मकवानपुर । ईन्द्रसरोबर गाउँपालिका–२ मा कांग्रेस विजयी भएको छ । कांग्रेसले करिब ३२ वर्षपछि विजयी भएको हो ।
कांग्रेसका युवा नेता सुमन श्रेष्ठ विजयी भएका हुन् । युवा व्यवसायी समेत रहेका श्रेष्ठले एमालेका उम्मेदवार वैकुण्ठ थापा मगरलाई पराजित गर्दै विजयी भएको हो । यस वडामा अघिल्लो निर्वाचनमा एमाले विजयी भएको थियो । श्रेष्ठ अघिल्लो स्थानीय तह निर्वाचनमा पराजित भएका थिए ।
यता यस अघि प्राप्त मतपरिणाम अनुसार ईन्द्रसरोबर-१मा वडाध्यक्षमा कांग्रेसका उम्मेदवार सुवास थापा निर्वाचित भइसकेका छन्।
