्त अन्य सेवासुविधा कटौती गर्दै आफ्नो निर्वाचन क्षेत्रकाे विपन्न परिवारको लागि घर निर्माणमा खर्चिने घोषणा गरेका थिए।