मकवानपुर । मकवानपुर जिल्लाका चार भिन्नाभिन्नै स्थानमा भएका सवारी दुर्घटनामा १४ जना घाइते भएका छन् । आइतबार जिल्लामा भएका सवारी दुर्घटनामा परी उनीहरु घाइते भएकाे प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएकाे छ ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५ को चार्जिङ पोइन्ट नजिक पूर्व–पश्चिम सडक खण्डमा दुइ वटा मोटरसाइकल एक आपसमा ठोकिदा चार जना घाइते भएका छन् । पथलैयाबाट हेटौडातर्फ आउदै गरेको ना २९ प ७९८३ नंबरको मोटरसाइकल र पथलैया तर्फ जादै गरेको ना ५९ प ७८३ नंंबरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुदा चार जना घाइते भएका हुन् ।
यसैगरी मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ गढी रिसोर्ट नजिक नजिकै कान्तिलोकपथ सडक खण्डमा हेटौडा तर्फ आउँदै गरेको ना १ ह ९२११ नंबरको अटो ब्रेक फेल भई दुर्घटना हुँदा अटोमा सवार ६ जना घाइते भएकाे प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
यस्तै मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ गोठखोला स्थित धरान चतारा सडखखण्डमा हेटौडाबाट फापरबारी तर्फ जादै गरको ना ३२ प ३२४४ नंबरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दुइ जना घाइते भएको प्रहरीले जनाएको छ ।
यसैगरी मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–१ मकरीमा भित्री सडक खण्डमा मकरीबाट हेटौडा तर्फ आउँदै गरेको बा प्र ०३–००५ प ९७१ नंबरको मोटरसाइकल र भित्रि शाखा रोडमा घैयाडाँडाबाट हेटौडा बजार तर्फ आउँदै गरेको बा प्र ०१–०२८च ८९४८ नंबरको कार दुर्घटनामा दुइ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

