मकवानपुर । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामति मकवानपुर जिल्ला कार्यसमितिले शनिबार ओम वृद्धाश्रमलाई नगदसहित फलफुल सहयाेग गरेकाे छ ।
संगठनको १६ औं स्थापना दिवसको अवसरमा हेटौंडा–२ स्थित ओम वृद्धाश्रमलाई १० हजार नगद र फलफुल हस्तान्तरण गरेको छ । संगठन मकवानपुर जिल्ला अध्यक्ष बसन्त कुमार सिटौलासहितको समूह आश्रममै पुगेर सहयाेग गरेका हुन् ।
महासङ्ग केन्द्रीय सदस्य बसन्तराज गौतम, बागमती प्रदेश उपाध्यक्ष राजु अर्याल, जयराम रायमाझी, बिश्वेश्वर यादब, जयराम पुलामी, आश्रम अध्यक्ष सिद्दिलाल श्रेष्टलगायतकाे सहायोग हस्तान्तरण कार्यक्रममा सहभागिता रहेको थियो।
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले वडास्तरमै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गरेपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । ८ वटा वडा रहेकाे गढी गाउँपालिकाले माघ ४ गतेबाट वडास्तरमै सासु भत्ता वितरण थालेकाे हाे ।
गाउँपालिकाकाे वडा नम्बर – ८ मा गत माघ ४ गते र वडा नम्बर- १ मा विहीबार वडा स्तरबाट भत्ता वितरणको काम भएकाे गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए । वडा नम्बर १ मा घुम्ति शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष स्याङ्तान र वडा अध्यक्ष आईत सिह लोले वडास्तरमै सासु भत्ता वितरण गरेसँगै जेष्ठ नागरिकमा उत्साह छाएकाे छ ।
गाउँपालिकाको केन्द्रमा रहेकाे बैंकसम्म आवतजावत गर्न जेष्ठ तथा अशक्त नागरिकलाई समस्या भएपछि भौगोलिक रुपमा टाढा र बिकट रहेकाे गाउँपालिकाकाे वडास्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरी लाभग्राहीलाई सेवा दिने सुरुवात गरिएकाे स्याङ्तानले जानकारी दिए । वडा नम्बर १ मा भएकाे सासु भत्ता वितरण मार्फत १ सय ८३ जना लाभग्राहीहरुले भत्ता रकम बुझेको पञ्जिकरण शाखा प्रमुख रघुनाथ हुमागाईले बताए ।वडामा २ सय ३ जना सासु भत्ताकाे रकम पाउने लाभग्राही रहेकाे हुमागाईंले जानकारी दिए ।
गाउँपालिका अन्तरगतका विकट र दुर्गममा रहेकाले वडाहरुलाई प्राथिमकतामा राखेर वडाबाटै भत्ता वितरण गर्न लागेकोमा २०८० साल भित्रै सबै वडा स्तरबाट वितरण गरिने योजना रहेकाे हुमागाँईले बताए ।
चितवन। मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि बागमती प्रदेशले हात पारेकाे छ । उपाधि भिडन्तमा शुक्रबार गण्डकी प्रदेशलाई हराउँदै बागमती च्याम्पियन बनेको हो ।
प्रतियाेगिताकाे विजेतासँगै बागमतीले १ लाख ७९ हजार ७ सय ५ रुपैयाँ र उपविजेता गण्डकीले ९५ हजार ७ सय ५ रुपैयाँ हात पारेको छ ।फाइनलमा बागमतीले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । विजयनगरस्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा गण्डकीले दिएको ८५ रनको लक्ष्य बागमतीले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
बागमतीको जितमा कप्तान सोनी पाख्रिनले २० रन बनाईन् । सोनीले २३ बलमा २ चौका प्रहार गरिन् । सेविका यादवले २० तथा एलिसा खड्काले १५ रन जोडे । गण्डकीकी सीमाना केसीले एक विकेट लिईन् । त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन जोडेको थियो । गण्डकीकी ज्योत्स्निका मरासिनीले ३७ र सीमाना केसीले २१ रन बनाए । बागमतीकी विपिशा शाही र मनिषा उपाध्यायले एक– एक विकेट लिए ।
