मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा वडा नेकपा माओवादी केन्द्र विजयी भएकाे छ । मनहरी २ मा माओवादीका राजकुमार पाख्रिन ५ सय ४५ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
पाख्रिनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय २४ मत,नेकपा एमालेका उम्मेदवारले ४ सय २० मत र स्वतन्त्र (पुतली) का उम्मेदवारले ३८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रबाट महिला सदस्यका उम्मेदवार ५ सय ४८, दलित महिला सदस्य ५ सय ३७, खुल्ला सदस्य ५ सय २४ र खुल्ला सदस्य दुईमा ४८९ मतसहित जित हासिल गरेका छन् । मनहरी–२ मा कुल १ हजार ४ सय ८३ मत खसेको थियो ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर २ मा नेकपा माओवादी केन्द्र विजयी भएकाे छ । वकैया २ को अन्तिम मतपरिणाम अनुसार वडा अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका विश्वराज स्याङतान ३ सय ६० मत प्राप्त गरी निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रबहादुर जिम्बाले ३ सय ५५ मत प्राप्त गरे । यसैगगरी, नेकपा एमालेका उम्मेद्वार पोते लाल स्याङतानले ३ सय ३७ मत प्राप्त गरे ।
यसअघि बकैया १ मा पनि माओवादी केन्द्र विजयी भएको थियो । २०७४ मा भएको स्थानीय निर्वाचनमा पनि बकैया १ र २ नम्वर वडामा माओवादी केन्द्र विजयी भएको थियो ।
मकवानपुरको कैलाश गाउँपालिकाको वडा नंबर १० मा नेकपा एमालेले वडाध्यक्ष सहित प्यानलमानै जित दर्ता गरेको छ ।
एमालेको तर्फबाट वडाध्यक्षका उम्मेद्वार सुर्यबहादुर ब्लोनले ४३३ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जनक लोप्चन ले ४०१ मत प्राप्त गरे । कांग्रेसका उम्मेद्वार सूर्यबहादुर गोलेले भने ३५५ मत प्राप्त गरे । यो सहित एमालेले मकवानपुरमा ४ वटा वडामा जितेको छ ।
मकवानपुरका १०२ वडा मध्ये १४ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा पहिलोमाओवादी केन्द्र दोस्रोमा नेपाली कांग्रेस र एमाले तेस्रो स्थानमा रहेका छन् ।
नेपाली काँग्रेस ५, नेकपा माओवादी केन्द्रले ६ र एमालेले ३ वडामा जित हासिल गरेको छ ।
जसमा थाहा नगरपालिका १ मा माओवादी केन्द्रका हेरमान गोपाली, थाहा–२ मा बमबहादुर सिंतान, मनहरी–२ मा राजकुमार पाख्रीन, बकैया–१ मा आशिष तितुङ र भिमफेदी–३ मा प्रीतिलाल तितुङ नेकपा माओवादी केन्द्रको तर्फबाट विजयी हुनु भएको छ । यस्तै बकैया – २ मा पनि माओवादीका उम्मेद्वार विश्वराज स्याङ्गतान वडा अध्यक्षमा विजयी भएका छन ।
मकवानपुरगढी–८ मा कांग्रेसका कुमार घिसिङ, मनहरी–१ मा शिव प्रसाद खनाल, कैलाश–१ मा तेज बहादुर ब्लोन, इन्द्रसरोवर–१, मा सुवास थापा र इन्द्रसरोवर–२, सुमन श्रेष्ठले नेपाली काँग्रेस तर्फबाट जित हासिल भएका छन् ।
यता कैलाश–१० मा एमालेका सुर्य बहादुर ब्लोन र भिमफेदी–२ मा कासिराम बज्यु नेकपा एमालेको तर्फबाट विजयी भएका छन् । भिमफेदी गाउँपालिका ४ एमालेका सागर पाण्डे बिजयी भएका छन्
मकवानपुर । ईन्द्रसरोबर गाउँपालिका–२ मा कांग्रेस विजयी भएको छ । कांग्रेसले करिब ३२ वर्षपछि विजयी भएको हो ।
कांग्रेसका युवा नेता सुमन श्रेष्ठ विजयी भएका हुन् । युवा व्यवसायी समेत रहेका श्रेष्ठले एमालेका उम्मेदवार वैकुण्ठ थापा मगरलाई पराजित गर्दै विजयी भएको हो । यस वडामा अघिल्लो निर्वाचनमा एमाले विजयी भएको थियो । श्रेष्ठ अघिल्लो स्थानीय तह निर्वाचनमा पराजित भएका थिए ।
यता यस अघि प्राप्त मतपरिणाम अनुसार ईन्द्रसरोबर-१मा वडाध्यक्षमा कांग्रेसका उम्मेदवार सुवास थापा निर्वाचित भइसकेका छन्।
