मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ, र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँको दरले बढाएको हो ।
योसँगै तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा १५८ रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको निगमले जनाएको छ ।
त्यस्तै, डिजेलको मूल्य तेस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५१ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५० रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १४८.५० रुपैयाँ कायम भएको छ ।
निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।
मकवनापुर । मकवानपुरकाे मनहरी गाउँपालिकामा बस र ट्रक ठोक्किदा ३० जना घाइते भएका छन् ।
साेमबार दिउँसो मनहरी ६ चौकीटोल स्थित पूर्व–पश्चिम राजमार्ग अन्तरगत चितवनबाट हेटौडा तर्फ आउदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरीबाट चितवन तर्फ जादै गरेको ना ६ ख ३११९ नम्बरकाे ट्रक ठोकिएर दुर्घटना हुँदा ३० जना घाइते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी इलाका प्रहरी कार्यालय समेतकाे प्रहरी टोलीले घाइतेहरुकाे उद्दार गरी उपचारकाे लागि चितवन र हेटौडा पठाइएकाे छ । भरतपुरस्थित पुरानो मेडिकल कलेज र नँया मेडिकल कलेजमा १३/१३ जना गरी २६ जना हेटौडा अस्पताल ४ जनाकाे उपचार भई रहेका छ ।
प्रहरीका अनुसार उपचाररत घाइतेहरुकाे अबस्था मध्यम रहेको छ । अहिले घटनास्थलमा बाटो दुई तर्फी सुचारू रहेको छ ।
घाईतेहरुकाे विवरण तथा अवस्थाः
नया मेडिकल कलेज भरतपुर चितवनमा उपचारत
१.जिल्ला रौतहट चन्द्रनिगाहपुर बस्ने बर्ष अं.४४ को शत्रु राज सिलवाल टाउकोमा चोट
२.जिल्ला पाल्पा घर भएका बर्ष अं.३६ की ममता नेपाली टाउकोमा चोट
३.जिल्ला चितवन राप्ति न.पा.११ बस्ने बर्ष अं. १० की मुना लोप्चन टाउकोमा चोट
४. जिल्ला मकवानपर हे.उ.म.न.पा ४ बस्ने बर्ष अं. ४५ की शुसिला पराजुली टाउकोमा चोट
५.जिल्ला चितवन राप्ति न.पा.११ बस्ने बर्ष अं. ३० की ममता तामाङ
६. ऐ.ऐ.बस्ने बर्ष अं.११ की मनिषा तामाङ हातमा चोट
७. जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा १ बस्ने बर्ष अं.३५ को गणेश लामा ।( ट्रक चालक)
८. जिल्ला पाल्पा रामपुर ६ बस्ने बर्ष अं. १५ की आशिका नेपालीको खुट्टामा चोट
९. जिल्ला रौतहट चन्द्रनिगाहपुर ८ बस्ने अ.बर्ष १५ को भिम कुमार थापाको हातमा चोट
१०. जिल्ला तनहु घिरीङ गा.पा २ बस्ने बर्ष अं.३१ की नन्द कलि थापा टाउकोमा चोट
११.निजको छोरी बर्ष अं. ९कि मिनाक्सी थापा छातिमा भित्री चोट
१२. जिल्ला मोहतरी बर्दिबास ५ बस्ने बर्ष अं. ३४ को गोरे ब.परियार टाउकोमा
१३. ऐ.ऐ.बस्ने बर्ष अं.३० को बिमल कुमार परियार टाउकोमा र खुट्टामा चोट
पुरानो मेडिक कलेज उपचारतः
१.जिल्ला पाल्पा रामपुर न.पा ९ बस्ने बर्ष अं.३५ को भिम ब.नेपाली दाया खुट्टमा चोट अवस्था मध्यम
२. ऐ.ऐ.बस्ने निजको छोरी बर्ष अं.१० की अमिना नेपाली टाउकोमा चोट अवस्था मध्यम
३. निजको छोरा बर्ष अं.६ को अंकित नेपाली खुट्टामा चोट अवस्था मध्यम
४.जिल्ला चितवन राप्ति न.पा.११ बस्ने बर्ष अं.३५ की शान्ति माया थिङ छाति र टाउकोमा चोट अवस्था मध्यम
५. ऐ.ऐ.बस्ने निजको छोरा बर्ष अं.१२ को लख्वा दोर्जे तामाङ अनुहारमा चोट अवस्था सामान्य
६. ऐ.ऐ. बस्ने निजको छोरी बर्ष अं.११ की सुष्मा लोप्चन अवस्था सामान्य
७.जिल्ला सर्लाही लालबन्दी न.पा.९ बस्ने बर्ष अं.५७ को तिलक बि.क खुट्टामा चोट अवस्था मध्यम
८. जि.रौतहट चन्द्रनियापुर न.पा.४ बस्ने बर्ष अं.२१ कि तारा गुरुङ टाउकोमा चोट अवस्था मधयम
९. ऐ.ऐ.बस्ने बर्ष अं. २५ को पुस्कर गुरुङ हातमा चोट अवस्था सामान्य
१०. जिल्ला चितवन राप्ति न.पा.११ बस्ने बर्ष अं.३१ को चित्र तामाङ छातिमा चोट अवस्था मध्यम
११.जिल्ला मकवानपुर मनहरी गा.पा.६ बस्ने बर्ष अं. १८ की सुहाना राई अवस्था सामान्य
१२. जिल्ला महोतरी बर्दिवास ५ बस्ने बर्ष अं.३३ को बिनोद कु.परियार टाउकोमा चोट अवस्था मध्यम
१३. जिल्ला चितवन भरतपुर महानगरपालिका २१ बस्ने बर्ष अं. २८ को प्रभु सापकोटा दाहिने खुट्टमा चोट अवस्था सामान्य
हेटौडा अस्पताल उपचारतः
१. जिल्ला बारा निजगढ ७ माझीटोल बस्ने बर्ष अं. ३८ को हरी कुमार माझी (९८२१८६२६९४) को दुबै हात र टाउकोमा चोट अवस्था मध्यम
