मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तरगत आज भैरहेको मतदान बिथोल्न सक्रिय रहेका ७ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका १० स्थित बसपार्कबाट निर्वाचिन खारेजको माग गरेको नेपाल कम्युनिष्ट पार्टी बहुमत मकवानपुर जिल्ला संयोजक बिक्रम रुचाल ‘शक्ति’ सहितको ६ जनाको टोलीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको हो।
पक्राऊ परेकाहरूमा पार्टीको जिल्ला ईन्चार्ज धुव्र खड्का ‘रवि’, जिल्ला संयोजक बिक्रम रुचाल ‘शक्ति’, सचिवालय सदस्य लिला माझी, युवा जिल्ला अध्यक्ष बसन्त लामा ‘विश्वास ‘, जिल्ला सदस्य विकास लामा, जिल्ला सदस्य अजय गहिराइ र जिल्ला सदस्य एवम बागमति गा पा ईन्चार्ज अनिल सिन्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर। बागमती प्रदेशको मकवानपुर जिल्लामा बिहानैबाट उत्साहजनक रुपमा मतादान भैरहेको छ । जिल्लाको १६७ मतदान स्थलबाट ३ लाख ७ सय ३३ जनाले मतदान गर्ने छन् ।
मकवानपुर जिल्लाको १९ वटा मतदान स्थललाई अति संवेदनशी र ६० वटालाई संवेदनशील सूचिमा राखिएको छ । सबै मतदानस्थलहरुमा सुरक्षा व्यवस्था बलियो बनाइएको दाबि प्रशासनले गरेको छ ।
बागमती प्रदेशको सबै जिल्लाहरुमा विहानै बाट शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । चिसोको कारण लामो लामो लाइन नभए पनि मतदाताहरुको उल्लाषपूर्ण सहभागीता रहेको छ । १३ जिल्लाको ३३ निर्वाचन क्षेत्रमा रहेको बागमतीमा सबै मतदान स्थलहरुमा सुरक्षा व्यवस्था चुस्त पारीएको छ । प्रदेशमा दल र स्वतन्त्र गरी ६ सयभन्दा बढी उम्मेदवारहरु रहेका छन् ।
केही उम्मेदवारहरु बिहान पहिलो चरणमै आफ्नो मतदान सकेर अन्य मतदान स्थलहरुमा मतदाताहरु भेट्न दौडधुपमा लागेका देखिन्छन् भने केहीले आफूले अन्तिम समयमा मतदान गर्ने भन्दै आफ्नो निर्वाचन क्षेत्रको मतदान स्थलहरुमा पुग्न लागिपरेका छन् ।
प्रदेश निर्वाचन कार्यालय बागमतीका अनुसार यस प्रदेशमा ३४ लाख १२ हजार ८ सय ३९ जना मतदाताहरु रहेका छन् । जसमा अन्य समूदायका २९ जना मतदाताहरु रहेका छन् भने महिला १७ लाख ७ हजार ९ सय ४२ जना रहेका छन् ।
मकवानपुर । प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना स्थलमा तयारी सुरू गरिएको छ । मकवानपुरको मतगणनास्थललाई सुरक्षित विश्वासनीय बनाउन तारजाली घेरेर सिसीटिभी क्यामेरा जडान गरिने भएको छ ।
जिल्लाको २ वटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा सिद्धार्थ माध्यमिक बिद्यालयको ८ वटा कोठामा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिदै गरेको हो ।
मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम हुँदै गरेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा चितवनमा मतपत्र च्यातिएको घटनाले देशभरका प्रायः सबै मतगणनास्थलमा तारजाली र सीसीटीभी जडान गर्ने गरिएको छ ।मतगणनास्थलको सुरक्षामा ध्यान दिने गरि तारजाली र सीसीटीभी जडान गरिएको निरौलाले जानकारी दिए ।
मकवानपुर क्षेत्र नं १ र २ को मतगणना हेटौंडा २ स्थित सिद्धार्थ माध्यामिक बिद्यालयमा गरिने तयारी भएको छ । २ वटै क्षेत्रको लागि ४/४ ठाउँमा मतगणनाका लागि तयारी गरिएको बताइएको छ ।
जिल्लाको क्षेत्र नम्बर १ ‘क’ मा ७७ हजार ९ सय ८९ जना र ‘ख’ मा ७२ हजार १ सय ६६ मतदाता रहेका छन् । यस्तै क्षेत्र नम्बर २ ‘क’ मा ८३ हजार ०९९ र ‘ख’ मा ६७ हजार ४ सय ७९ गरी ३ लाख ७ सय ३३ मतदाता छन् ।
निर्वाचन सुरक्षाका लागि मकवानपुरमा कुल ३ हजार २ सय सुरक्षाकर्मी खटिएका छन् । जसमा म्यादी प्रहरी १ हजार ६ सय ९९, जनपथ प्रहरी १ हजार ६९, सशस्त्र प्रहरी ४ सय र नेपाली सेना खटिएको मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले बताए ।
