मकवानपुर । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार प्रकाशित नतिजाअनुसार ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
२०८२ काे एसइईमा ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् । त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।
१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएकाे छ । एक लाख ६७ हजार ५९७ विद्यार्थी नतजिा अवर्गीकृत भएका छन् ।
गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
नतिजा कसरी हेर्ने?
नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ । एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्स मार्फत हेर्न सकिनेछ । नेपाल टेलिकमको एसएमएस/यूएसएसडी र आईभीआरका लागि १६०० मा मेसेज गरेर हेर्न सकिन्छ ।
त्यस्तै, जानकी टेक्नोलोजी प्रालिको एसएमएस मार्फत हेर्न ३५००१, आकाश टेक प्रालिबाट हेर्न ३४४५५, अल स्टार आईटी सोलुसन्स प्रालिको लागि ३४९४९ मा एसएमएस गरेर हेर्न सकिन्छ । राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाललगायतको वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
पूरक परीक्षा मिति तय
बाेर्डले एसईईको पूरक परीक्षाकाे मिति तय भएको छ । २०८१ सालकाे एसइई परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेसँगै पूरक परीक्षाको मिति समेत बार्डले तय गरेको हो ।
जसअनुसार पूरक परीक्षा साउन २९ देखि हुनेछ भने कार्यतालिका पछि प्रकाशित गरिने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत वर्षभन्दा सुधार भएर आएकाे छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । २०८० सालको एसईईको नतिजामा ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । २०८१ सालको एसईईको नतिजामा १३.९५ प्रतिशतले सुधार आएको हो ।
यस वर्षको एसईईमा १ लाख ६७ हजार ५९७ परीक्षार्थी फेल भएका छन् । नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जना मात्रै उत्तीर्ण भएका हुन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी विद्यार्थी गणितमा ननग्रेडेड (एनजी) अर्थात फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१ सालको एसईईको नतिजा अनुसार गणित विषयमा सबैभन्दा बढी एनजी आएको हो ।
गणित विषयमा मात्रै एक लाख २८ हजार २१५ जना ननग्रेडेड भएका छन् । त्यस्तै अंग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले ननग्रेडेड भएको बताए ।
बागमती प्रदेशबाट बढी उत्तीर्ण
एसइई २०८१ मा सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट उत्तीर्ण भएका छन् । सार्वजनिक नतिजा अनुसार बागमती प्रदेशबाट एक लाख १९ हजार ५१७ जना विद्यार्थी पास भएका छन् ।
त्यसपछि लुम्बिनी प्रदेशबाट विद्यार्थी उत्तीर्ण भएका छन् । लुम्बिनीबाट ९७ हजार ६८७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । कोशी प्रदेशबाट ४७ हजार ८३५, मधेस प्रदेशबाट ५९,७४९, गण्डकी प्रदेशबाट ४७,८४९, कर्णाली प्रदेशबाट ४६ हजार ४५५ र सुदूरपश्चिम प्रदेशबाट ५९, ८०४ विद्यार्थी उत्तीर्ण भएका छन् ।
