मकवानपुर । मंसिर ४ गते आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि मकवानपुरका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । मतदान स्थलमा निर्वाचन आयोगले उपलब्ध गराएको बिभिन्न सूचना टाँस गरिएको छ । सर्बदलिए सर्बपक्षिय बैठक पछि कार्य प्रारम्भ गर्न कर्मचारी र सुरक्षाकर्मीरु लागि परेका छन् ।
मकवानपुरको दश वटै मतदान केन्द्रमा कर्मचारीहरु पुगिसकेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए । निरौलाका अनुसार निर्वाचनको आवश्यक सम्पूर्ण तयारी तथा व्यवस्थापन पूरा भएको र कर्मचारी चुनाव सामग्रीसहित मतदान स्थलमा पुगिसकेका बताए ।
निर्वाचनमा सम्पुर्ण सामग्रीहरु प्रहरीको सुरक्षामा मतदान स्थलमा सुरक्षाका साथ राखिएको छ । मकवानपुरमा करिब तीन हजार पाँच सय सुरक्षाकर्मीहरु खटिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । निर्वाचन सुरक्षाको लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीहरु खटाइएको प्रजिअ पाण्डेले बताएका छन् ।
मतदान केन्द्रमा पुगेका कर्मचारी र सुरक्षाकर्मीहरु मतदान स्थल निर्माणको काम २ गते सुरु गरेका हुन । आज ३ गते मतदानस्थलको निर्माण पुरा हुने मतदान केन्द्रमा खटिएका कर्मचारी बताउँछन् । मकवानपुरका केहि मतदानस्थल अपांग मैत्री समेत रहेका छन । उक्त केन्द्रहरू मध्ये सिद्धार्थ माबिमा मतदान केन्द्र निर्माणको काम ७० प्रतिशत पुरा भएको बताइएको छ ।
मकवानपुरमा करिब ३ हजार कर्मचारी निर्वाचनको लागि खटाइएको छ । खटाइएका मध्य ५ सय शिक्षक छन ।