२. ऐ.ऐ. बस्ने बर्ष अं. ३६ की सम्झना माझी मुखमा र दुवै घुडामा चोट अवस्था सामान्य
३. जिल्ला चितवन खैरेनी न.पा. २ बस्ने बर्ष अं. २९ को प्रज्वल कुमाल टाउकोमा चोट अवस्था मध्यम
४.जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१२ बस्ने बर्ष अं. ५४ की सिता ढुंगानाको हात र खुट्टामा सामान्य चोट अवस्था सामान्य
मकवानपुर । मकवानपुर जिल्लाका चार भिन्नाभिन्नै स्थानमा भएका सवारी दुर्घटनामा १४ जना घाइते भएका छन् । आइतबार जिल्लामा भएका सवारी दुर्घटनामा परी उनीहरु घाइते भएकाे प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएकाे छ ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५ को चार्जिङ पोइन्ट नजिक पूर्व–पश्चिम सडक खण्डमा दुइ वटा मोटरसाइकल एक आपसमा ठोकिदा चार जना घाइते भएका छन् । पथलैयाबाट हेटौडातर्फ आउदै गरेको ना २९ प ७९८३ नंबरको मोटरसाइकल र पथलैया तर्फ जादै गरेको ना ५९ प ७८३ नंंबरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुदा चार जना घाइते भएका हुन् ।
यसैगरी मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ गढी रिसोर्ट नजिक नजिकै कान्तिलोकपथ सडक खण्डमा हेटौडा तर्फ आउँदै गरेको ना १ ह ९२११ नंबरको अटो ब्रेक फेल भई दुर्घटना हुँदा अटोमा सवार ६ जना घाइते भएकाे प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
यस्तै मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ गोठखोला स्थित धरान चतारा सडखखण्डमा हेटौडाबाट फापरबारी तर्फ जादै गरको ना ३२ प ३२४४ नंबरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दुइ जना घाइते भएको प्रहरीले जनाएको छ ।
यसैगरी मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–१ मकरीमा भित्री सडक खण्डमा मकरीबाट हेटौडा तर्फ आउँदै गरेको बा प्र ०३–००५ प ९७१ नंबरको मोटरसाइकल र भित्रि शाखा रोडमा घैयाडाँडाबाट हेटौडा बजार तर्फ आउँदै गरेको बा प्र ०१–०२८च ८९४८ नंबरको कार दुर्घटनामा दुइ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
मकवानपुर । मौसम बाहिरिदै गए पनि पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।
उक्त वायुको प्रभावले मौसम बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश र बागमती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।
अहिले कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मकवानपुर । यस वर्षको मनसुन शनिबारदेखि पूर्णरुपमा बाहिरिदै गएकाे छ । जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाका अनुसार २० असोजदेखि बाहिरिन सुरु गरेको मनसुन शनिबारदेखि पूर्णरूपमा बाहिरिदै गएकाे हाे ।
शनिबारबाट मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो । यसअघि २० असोजमा सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा २२ असोजमा कर्णली, लुम्बिनी, गण्डकी र काठमाडौं उपत्यकाबाट मौसम पूर्ण रूपमा बाहिरिएको थियो ।
नेपालमा यो वर्ष मनसुन ढिला गरी २८ जेठमा भित्रिएको थियो । चार दिन ढिला गरी बाहिरिन मनसुन सुरु भएको भएपनि केही स्थानमा हल्का वर्षाकाे सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालको लुम्बिनी,सुदुरपसश्चिम र कर्णाली प्रदेशमा पश्चिमी बायुको प्रभाब सामान्य र कोशी प्रदेश, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अंशिक प्रभाब रहेको छ साथै स्थानीय बायुको पनी अंशिक प्रभाब रहेकोले हल्का वर्षाकाे सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
कोशी प्रदेश र मधेश प्रदेशमा आंशिक देखि साधारणतया बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । शनिबार राती कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी २ दिनकाे मौसमी अवस्था
आइतबार २७ असोज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
आइतबार राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
सोमबार २८ असोजकाे दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ।
सोमबार राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी,,बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।