- गङ्गा कर्माचार्य पौडेल
नेपाल सरकारले विश्वभरी फैलिरहेको कोरोना भाइरसबाट बच्न देशभर एकसाथ लकडाउनको घोषण ग¥यो । लकडाउनका बेलामा कोही नागरिक भोकै नपरुन् भनि स्थानिय निकाय अन्तरगत ओडा कार्यलयलाई राहत वितरणको जिम्मा दिइयो । कर्मचारीले राहत आवश्यक परेका वडाबासीलाई नाम दर्ता गराउन आह्वान गरे ।
दैनिक ज्याला मजदुरीबाट परिवारको भरण पोषण गर्ने निम्न वर्गका नागरिकहरूले कर्मचारी समक्ष आआफ्ने विवरण टिपाए । त्यही हुलमा आएर चतुरीले पनि नाम टिपाई । उसलाई त्यहाँ देखेर केही मान्छेहरूले घुरेर हेरे र मनमनै भने“छ्या त्यो चतुरी कस्तो लोभी रहिछ । लोग्ने सरकारी जागिरे छ । आफु तरकारी पसलबाट मनग्गे आम्दानी गर्छे । गलामा त्यती मोटो सुनको सिक््रmी । हातका औलामा असर्र्फि लाएर पनि केहि नभाको स्वाङ् पार्छे लाज नभाकि”।
चतुरीलाई भने अरुले त्यसरि घुरेर हेरेको पटक्कै मन परेन । उसले तिनीहरूलाई कर्के आँखाले हेरेर नसुन्ने गरि भनि“मैले तिमीहरूसँग मागेकी छु र ? आ…सरकारको त हो नि लिन्छु । पाए सम्म लिन्छु”।
दिउँसो वडाका कर्मचारीले विहान नाम लेखाएजतिलाई लामबद्य गराई कार्यालय कक्षबाटै प्रतिब्यक्ति( ५ किलोचामल,१किलो दाल, एक पाकेट नुन,आधा लिटर खाने तेल,एक धार्नी आलु आधाकिलो प्याज)राखिएको झोला सहितको राहत वितरण गरे । चतुरीले पनि राहत थापेर बाहिर निस्की । उसले आफनो भन्दा अरूको झोला ठूलो देखी । त्यसपछि ए ! बैनी खै खै तिम्रो झोलामा केके रैछ ? भनेर एउटी महिलाको झोला खोतल्न थालि । अरूपनि दुइचारजना झुरुप्पा जम्मा भए । उसलाई घुरेर हेर्नेहरू पनि त्यहींं आए । चतुरीले आफ्नो र त्यो झोलामा भएको सामान उस्तै देखेर ओठ लेप्राई अनि टिमटिम पर्दै बाटो लागि ।
साँझ चतुरीले राहतमा पाएको सामान बाटै भोजन तयार पारी अनि श्रीमान र बच्चा सँगै बसेर खाना खाँदै गर्दा ट्वाक्क जिब्रो पड्काएर भनि “सामान त गतिलै दिएका रहेछन्”। श्रीमानले पनि श्रीमतीको कुरामा सहमती जनाउँदै टाउको हल्लायो ।
खाइपिइ धन्दा सकेर चतुरी ओछ्यामा जानेबेला लुगा फेर्दा गलामा लाको सुनको सिक््रmी नदेखेर खङ्ग्रङ्गै भई । त्यसपछि ए ! कुमारका बा लौन मेरो तीन तोलाको सिक्m्री हरायो । सिक््रmी चोर पक्रनु प¥यो भन्दै चिच्च्याएर रुन,कराउन,थाली ।
“राहत थाप्न गहना लाएर जाने हो त ? अब कस्लाई पक्रिन जानु ? भनेर उल्टै हकारे श्रीमानले ।
दुईजना मान्छे माथि शंका लागेको छ । विहान देखि उनिहरुले मलाई घुरेर हेरिरहेका थिए । मेरो तीन तोलाको सिक्री….हरायो भन्दै डाको छाडेर ह्वाँ… ह्वाँ…रोइरही चतुरी ।
१. विहानको चिसोमा मर्निङ वाक नगरौँ :
हिजो आज विहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ वाकमा सकभर कोही पनि ननिस्किएको राम्रो । अझ मुटुका विरामी त चिसोमा निस्कनै हुँदैन । किनकी चिसोको कारणले मुटुका रक्तनलीहरु खुम्चिन गई रगत प्रवाहमा असर पर्छ । जसले गर्दा हृदयघात हुने सम्भावना हुन्छ ।