पुनर्योगका लागि असार २३ गते भित्र आवेदन दिन सकिने
एसइईको नतिजामा चित्त नबुझे २३ असार भित्र पुनर्योगका लागि आवेदन दिन सकिने बताएको छ । प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था रहेको बोर्डले जनाएको छ ।
पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवदेन गर्न सकिने व्यवस्था गरिएको बाेर्डले जनाएकाे छ । परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि यस कार्यालयको वेबसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्ने बोर्डले भनेको छ । पुनर्योगका लागि २३ असार बेलुका ५ बजेसम्मको समय बोर्डले तोकेको छ ।
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–६ मा गाडीकाे ठक्करबाट १ जनाकाे मृत्यु भएकाे छ । बिहीबार थाहा नगरपालिका–१, कुन्छालमा गाडीको ठक्करबाट सिताराम महर्जनको घाइते भएका थिए ।
कुन्छाल स्थित चित्लाङ-चन्द्रागिरी सडकखण्डमा सडक छेउमा हिडिरहेका स्थानीय ७० वर्षीया महर्जनलाई नम्बर नखुलेकाे गाडीले ठक्कर दिंदा घाइते भएका थिए । उनलाई प्राथमिक स्वास्थ्य केन्द्र बज्रबाराहीमा सामान्य उपचार पश्चात थप उपचारकाे लागि काठमाडौंस्थित सशस्त्र प्रहरी बलको अस्पताल लगिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
सशस्त्र प्रहरी बलको अस्पताल पुर्याउँदा महर्जनको मृत्यु भएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार महर्जनलाई ठक्कर दिने गाडीको भने पहिचान हुन सकेको छैन भने गाडीको खोजी गरिरहेको छ ।
मकवानपुर । देशको राजधानी काठमाडौ जोड्ने देशकै जेठो मार्ग त्रिभुवन राजपथ शुक्रबार र शनिबार दिनको ४ घण्टा बन्द रहने भएको छ।
राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी-९ लामीडाँडादेखि थाहानगरको सिमभञ्ज्याङसम्मको सडकखण्डमा १३ र १४ असार दुई दिन दिउँसो १२ बजेदेखी ४ बजेसम्म सवारी आवागमन बन्द हुने भएको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै सडक मर्मत तथा खतरनाक भूस्खलन क्षेत्रको सुधार कार्यकालागि सो सडकखण्डमा अस्थायी रूपमा सवारीसाधन आवागमन संचालनमा रोक लगाइएको जनाइएको छ।
सडकखण्डको राँगी भञ्ज्याङ मोडमा अविरल वर्षाले सडक भत्किएको र ह्युमपाइप विछ्याउने कार्यका लागि दुई दिन दिनको ४ घण्टा बन्द गरिने प्रशासन कार्यालयबाट प्रकाशित सूचनामा उल्लेख छ।

चितवन । सामन्यतः हामी जन्मदिन मनाउँदा चकलेट बाढ्छौं वा साथीभाइ इष्टमित्र जमघट गराएर केक काट्ने गर्छौं वा अन्य केही रमाइलाे गर्न मन मराउँछन् । तर चितवनका एक जना शिक्षकले जन्मदिन आफू कार्यरत विद्यालयका सबै विद्यार्थीलाई ‘मुना’ उपहार दिएर मनाएकी छिन् ।
