मकवानपुर । राष्ट्रिय महिला आयोग सदस्य कृष्णकुमारी पौडेलले छुवाछूतको सवालमा सबै तहको बुझाई समान हुनुपर्ने बताएकी छिन् ।
राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेशको आयोजनामा १८ औ जातीय छुवाछूत विरुद्धको दिवसमा आयोजित कार्यक्रममा पौडेलले यस्तो बताएकी हुन् ।
महिला आयोगमा प्राप्त उजुरी मध्ये दलित महिलाको उजुरी बढी भएको बताउंदै पौडेलले भनिन् “संघीय सरकारको सबै तह र वडा स्तरसम्म जातीय छुवाछूत अन्त्यको लागि एक हुनुपर्छ ।”
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख यज्ञ अधिकारीले कानुनी प्रावधान बलियो भए पनि जातीय हक अधिकारको सवाल कार्यान्वयनमा फितलो भएको बताए ।
कार्यक्रममा जिल्ला बार एशोसियसन अध्यक्ष अप्सरा बस्नेतले संविधानमा मौलिक हकमा व्यवस्था भए पनि दृष्टिकोणमा परिवर्तन नआएसम्म उपलब्धि नहुने बताइन् । “छुवाछूत रूढिबादी परम्परा जरो गडेरै रहेको कारण निरन्तरताको दवाब आवश्यक छ, कानुनी पर्याप्त छ, कानुनमा दोष छैन, कार्यान्वयन पाटो फितलो छ” अध्यक्ष बस्नेतले भनिन् “दिनदिनै भेदभावको सवाल आउँछन् तर, लिखित रूपमा उजुरी नहुदा अदालतसम्म पुग्दैनन ।”
यसैगरी दलित गैरसरकारी महासंघ केन्द्रिय सदस्य कमलकुमार बिश्वकर्मा शहरी इलाकामा छुवाछूत कम भएको भन्ने ठानिएको तर यथार्थमा अझै छुवाछूत हाबी रहेको बताए । “दलित समूदाय जन्मनु अघिदेखि मृत्यु पर्यन्त लकडाउनमा बस्नुपर्ने बाध्यात्मक अवस्था छ” उनले भने “संविधानको प्रस्तावदेखि विभिन्न धारामा व्यवस्था गरिए पनि किन कानुन अझै बनेन ?”
छुवाछूतको मुद्दा दायर नहुने सवालमा पर्याप्त प्रमाण नहुने, साक्षी पनि नपाइने, सामाजिक सद्भावको लागि मिल्नुपर्ने दवाब आउने गरेको कारण उजुरी अदालत नपुग्ने गरेको विश्वकर्माले बताए ।
हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबाले धनको आधारमा छुवाछूतलाई लिने गरिएको बताइन् । आर्थिक रूपमा सबल भए जातको खोजी नहुने, कमजोर भएमा दलित मान्ने गरेको उनले बताइन् । सरकारले छुवाछूत उन्मुलनको लागि गहिरो अनुसन्धान नगरी सतही कार्यक्रम ल्याउने गरेको उनले बताइन् ।
बालबालिकालाई छुवाछूतको सवालमा गलत धारण भरिदिएको महिला तथा बालबालिका सेवा केन्द्र अध्यक्ष सरू बिकले बताइन् । दिवसको समयमा मात्रै हैन,अन्य कार्यक्रममा पनि छुवाछूतको सवालमा सचेतना जारी राख्नुपर्ने उनलेे बताइन् ।
सरकारले २०६३ साल जेठ २१ गते छुवाछूत उन्मुलन भएको घोषणा भएको थियो ।
हेर्नुहोस् भिडियो
मकवानपुर । “सामाजिक विकासका लागि जातीय विभेद एक चुनाैती” विषयक वक्तृत्वकलामा कृतिका लाैडारी प्रथम भएकी छिन् । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसकाे अवसरमा भएको वक्तृत्वकलामा कृषि तथा वन विश्वविध्यालयकी लौडारी प्रथम भएकी हुन ।
विभिन्न शैक्षिक संस्थाका ३ जना सहभागी प्रतियाेगितामा हेटाैँडा क्याम्पसकी आकृती घिमिरे द्वितीय, सिद्वार्थ माविकी प्रकृति अर्याल तृतीय भएका छन् । यसैगरी महेन्द्र किरण माविका राेशन लामिछाने सान्त्वना भएका छन् । प्रथम, द्वितीय र तृतीयले क्रमशः ५ हजार, ३ हजार, २ हजार प्रमाणपत्र तथा र सान्त्वना १ हजार तथा प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।
कार्यक्रमका प्रमुख अथिति ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले मानवीय विभेद आज पनि समाजमा अवशेषकाे रूपमा रहेकाले सामाजिक विकासमा अवराेध र समस्या भएकाे बताए । उनले कागजमा मात्र नभई व्यवहारमा नै विभेद अन्त्य हुनुपर्नेमा जाेड दिए ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसकाे अवसरमा सामाजिक अभियान सञ्जाल, हेटाैँडा ४ काे आयाेजना, स्वतन्त्र विध्यार्थी युनियन, हेटाैँडा क्याम्पसकाे व्यवस्थापन तथा ४ नम्बर वडा कार्यालयकाे सहयाेगमा बक्तृत्वकला प्रतियाेगिता भएकाे हाे । सञ्जालकी अध्यक्ष माया लामाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मनाेज पाेखरेल बेदराज काेइराला र डीवी बर्ताैला निर्णायककाे भूमिकामा रहेका थिए ।