२. उच्चरक्तचापलाई निगरानी गरौँ :
उच्चरक्तचापका विरामीहरु चिसो मौसममा थप सर्तक हुनुपर्छ । चिसो मौसममा स्वभावैले रक्तचाप बढ्ने हुनाले हृदयघातको खतरा पनि बढ्छ । तसर्थ यस्ता विरामीहरुले नियमित रुपमा रक्तचाप परीक्षण गरी रक्तचाप नियन्त्रणमा राख्नुपर्छ । यदि रक्तचाप बढेको खण्डमा तत्काल चिकित्सकको परामर्स लिइ औषधिद्धारा नियन्त्रण गर्नुपर्छ ।
३. कोलेष्ट्रेरोल नियन्त्रण गरौँ :
उच्च कोलेष्ट्रेरोल पनि हृदयघात गराउने प्रमुख कारक हो । जाडोको बेलामा रगतमा कोलेस्ट्रेरोलको मात्रा बढी देखिने हुँनाले यसलाई घटाउने वा नियन्त्रणको आवश्यकता अनिवार्य छ । त्यसका लागि फाइबरयुक्त खानाको साथै शारीरिक व्यायममा ध्यान दिनुपर्छ ।
४. सुगर नियन्त्रणमै राखौँ :
मुटुरोग र सुगरबीच अन्योन्यास्रित सम्वन्ध हुन्छ । मुटुरोगीलाई जस्तै सुगरका बिरामीलाई पनि हृदयघातको सम्भावना उत्तिकै हुन्छ । गर्मीमा भन्दा जाडो मौसममा धेरै खान रुची हुने र कसैकसैले यसैको फाइदा उठाउदै अनियन्त्रित रुपमा भोजन गर्ने प्रचलनले सुगरको मात्रा ह्वात्तै बढ्छ । यसको असर मुटुमै गई ठोक्किन्छ । त्यसैले मुटुरोगीहरु सुगरको पनि परीक्षण गरि राख्नुपर्छ ।
५ . चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग त्यागौँ :
कतिपयले जाडो छल्ने बहानामा चिसो मौसममा झनै बढी चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइन्छ । तर त्यो सर्बथा गलत हो । किनकी त्यसै खुम्चिएको रक्तनलीहरुलाई यसको सेवनले थप साँघुरो बनाउछ जसले गर्दा हृदयघातको सम्भावना बढी हुन्छ । त्यसैले मुटुरोगबाट बच्नका लागि सकेसम्म कहिल्यै चुरोट तथा सूर्तीजन्य पदार्थको प्रयोग नगरेको राम्रो ।
६. मदिराको सेवनमा नियन्त्रण आवश्यक :
कतिपयले जाडो मौसममा शरीर तताउन भन्दै अत्यधिक मदिराको सेवन गर्ने गरेको पाइन्छ । त्यो पनि स्वास्थ्यका लागि हानिकारक छ । अत्यधिक मदिराले कोलेष्ट्रेरोल बढ्न जान्छ । अझ अधिकांशले मदिरासंगै अत्यधिक मासु तथा चिल्लो पदार्थको सेवन गर्ने गर्दछन यसले थप असर पार्दछ ।
७. औषधि बन्द नगर्नुस :
कतिपयले प्रेसर र सुगरका औषधिहरु अनियमित रुपमा लिने गरेको पाइन्छ । तर यस्तो गर्नु आफैलाई खतरामा धकेल्नु हो । मुटु, सुगर तथा दमका विरामीका लागि जाडोको समय प्रतिकुल नै हुने भएकोले यस्तो बेलामा औषधिहरुको नियमीत सेवन गरौँ ।
मकवानपुर । शनिबारबाट तीन दिनसम्म बैंकहरु बन्द भएका छन्। तिहारको बिदा अवधि भएकाले आज, भोलि र पर्सी सबै बैंकहरू बन्द भएको नेपाल बैंकर्स संघले जनाएको छ। गएको वर्षको दशैँ तथा तिहारको बिदामासमेत बैंकले सीमित काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका थिए। तर, यस वर्ष कोरोना महामारीले गर्दा बैंक तथा वित्तीय संस्थाले सेवा बन्द गरेका हुन्।