चितवनकाे भरपुरतस्थित भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयमा प्राथमिक तहमा अध्यापनरत शिक्षक सरस्वती पौडेलले जन्मदिनको अवसरमा आफ्नो विद्यालयका सबै विद्यार्थीलाई ‘मुना’ बालपत्रिका उपहार दिएकी हुन् । विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत सबै ३५० विद्यार्थीलाई ‘मुना’ शिक्षक पौडेलले उपहार दिइन् ।
विद्यार्थीलाई मुना उपलब्ध गराएर उनीहरूलाई सिर्जनात्मक यात्रामा डोहोर्याउन पहल गरिएको उनले बताइन् । प्रधानाध्यापक राजेन्द्रप्रसाद चालिसेले शिक्षिका पौडेलले विद्यार्थीलाई मुना उपलब्ध गराएर पढ्न संस्कृतिलाई अगाडी बढाउन मद्दत गरेकाे बताए । ‘पौडेलकाे उक्त कार्य अनुकरणीय छ’ उनले भने । मुनालगायतका पुस्तक तथा पत्रिका पढ्ने बानीकाे विकासले विद्यार्थीलाई अतिरिक्त सिकाइ हुने भएकाेले अगाडि बढ्न सजिलो हुने उनले जानकारी दिए ।
साहित्यमा एक दशकदेखि क्रियाशील पौडेल गजल मञ्च चितवनकी कोषाध्यक्ष हुन् । उनकाे पहिलो साहित्यिक कृति ‘प्रत्यूष’ गजल संग्रह हालै प्रकाशित भएकाे छ । उक्त कृतिकाे लोकार्पण असार १४ गते चितवनमा हुने बताइएकाे छ । मुना उपहार दिने कार्यक्रम चितवनका स्रस्टा उदय अधिकारी र लेखराम सापकोटा समेत उपस्थित थिए ।
मकवानपुर । राष्ट्रिय कविता महोत्सव–२०८२ मा उत्कृष्ट दश कविता छानिएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८ औँ वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौँमा आयोजित कविता महोत्सवमा मकवानपुरका दुई जना कविसहित १० जना कविका कविता पुरस्कारका लागि छनोट भएकाे हाे ।
मूल्याङ्कन समितिबाट सिफारिस भएका मध्ये महोत्सवमा उत्कृष्ट १० जना कविका कविता पुरस्कारका लागि छनोट भएका प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले जानकारी दिए ।
प्रज्ञा प्रतिष्ठानले जारी गरेको सूचीअनुसार मकवानपुरका किशन पौडेलकाे ‘पृथ्वीको क्रन्दन’ तथा मिरमा (रमा सुवेदी) को ‘अचेल हरेक रात पहाड रुन्छ’ उत्कृष्ट १० मा छनोट भएकाे छ । यसैगरी चितवनको सिर्जन अविरलको ‘जीवनको महक’ नवलपरासीको चन्द्रमणि चापागाईंको ‘औजार’, सिरहाका अविनाश भट्टराईको ‘छुटी जानेहरूका नाममा’ छनोटमा परेकाे छ ।
यस्तै मोरङका कर्ण सञ्जयको ‘पिताजी अहाँ के छलौ’ (मैथिली भार्षा), लमजुङकी गोमा श्रेष्ठको ‘भालेको मौन विद्रोह’ ‘रुकुम पश्चिकी तुलसी केसीको ‘तिम्रो गाउँको शून्यता’, सुनसरीका शामुएल कोइरालाको ‘नेपाल मेरो घर’, ललितपुरकी सन्ध्या महर्जनको ‘हिउँ सः ले तनाच्वगुं मौन म्हगस’ (नेपाल भाषा) शीर्षकको कविता पनि उत्कृष्ट १० मा छानिएका हुन् ।
तोकिएको अवधिमा झन्डै ७०० कविता प्रतियोगितामा आएकोमा करिब सय कविता योग्यतामा परेनन् । बाँकी ५९० कविताबाट २५ जनालाई सोमाबार प्रज्ञामा कविता वाचनका लागि बोलाइएको थियो ।
वाचनका लागि प्रत्यक्ष उपस्थित हुन नसक्ने कविहरूको लागि आइतबार इमेलमार्फत कविता वाचनको भिडियो रेकर्डको व्यवस्था गरिएको थियो । पुरस्कृत सबैलाई ४० हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरिने छ ।