गण्डकीकी अलराउण्डर सीमाना केसी प्लेयर अफ दि टुर्नामेन्ट भईन् । सुदुरपश्चिमकी सावित्री धामी उत्कृष्ट ब्याटर तथा गण्डकीकी निरु जिटी प्रतियोगिताभर उत्कृष्ट बलर बनिन् । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा सम्पन्न प्रतियोगितामा सातै प्रदेशले सहभागिता जनाएका थिए ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी स्थानीय तह शहीद स्मृती गोल्डकपमा धनकुटाको राजारानी क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ। छैटौँ सस्करणकाे प्रतियाेगिता अन्तरगत शुक्रबारकाे खेलबाट नेपाल पुलिस क्लबलाई २-० ले पाखा लगाउँदै राजारानीले क्वार्टरफाइनल स्थान बनाएकाे हाे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा विदेशी खेलाडी अजायी मार्टिन्सको गोलबाट राजारानीले अग्रता लिएको थियो। खेलकाे ६४ औं मिनेटमा सुशिल लामाले गोल गर्दै राजारानीकाे अग्रता दोब्बर गरे । खेलकाे म्यानअफ दि म्याच राजारानीका मार्टिन्स घाेषित भए ।
यसैगरी, शनिबार हुने खेलमा न्यूरोड टिम एनआरटी र चर्च ब्वाइज क्लब भिड्नेछन्। यही माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले दश लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन्। यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५/२५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।
मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा बागमती प्रदेश खेलकुद विकास परिषद्, सामाजिक विकास मन्त्रालय, हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा प्रतियोगिता भएकाे हाे ।
प्रतियाेगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको छ । गोल्डकपकाे पाँचौँ संस्करणको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेकाे थियो।
मनहरीमा एकै पटक २ वटा बालविवाह राेकियाे
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकामा एकै पटक २ वटा बालविवाह राेकिएकाे छ । मकवानपुरको मनहरी गाउँपालिकाका जनप्रतिनिधिको सक्रियतामा हुन लागेको बाल बालविवाह रोकिएको हाे ।
मनहरी गाउँपालिकाबाट कोशी प्रदेश उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं ८ मा बालविवाह हुन लागेको सूचना पाएपछि मनहरीका जनप्रतिनिधि र सरोकारवाला निकायको सक्रियतामा उक्त विवाह रोकिएको छ । मनहरी गाउँपालिका वडा ८ र ५ काे २ वटा बाल विवाह राेकिएकाे हाे ।
माघ १४ गते गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको नेतृत्वमा सामाजिक विकास समितिका संयोजक अनन्त प्रकाश अर्याल, सिविन नेपाल मकवानपुरका संयोजक झविन्द्र ज्ञवाली, बाल अधिकार समिति मनहरीका सदस्यहरु देवकी ढुङ्गाना, अस्मिता कार्की, बाल सञ्जालका सल्लाहकार अन्जन सापकोटा उदयपुर गएर त्यहाको जनप्रतिनिधिसँग समन्वय गरी घरमा पुगेर परिवारलाई सम्झाई बुझाई गरेर बालिकालाई १८ माघमा घर फर्काइएको थियो ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नं.५ की १६ वर्षीया बालिका र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं ८ का २१ बर्षिय युवा बिच भएकाे विवाह राेकिएकाे हाे । सामाजिक सञ्चालबाट प्रेम सम्बन्धमा पुगेका उनीहरु मनहरीबाट पुष २५ गते भागेर उदयपुर पुगेका थिए । २७ गते मनहरी बालसञ्जालले जानकारी पाएर वडा र गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएपछि खोजी भएको थियो ।
यसैगरी गाउँपालिकाबाट बारा जिल्ला सिम्राैनगढ विवाह हुन लागेकाे बालिकालाई पनि जनप्रतिनिधि र बाल हेल्पलाइनकाे सक्रियतामा राेकिएकाे छ । दुबै बालिकाहरु अहिले अभिभावक र संस्थाकाे संरक्षणमा रहेका छन् ।
उमेर नपुगेकाले उमेर पुगेपछि मात्रै विवाह गर्न परिवारले बालिकालाई बुझाउने प्रयास गरे पनि बालिकाले आत्महत्या गर्ने धम्की दिएको र पछि मनहरीबाट उदयपुर भागेको पारिवारीक स्रोतले जानकारी दिएको छ । नेपालमा २० वर्षभन्दा कम उमेरमा गरिने जस्तोसुकै विवाहलाई कानुनले अवैधानिक मानेको छ । गाउँपालिकामा चालु आर्थिक बर्षमा १४ वटा बालविवाह हुँदा ११ वटा बालविवाह रोक्न सफल भएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए । अन्य विवाह बदर गर्न नसकिएकाे बताइएकाे छ ।