सीमित शाखा खोलेर बैंकिङ्ग सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले बन्द गर्ने निर्णय भएको नेपाल बैंकर्स संघले जनाएको छ। सबै बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ्ग र एटीएम सेवाहरु भने सञ्चालन भइरहने संघले जनाएको छ।
- विमल लामिछाने
बन्दुकको दोहोरी चलेको बेला, त्रासले गाउँ रोइरहेको थियो । त्यहीबेला सूचना खोजेर सूचना दिने जोखिम मोलीरहेका थिए विवश । अदृश्य र असंख्य धम्की सहेर आत्मियतापनि विरानो महसुस गर्दै कर्फ्यु र निषेधको घेरामा बन्दुकको दोहोरीभित्र सूचना खोज्नु उनको रहर होइन, बाद्यता भित्रको जिम्मेवारी थियो । कतै छरपष्टिएका रगतका छिर्कासँगै र कतै रगतमै पौडिरहेका अर्धमूर्छित मान्छेहरुको बेदनाभित्र सूचनाका टुक्रा बटुल्नु विवशकालागि चानचुने जोखिम थिएन ।
गाउँ, बस्ती, गोठ, याक्सी र गरीब झुपडीहरुमा मजदुर, ज्यामी र खेतालाहरुसँग विवश भएर सूचनाको सहायता माग्दै थिए विवश । विवश सँधैजसो साँझ त्यही समयमा झुपडीमा बज्ने रेडियोमा आउँथे र सुनाउँथे बुट र बन्दुकले गाउँको शासन चलाएका समाचार । जवान छोराको वियोगमा आमाले दुधे बालक काखीमा च्यापेर तप तप आँशु झारेर तड्पिएका समाचार । गैरी खेत जोत्न गएका बाबू हलगोरु बुझाएर जीउभरी निलाडाम बोकेर भक्कानिदै घर फर्किएका समाचार । स्कुल गएकी छोरीको कलिलो जवानी करक्क निमोठिएको र खुनी नङ्ग्रा गाडेर छ्त विछ्त बनाएका समाचार । अनि मुख्य समाचारमै सुनाउँथे गहभरी नुनीलो आँशु बोकेर सुनसान मलामीको लर्को छुटेको समाचार ।
आज उनको मुख्य समाचार बनेको छ – हिमाली गाउँमा ‘कमरेडको भाटे कारवाही’ । विहानको ३ वजेको थियो । हिमाली गाउँका मान्छे फाट्ट पुट्ट उठन थालेका थिए । प्रायः यो गाउँमा विहान सबेरै मान्छेहरु उठ्छन् । प्रतेक घरका अगेनामा प्रायजसो आगो ननिभोस् भनेर कट्टुस र भोगटेका ठूला गाँडे मुडाहरु जोतिएकै हुन्छन् । विहानीपख सबेरै कोही बस्तुभाउको सुसारो गर्न थाल्छन् भने कोही पुरुषहरु दाम्ला, डाला र डोका बुन्ने गर्छन् ।
महिलाहरु गुन्द्री, पीरा र खोष्टाका डालीहरुपनि बुन्छन् । नुन हालेको हाते चियापत्तीको स्वादसँगै डाला–डोका, गुन्द्री–पीरा गर्नु हिमाली गाउँका मान्छेहरुको विशेषता र पहिचान नै हो । यो समय भने मान्छेलाई मकै थन्क्याउनको चटारो छ । मान्छेहरु मकै खोसलेर झुत्ता बनाउने र थाङ्ग्रा राख्ने काममा ब्यस्त थिए । विहानको रिमरिम उज्यालोमात्रै भएको थियो । मसिने काका गोठ जाँदै थिए । बाटामा एक हुल मान्छे एकै नासले ओरालो झर्दै गरेको देखे । एउटै कलरको लुगा (कम्ब्याक ड्रेस), धेरैजसोले राइफल भिरेका र विच विचमा केही लट्ठीमात्रै टेकेका तर सबैले एकैनासको रातो फेटापनि बाँधेका ।