राष्ट्रिय कविता महोत्सव पुरस्कार(वि.सं.२०२२ देखि वि.सं.२०८२ सम्म)वि.सं. २०२२१. श्री भैरव अर्याल प्रथम२. सुश्री बानीरा गिरी द्वितीय३. श्री गोविन्द भट्ट तृतीय४. श्री रत्नदेव शर्मा तृतीय५. श्री श्यामदास वैष्णव तृतीय
वि.सं. २०२३१. श्री कुलमणि देवकोटा प्रथम२. श्री मेघराज मञ्जुल द्वितीय३. श्री कन्चन पुडासैनी तृतीय४. श्री पुरु रिसाल तृतीय५. श्री रामबहादुर राई (मलेशिया) तृतीयवि.सं. २०२४१. श्री कृष्णप्रसाद ज्ञवाली प्रथम२. श्री कन्चन पुडासैनी द्वितीय३. श्री देव त्रिपाठी तृतीय४. श्री रमेश श्रेष्ठ तृतीय५. श्री शैलेन्द्र साकार तृतीयवि.सं. २०२५१. श्री पूर्णप्रसाद ब्राह्मण प्रथम२. श्री देव त्रिपाठी द्वितीय३. श्री कालीप्रसाद रिजाल तृतीय४. श्री कृष्णप्रसाद पराजुली तृतीय५. श्री प्रेम शेर्पा विरोकी तृतीयवि.सं. २०२६१. श्री शरद्कुमार भट्टराई प्रथम२. श्री कालीप्रसाद रिजाल द्वितीय३. श्री क्षेत्रप्रताप अधिकारी तृतीय४. श्रीमती यू. श्रेष्ठ तृतीय५. श्री भैरवनाथ रिमाल तृतीयवि.सं. २०२७१. श्री हरि अधिकारी प्रथम२. श्री मुकुन्दशमशेर राणा द्वितीय३. श्री खेमराज केशवशरण तृतीय४. श्री दुर्गाप्रसाद मजगैयाँ तृतीय५. श्री हिरण्य भोजपुरे तृतीयवि.सं. २०२८१. श्री गणेश “रसिक” प्रथम२. श्री ध्रुब सापकोटा द्वितीय३. श्री कृष्णबहादुर महर्जन तृतीय४. श्री दैवज्ञराज न्यौपाने तृतीय५. श्री हरिहर शास्त्री तृतीयवि.सं. २०२९१. श्री श्रीविक्रम राणा प्रथम२. श्री शयली द्वितीय३. श्री सावित्री श्रेष्ठ तृतीय४. श्री भीम उदास तृतीय५. श्री दुर्गाप्रसाद राई तृतीयवि.सं. २०३०१. श्री रामचन्द्र भट्टराई प्रथम२. श्री गणेश विषम द्वितीय३. श्री केदार न्यौपाने तृतीय४. श्री नरेन्द्रराज पौडेल तृतीय५. श्री लक्ष्मी नारायण न्यौपाने तृतीयवि.सं. २०३११. श्री घटराज भट्टराई प्रथम२. श्री लक्ष्मीकान्त पन्थी द्वितीय३. श्री कृष्णप्रसाद पराजुली तृतीय४. श्री देवीप्रसाद वनवासी तृतीय५. श्री भरतराज पन्त तृतीयवि.सं. २०३२१. श्री त्रिविक्रम पौडेल प्रथम२. श्री विश्वविमोहन श्रेष्ठ द्वितीय३. श्री सरला विष्ट तृतीय४. श्री दैवज्ञराज न्यौपाने तृतीय५. श्री बद्रीचन्द्र खनाल तृतीयवि.सं. २०३३१. श्री कालीप्रसाद रिजाल प्रथम२. श्री कुलमणि देवकोटा द्वितीय३. श्री केदार न्यौपाने तृतीय४. श्री राजेन्द्र थापा तृतीय५. श्री शिव अधिकारी तृतीयवि.सं. २०३४१. श्री नरेन्द्रराज पौडेल प्रथम२. श्री हरिप्रसाद रिमाल द्वितीय३. श्री कृष्णप्रसाद पराजुली तृतीय४. श्री महेश्वर न्यौपाने तृतीय५. श्री हरिहर शास्त्री तृतीयवि.सं. २०३५१. श्री मुकुन्दशरण उपाध्याय प्रथम२. श्री यज्ञनिधि दाहाल द्वितीय३. श्री सरला विष्ट तृतीय४. श्री भक्त श्रेष्ठ तृतीय५. सुश्री शशिकला तिवारी तृतीयवि.सं. २०३६१. श्री राजेन्द्र थापा प्रथम२. श्री चम्पकप्रसाद अधिकारी द्वितीय३. श्री पीताम्बर अधिकारी तृतीय४. श्री शङ्कर थपलिया तृतीय५. श्री हेमन्त श्रेष्ठ तृतीयवि.सं. २०३७१. श्री विनोद अश्रुमाली प्रथम२. श्री अशेष मल्ल द्वितीय३. श्री केदार न्यौपाने तृतीय४. श्री भानुभक्त पोखरेल तृतीय५. श्री हेमचन्द्र नेपाल तृतीयवि.