मकवानपुरका १०२ वडा मध्ये १४ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा पहिलोमाओवादी केन्द्र दोस्रोमा नेपाली कांग्रेस र एमाले तेस्रो स्थानमा रहेका छन् ।
नेपाली काँग्रेस ५, नेकपा माओवादी केन्द्रले ६ र एमालेले ३ वडामा जित हासिल गरेको छ ।
जसमा थाहा नगरपालिका १ मा माओवादी केन्द्रका हेरमान गोपाली, थाहा–२ मा बमबहादुर सिंतान, मनहरी–२ मा राजकुमार पाख्रीन, बकैया–१ मा आशिष तितुङ र भिमफेदी–३ मा प्रीतिलाल तितुङ नेकपा माओवादी केन्द्रको तर्फबाट विजयी हुनु भएको छ । यस्तै बकैया – २ मा पनि माओवादीका उम्मेद्वार विश्वराज स्याङ्गतान वडा अध्यक्षमा विजयी भएका छन ।
मकवानपुरगढी–८ मा कांग्रेसका कुमार घिसिङ, मनहरी–१ मा शिव प्रसाद खनाल, कैलाश–१ मा तेज बहादुर ब्लोन, इन्द्रसरोवर–१, मा सुवास थापा र इन्द्रसरोवर–२, सुमन श्रेष्ठले नेपाली काँग्रेस तर्फबाट जित हासिल भएका छन् ।
यता कैलाश–१० मा एमालेका सुर्य बहादुर ब्लोन र भिमफेदी–२ मा कासिराम बज्यु नेकपा एमालेको तर्फबाट विजयी भएका छन् । भिमफेदी गाउँपालिका ४ एमालेका सागर पाण्डे बिजयी भएका छन्
In: मुख्य खबर, स्थानीय खबर/समाज
Tags: No Comments