मकवानपुर । मंसिर ४ गते आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि मकवानपुरका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । मतदान स्थलमा निर्वाचन आयोगले उपलब्ध गराएको बिभिन्न सूचना टाँस गरिएको छ । सर्बदलिए सर्बपक्षिय बैठक पछि कार्य प्रारम्भ गर्न कर्मचारी र सुरक्षाकर्मीरु लागि परेका छन् ।
मकवानपुरको दश वटै मतदान केन्द्रमा कर्मचारीहरु पुगिसकेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए । निरौलाका अनुसार निर्वाचनको आवश्यक सम्पूर्ण तयारी तथा व्यवस्थापन पूरा भएको र कर्मचारी चुनाव सामग्रीसहित मतदान स्थलमा पुगिसकेका बताए ।
निर्वाचनमा सम्पुर्ण सामग्रीहरु प्रहरीको सुरक्षामा मतदान स्थलमा सुरक्षाका साथ राखिएको छ । मकवानपुरमा करिब तीन हजार पाँच सय सुरक्षाकर्मीहरु खटिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । निर्वाचन सुरक्षाको लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीहरु खटाइएको प्रजिअ पाण्डेले बताएका छन् ।
मतदान केन्द्रमा पुगेका कर्मचारी र सुरक्षाकर्मीहरु मतदान स्थल निर्माणको काम २ गते सुरु गरेका हुन । आज ३ गते मतदानस्थलको निर्माण पुरा हुने मतदान केन्द्रमा खटिएका कर्मचारी बताउँछन् । मकवानपुरका केहि मतदानस्थल अपांग मैत्री समेत रहेका छन । उक्त केन्द्रहरू मध्ये सिद्धार्थ माबिमा मतदान केन्द्र निर्माणको काम ७० प्रतिशत पुरा भएको बताइएको छ ।
मकवानपुरमा करिब ३ हजार कर्मचारी निर्वाचनको लागि खटाइएको छ । खटाइएका मध्य ५ सय शिक्षक छन ।


मकवानपुर । नेपालले तीन एकदिवसीय क्रिकेट शृंखलाकाे निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ६ विकेटले पराजित जीत हात पारेकाे छ । शुक्रबार नेपालले त्रिवि क्रिकेट घरेलु मैदानमा शृंखला २–१ ले जितेको हो । अन्तिम खेलमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेखकाे मद्दतले नेपालले जीत निकालेकाे हाे ।
एक सय ७७ रनको लक्ष्य पछ्याएको नेपालले ४०-१ ओभरमा ४ विकेट गुमाउँदै निर्धारित दूरी पार गरेको थियो । नेपालको जीतमा दुई खेलाडीले अर्धसतक बनाए । आसिफ शेखले सर्वाधिक ८८ रन बनाएका थिए । आसिफले ११९ बलमा दश चौका प्रहार गरेका थिए । यसैगरी पूर्वकप्तान ज्ञानेन्द्रले ७३ बलमा सात चौका र तीन छक्का सहित ६४ रन बनाए । ज्ञानेन्द्र आयन अफजल खानबाट एलबिडब्लु परेका थिए । दोस्रो
यसअघि ओपनर अर्जुनले ३३ बलमा ९ रनमात्रै बनाएका थिए । कप्तान रोहितकुमार पौडेलले १० रनको योगदान गरे । युएईका बलर आयन र हाज्रात बिलालले समान एक विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल खडा गरेको थियो । ९३–९ को स्थितिमा रहेको युएईको इनिङ आयान अफ्जल खान र हर्जत बिलालले उकासेका थिए । दुबैले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेपछि युइए सम्मानजनक स्कोरमा पुगेको थियो ।
आयन खानले ६३ बलमा सात चौका र एक छक्का मद्दतमा अविजित ५४ रन जोडेका थिए । बिलालले ५४ बलमा १ छक्का मद्दतमा अविजित २० रन बनाए । यसैगरी अलिसान सराफुले ६९ बलमा ४ चौका मद्दतमा ३३ रन जोडेका थिए । रोहन मुस्तफाले ५६बलम २ चौका मद्दतमा २४ रन जोडे ।
नेपालका कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान दुई विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिएका थिए । यस सअघि पहिलो खेल युएईले ८४ रनले जितेको थियो । दोस्रो खेलमा तीन विकेटको जित निकाल्दै नेपाल बराबर गर्न सफल भएको थियो । अब, नेपाल डिसेम्बरमा स्कटल्यान्ड, नामिबिया सम्मिलिन आईसिसी विश्वकप लिग टु खेल्न नामिबिया पुग्नेछ ।