सं. २०३८१. श्री कृष्ण ज्ञावाली प्रथम२. श्री दिनेश अधिकारी द्वितीय३. श्री अभिनव पराजुली तृतीय४. श्री यज्ञनिधि दाहाल तृतीय५. श्री शारदाकुमारी विन्दु तृतीयवि.सं. २०३९१. श्री शारदाकुमारी विन्दु प्रथम२. श्री भानुभक्त पोखरेल द्वितीय३. श्री नवराज कार्की तृतीय४. श्री बिनोद गौचन तृतीय५. श्री मोहनप्रसाद वन्जाडे तृतीयवि.सं. २०४०१. श्री दिनेश अधिकारी प्रथम२. श्री हेमन्त श्रेष्ठ द्वितीय३. श्री कृष्णभूषण वल तृतीय४. श्री चेतबहादुर कुंवर तृतीय५. श्री विजय वजिमय तृतीयवि.सं. २०४११. श्री हेमन्त श्रेष्ठ प्रथम२. श्री कृष्णभूषण वल द्वितीय३. श्री बी.पी. गोर्खाली तृतीय४. श्री महेश्वर न्यौपाने तृतीय५. श्री राधेश्याम भट्टराई तृतीयवि.सं. २०४२१. श्री सरुभक्त श्रेष्ठ प्रथम२. श्री केदारनाथ शर्मा द्वितीय३. श्री केदार न्यौपाने तृतीय४. श्री गणेश विषम तृतीय५. श्री विजय वजिमय तृतीयवि.सं. २०४३१. श्री पेशलकुमार पोखरेल प्रथम२. सुश्री गोमा खतिवडा द्वितीय३. श्री गोविन्दबहादुर कुंवर तृतीय४. श्री बूंद राना तृतीय५. श्री लक्ष्मीकान्त “पन्थी” तृतीयवि.सं. २०४४१. श्री रामबाबु सुवेदी प्रथम२. श्री डमरुबल्लभ पौड्याल द्वितीय३. श्री कृष्णप्रसाद भट्टराई तृतीय४. श्री दुवसु क्षेत्री तृतीय५. श्री विनोद गौचन तृतीयवि.सं. २०४५१. श्री दुवसु क्षेत्री प्रथम२. श्री जीवनाथ धमला द्वितीय३. श्रीमती उषा शेरचन तृतीय४. श्री मोहन बन्जाडे तृतीय५. श्री लालगोपाल सुवेदी तृतीयवि.सं. २०४६१. श्री टीकाराम शर्मा पौडेल प्रथम२. श्री खडानन्द ढकाल द्वितीय३. श्री केदार न्यौपाने तृतीय४. श्रीमती लक्ष्मी ढकाल तृतीय५. श्री होमनाथ सापकोटा तृतीयवि.सं. २०४७ सालमा विशेष काणवस कविता महोत्सव नभएको ।वि.सं. २०४८१. श्री उदय निरौला प्रथम२. श्री श्रवण मुकारुङ द्वितीय३. श्री बुद्धिबल श्रेष्ठ तृतीय४. श्री मधुसूदन कार्की तृतीय५. श्री हेमचन्द्र नेपाल तृतीयवि.सं. २०४९१. श्री कृष्ण प्रधान प्रथम२. सुश्री शशिकला तिवारी द्वितीय३. श्री खुमनारायण पौड्याल तृतीय४. श्री प्रह्लाद पोखरेल तृतीय५. श्री वर्तमान तृतीयवि.सं. २०५०१. श्री भीष्म उप्रेती प्रथम२. श्री भूपाल राई द्वितीय३. श्री बाह्रमासे तृतीय४. श्री मधुकुमार मरासिनी तृतीय५. श्री विमला गौतम तृतीयवि.सं. २०५११. श्री रमेश क्षितिज प्रथम२. श्री मधुसूदन गिरी द्वितीय३. श्री कला राई तृतीय४. श्री विवश पोखरेल तृतीय५. श्री हेमचन्द्र नेपाल तृतीयवि.सं. २०५२१. श्री विमल भौकाजी प्रथम२. श्री शिव प्रणत रेग्मी द्वितीय३. श्री अरुणा वैद्य तृतीय४. श्री युवराज गौतम तृतीय५. श्री ऋषि वस्ताकोटी तृतीयवि.सं. २०५३१. श्री श्रवण मुकारुङ प्रथम (प्रकाशित कविता भएकोले पुरस्कार नदिएको )२. श्री गोकुल अधिकारी द्वितीय३. श्री ऋषिराम अर्याल तृतीय४. श्री पशुपति सालघारी तृतीय५. श्री हिमालक्ष्मी थापा तृतीयवि.