कार्यक्रममा गैससकी सुनिता दर्नाल, केन्द्रीय प्रशिक्षण विभाग सदस्य कमलकुमार विश्वकर्मा, गैसस मकवानपुरका उपाध्यक्ष कुमारी वाईवा, शैक्षिक गुणस्तरीय सुधार समिति, हेटाैँडा ४ का अध्यक्ष श्रीराम दाहाल, वडा कार्यालयका सचिव टीका कंडेल, मकवानपुर क्याम्पसका स्ववियु सभापती छाेईसाङ्ग लामा, स्ववियु हेटाैँडा क्याम्पसका अध्यक्ष अभि मैनाली, सामाजिक अभियान सञ्जालका सचिव जाेराेम घले आधुनिक राष्ट्रिय माविका सहायक प्रअ दीपक अधिकारी, ईष्टु जिल्ला कार्यासमितिका सदस्य अनिल परियारलगायतकाे आथित्यता रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकास्थित बकैया खोलामा डुबेर १ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका–६, बेसीटोलका ११ वर्षीय सन्देश भोम्जन रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो ३ बजेको समयमा भोम्जन साथीहरुसँग बकैया खोलामा नुहाउने गएका थिए । नुहाउने क्रममा डुबेका उनकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर जिल्ला बक्सिङ संघको अध्यक्षमा सुशील घिमिरे चयन भएका छन । शनिबार हेटौँडामा भएकोव नवौं जिल्ला अधिवेशनबाट घिमिरेको नेतृत्वमा ८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
यसअघि संघको उपाध्यक्ष रहेका घिमिरेको अध्यक्षतामा गठन भएको जिल्ला समितिमा उपाध्यक्ष उज्वल शर्मा भण्डारी, सचिव अमित मानन्धर र कोषाध्यक्ष राजन शिल्पकार चयन भएका छन । यसैगरी सदस्यहरु शिव श्रेष्ठ, मिनबहादुर घलान, रुपा विडारी र लक्ष्मी पुडासैनी चयन भएका छन् । नवनिर्वाचित कमिटीको कार्यकाल ३ वर्षको रहनेछ ।
कार्यक्रममा बक्सिङ संघका कोषाध्यक्ष राजन शिल्पकारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला बक्सिङ अध्यक्ष दीपेश जोशीको सभाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो ।
संघका केन्द्रीय अध्यक्ष राम अवाले, महासचिव सबिन भट्टचार्य, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गी र हेटौँडा–१४ का वडाध्यक्ष दीपक खड्का लगायतको कार्यक्रममा उपस्थित रहेको थियो ।
मकवानपुर । टोल बिकास संस्था वडा समन्वय समिति हेटौंडा ११ को आयोजनामा विश्व वातावरण दिवसको अवसरमा सचेतना र्याली गरिएको छ ।
हेटौंडा उपमहानगरपालिक ११ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा बाताबरण दिवसको सन्दर्भमा १६ गते देखि सुरु भएको विविध गतिविधि आज सचेतनामुलक र्याली तथा पुरस्कार वितरण तथा समापन गरिएको हो ।
सचेतना र्यालीमा झोलुङ्गे पुल टोल विकास संस्था प्रथम भएको छ । यसैगरी लालिगुरास टोल विकास संस्था दोस्रो, जिम्वाडांडा टोल विकास संस्था तेस्रो भएको आयोजकले जनाएको छ । यसैगरी गणेशस्थान टोल विकास संस्था र प्रगती टोल विकास संस्थाले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो।
सबैलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो।कार्यक्रममा बाल क्ल्ब स्तरिय हाजिरीजवाफ र बक्तित्वकला प्रतियोगिता पहिलो, दोश्रो तेश्रो र चौथो हुनेलाई समेत प्रमाणपत्र र नगद पुरस्कारबाट सम्मान गरिएको थियो।
कार्यक्रममै महिला उद्यमी बिमला थापा र बिमला बर्तौला र नगर स्तरिय बृहत् उद्यमी प्रदर्शनी तथा नृत्य प्रतियोगितामा चौथो हुनेलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

र्यालीको मुल्यांकन सहभागी संङ्ख्या, झांकी,पोषकको आधारमा पत्रकार सरिता दाहाल, आनन्द भैरव आधारभुत बिधालयका प्राध्यापक कृष्णप्रसाद खनालले तथा बर्षभरिको गतिविधिको आधारमा टोल विकास संस्था नगर समन्वय समितिले गरेको थियो ।
वडा नम्बर ११ मा रहेका २३ वटा मध्ये १७ वटा टोल विकास संस्थाले र्यालीमा सहभागिता जनाएका थिए ।
हेटौंडा ११ को वडा कार्यालयबाट सुरु भएको र्याली बिपन्न बचत तथा ऋण सहकारीको प्रतिक्षालयमा पुगेर पुरस्कार वितरण कार्यक्रममा परिणत भएको थियो।
कार्यक्रममा वडा अध्यक्ष जुना दहाल टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, रामेश्वर नगरकोटिले कार्यक्रमको महत्व तथा बाताबरण संरक्षणमा टोल विकास संस्थाको भुमिकाको बिषयमा धारणा राखेका थिए।
समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षाता संचालन भएको कार्यक्रममा वडा अध्यक्ष जुना दहालको प्रमुख आतिथ्यता वडा सदस्यहरु गोपिनी सापकोटा, विकास नेपाल, गिता सुनार, सन्जय बिडारी, टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, नगर सदस्य शिवराज पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।