सं. २०५४१. श्री रोशन थापा (नीरव) प्रथम२. श्री आर.आर. चौलागाई द्वितीय३. सुश्री नम्रता गुरागाई तृतीय४. श्री भीम राना जिज्ञासु तृतीय५. श्रीमती सुस्मिता नेपाल तृतीयवि.सं. २०५५१. श्री प्रमोद स्नेही प्रथम२. श्री खड्गसेन ओली द्वितीय३. श्री पुण्य बराल तृतीय४. श्री मोमिला श्रेष्ठ तृतीय५. श्री लालगोपाल सुवेदी तृतीयवि.सं. २०५६१. श्री लालगोपाल सुवेदी प्रथम२. श्री राम अविराम द्वितीय३. श्री दीपक लोहनी तृतीय४. श्री पुण्य बराल तृतीय५. श्री सरिता थापा तृतीयवि.सं. २०५७१. श्री कृसु क्षेत्री प्रथम२. श्री गोवर्धन पूजा द्वितीय३. श्री आर. एम. डङ्गोल तृतीय४. श्री नीलम कार्की तृतीय५. श्री हरि पोखरेल तृतीयवि.सं. २०५८१. श्री रमेश पौडेल प्रथम२. श्री हेमराज अधिकारी द्वितीय३. श्री ठाकुर वेलवासे तृतीय४. श्री शान्ति सुवेदी तृतीय५. श्री हरिशरण थापा तृतीयवि.सं. २०५९१. श्री नवराज लम्साल प्रथम२. श्री राधाकृष्ण भट्टराई द्वितीय३. श्री टंक भट्टराई तृतीय४. श्री प्रतिभा बोहरा तृतीय५. श्री शैलेन्द्र सिंखडा तृतीयवि.सं. २०६०१. श्री बुद्धिसागर चपाई प्रथम२. श्री सोमनाथ सुवेदी द्वितीय३. श्री दिनेश सागर तृतीय४. श्री माया मितु न्यौपाने तृतीय५. श्री स्वागत नेपाल तृतीयवि.सं. २०६११. श्री दुर्गा शर्मा प्रथम२. श्री विश्वप्रकाश पौडेल द्वितीय३. श्री वसन्त ढकाल तृतीय४. श्री विष्णु ज्ञवाली तृतीय५. श्री सुरेश हाचेकाली तृतीयवि.सं. २०६२१. श्री मनोज न्यौपाने प्रथम२. श्रीे भरत भारद्वाज द्वितीय३. श्री नारायण निरासी तृतीय४. श्री राधाकृष्ण भट्टराई तृतीय५. श्री विभूति शर्मा तृतीयवि.सं. २०६३ देखि वि.सं. २०६६ सालसम्म प्राज्ञपरिषद गठन हुन नसकेकोले कविता महोत्सव आयोजना नभएकोवि.सं. २०६७ (५३ औँ वार्षिकोत्सव)१. श्री लीला अनमोल प्रथम२. श्रीे तुलसा पाठक द्वितीय३. श्री भरतकुमार साउद तृतीय४. श्री भोला धरातल तृतीय५. श्री सिन्धु गौतम तृतीयवि.सं. २०६८ (५४ औँ वार्षिकोत्सव)१. श्री रीता खत्री प्रथम२. श्री हेम प्रभास द्वितीय३. श्री बलिराज खम्बू तृतीय४. श्री बाबु त्रिपाठी तृतीय५. श्री राबत तृतीयवि.सं. २०६९ (५५ औँ वार्षिकोत्सव)१. श्री ठाकुर वेलबासे प्रथम२. श्री जगत नवोदित द्वितीय३. श्री अर्जुनकुमार ढकाल तृतीय४. श्री कमला रिसाल ‘ज्योति’ तृतीय५. श्री ताराकुमार सुवेदी तृतीयवि.सं. २०७० (५६ औँ वार्षिकोत्सव)१. श्री चक्रकुमार सुवेदी प्रथम२. श्री बाबु त्रिपाठी द्वितीय३. श्री रमा अधिकारी ‘कादम्बरी’ तृतीय४. श्री दुशला अधिकारी तृतीय५. श्री शिवराम सापकोटा तृतीयवि.सं. २०७१ (५७ औँ वार्षिकोत्सव)१. श्री एकल यात्री प्रथम२. श्री चेतनाथ धमला द्वितीय३. श्री शशी थापा पण्डित तृतीय४. श्री हरिशरण परियार तृतीय५. श्री नारायण प्रसाद पोखरेल तृतीयवि.सं. २०७२ (५८औँ वार्षिकोत्सव)१. श्री प्रोल्लास सिन्धुलीय प्रथम२. श्री सरस्वती दुमी राई द्वितीय३. श्री सोझो गाउँले तृतीय४. श्री राजु स्याङ्तान तृतीय५. श्री सुदेश सत्याल तृतीयवि.सं. २०७३ (५९औँ वार्षिकोत्सव)१.श्री मणिराज सिंहप्रथम२. श्री श्री पुरु लम्साल द्वितीय३. श्री असीम सागर तृतीय४. श्री त्रिलोचन आचार्य तृतीय५. श्री मञ्जुश्री गिरी तृतीयवि.सं. २०७४ (६०औँ वार्षिकोत्सव)१. श्री चन्द्र रानाहँछा प्रथम२. श्री सुवास राई ‘क्याप्टेन’ द्वितीय३. श्री दीपेन्द्र उपाध्याय तृतीय४. श्री उर्मिला कोइराला तृतीय५. श्री अमृता स्मृति तृतीयवि.सं. २०७५ (६१औँ वार्षिकोत्सव)१. श्री फूलमान वल प्रथम२. श्री सुनिता खनाल द्वितीय३. श्री जीवन खत्री तृतीय४. श्री एलिना दुलाल तृतीय५. श्री मेनुका चापागाईं तृतीयवि.संं. २०७६ (६२ औँ वार्षिकोत्सव)१. श्री हेम प्रभास (धादिङ) प्रथम२. सुभाषचन्द्र भण्डारी (डोटी) द्वितीय३. प्रज्वल अधिकारी (लमजुङ) तृतीय४. शान्ति शर्मा (सोलुखुम्बु) तृतीय५. प्रकाश बस्नेत गफाडी (काठमाडौँ) तृतीयवि.सं. २०७७ (६३ औँ वार्षिकोत्सव)१. भैरवी भूगोल, नुवाकोट (प्रथम)२. प्रज्वल अधिकारी, लमजुङ (द्वितीय)३. गणेशप्रसाद खतिवडा, सोलुखुम्बु (तृतीय)४. देवकी अभिलाषी, दोलखा (तृतीय)५. रेजिना आपगाईं, तेह्रथुम (तृतीय)वि.सं. २०७८ (६४ औँ वाषिकोत्सव)१. कविता राई, भोजपुर (प्रथम)२. अमृता स्मृति, धादिङ (द्वितीय)३. सविता बराल, ताप्लेजुङ (तृतीय)४. निरञ्जनाकुमारी चन्द, वर्दिया (तृतीय)४. प्रकाश सिलवाल, नुवाकोट (तृतीय)वि.सं. २०७९ (६५ औँ वार्षिकोत्सव)१. टीका आत्रेय, सुनसरी (प्रथम)२. यात्रीप्रकाश पाण्डे, धादिङ (द्वितीय)३. सीता तुम्खेवा, भक्तपुर (तृतीय)४. किरण सिवा, सुनसरी (तृतीय)५. कमलराज केसी, अछाम (तृतीय)वि.सं. २०८० (६६ औँ वार्षिकोत्सव)१. उमेश पुन, काठमाडौं (नेपाली)२. कृपा करुणा पोखरेल, सुनसरी (नेपाली)३. खिमानन्द जोशी, दार्चुला (डोटेली)४. जीवन आरोही, उदयपुर (नेपाली)५. टङ्कबहादुर झाँक्री मगर(समीप वैरागी), रोल्पा (खाम मगर)६. तीर्थराज विश्वकर्मा , सुनसरी (नेपाली)७. नवीन अभिलाषी, बाँके (नेपाली)८. पूर्णानन्द ओझा, डोटी (डोटेली)९. प्रकाश दिप्साली राई, सुनसरी (नेपाली)१०. राधिका कल्पित, काठमाडौँ (नेपाली)वि.सं. २०८१ (६७ औँ वार्षिकोत्सव)१. अग्र आवाज, बर्दिया (माटोको उडान)२. अनिता न्यौपाने, मकवानपुर (अचेल कहाँ हराइरहेका छन्–बच्चाहरू ?)३. अन्जान प्रदीप, नवलपरासी (फुलको पोस्टमार्टम)४. छविलाल कोपिला, दाङ (पस्नक बास)–थारू भाषा५. दिलिप बुढामगर, रोल्पा (मासन्सिउ छकाल्न्य)–मगर भाषा६. रुमानी कुलुङ, मोरङ (आमाको अनुहार)७. रूपक ‘जमरा’ घलान, सिन्धुली (बगरलाल दुङाल)–तामाङ भाषा८. रेजिना खालिङ, सोलुखुम्बु (अर्दु युम प्योक (खालिङ भाषा)९. शर्मिला दुलाल, ललितपुर (बग्नु एक नियति)१०. सुमन सहयात्री योङहाङ, पाँचथर (बिर्सिजानेहरू)वि. सं. २०८२ (६८ औँ वार्षिकोत्सव)१ अविनाश भट्टराई२ कर्ण संजय३. किशन पौडेल४. गोमा श्रेष्ठ५. चन्द्रमणि चापागाई६. तुलसी केसी७. मिरमा (रमा सुवेदी)८. शमूएल कोइराला विश्वकमां९ . संस्था महर्जन१०. सिर्जन अविरल
स्रोत: सामाजिक सञ्जाल