सबैको हिँडाइ एकनासकै थियो । एकपछि अर्को गर्दै निश्चित दुरी कायम राखेर मारुनी नाचको ताल या फौजी परेड झै हेरिरहनु जस्तै थिए उनका पाइलाका एकनासे चालहरु । मसिने काका बाटो छोडिदिएर डिलमाथि चढे र ठिंग उभिएर हेरिरहे । मसिने काकाको मनमा कौतुहलता छायो, कहाँ जाने भनेर सोधौ सोधौ पनि लाग्यो । सोध्न आँ.. मुख गरे तर आवाज निकाल्न आँट गरेनन्, टोली पारी खोला तरुन्जेली हेरिरहे । मसिने काका मनमा कुरा खेलाउँदै हतार हतार गरेर घर गए अनि आँखाभरीको उनको ताजा मेमरी रिट्ठो नविराई श्रीमतिलाई खन्याइदिएपछि उनको मन हल्का भएको छ ।
श्रीमतीले भने यो विषय बुझिसकेकी रहिछन् उनीहरु भूमिगत लालसेना हुन् भनेर पहिलेदेखिनै थाहा रहेछ । उनीपनि सामान्य सम्पर्कमानै रहिछन्, गाउँमा कमरेडहरुले भूमिगत संगठनहरु बनाइसकेका रहेछन्, मसिनेकि श्रीमतिपनि संगठित रहिछन् तर मसिनेलाई के थाहा ? यस्तो कुरा अरुलाई सुनाउनु हुँदैन नि, सुराकी भइन्छ, उनले मसिने काकालाई सम्झाइन् । श्रीमतिका मुखबाट निस्केको सुराकी सब्दले मसिने काका थरर भए, सुराकी शब्दले यसअघि भएका र समाचारमा सुनेका घटनाहरुको खात लाग्यो उनलाई । अभै अन्योलको भूँमरीमा परे, तर बोलेनन् मुन्टो मात्रै हल्लाइरहे । कमरेड, श्रीमतिका अगाडी उनका जोरबाहू गलिसकेका रहेछन् ।
विहानको झुल्केघामसँगै गाउँभरी उर्दी भयो । आज राता कमरेडहरुले समाजका फटाहा, भ्रष्टाचारी, ड्रगिस, साँधसीमा मिचाहा र अनैतिक सम्बन्ध राख्नेहरु (जो उनीहरुको हिटलिष्टमा परेका छन्) लाई भाटे कार्वाही गर्दैछन् रे । अर्थात ‘कमरेडको भाटे’ कार्वाही चल्दैछ रे । सबैलाई हिमाली डाँडाको चौरमा बोलाइएको छ । नजानेलाई थप कार्वाही हुन्छ भनेपछि गाउँभरबाट तोकिएकै समयमा मान्छेहरु हिमालीडाँडा चौरीमा भेला भए ।
राता बर्दीधारीहरुले चारैकिल्ला कब्जा जमाए र गाउँलेहरुलाई गोलो घेरा बनाएर फराकिलो एरीया कभर गरेर राखे । विचमा उनीहरुको हिटलिष्टका दोषी भनिएकाहरु चार जना एकै लाइनमा घुँडा टेकाइएका थिए । उनीहरुको शरिरबाट लाज छोप्ने कट्टु बाहेक सबै खोलिएको थियो । एउटी महिला भने मुखमा कालो पट्टी बाँधेर छेउमा ठिङ्ग उभिएकी थिइन् । उनी साँस्कृतिक विचलन (अनैतिक सम्बन्ध) मा परेकी रे । चारैजनाका अगाडी टोकरीमा नम्बर टाँसिएका करिब दुईफुट लामा काँचा वनबाँसका भाटाहरु छुट्टा छुट्टै राखिएको रहेछ ।
यतिकैमा सैन्य बर्दीधारी रातो फेटा बाँधेकामध्ये एकजना कमरेड दुई कदम अगाडी बढे र तेजिलो र उच्च स्वरमा भाषण छाँट्न थाले, मानौ हाँडीमा मकै पड्किए झै पिटिटि बोल्दारहेछन् उनी चारै कुनामा आँखा डुलाउँथे । छोटै समयमा उनको सम्बोधन भने सकियो । सम्बोधनको क्रममा उनले गाउँका जुवाडे जँडीया, फटाहा, भ्रष्टाचारी, ड्रगिस, साँधसीमा मिचाहा र अनैतिक सम्बन्ध राख्नेहरुलाई गाउँलेको समर्थन पाए कार्वाही शुरु गर्ने बताए ।
उनको भाषणमा गाउँले महिलाहरुको ठूलो समुहले समर्थन जनाएर परररर तालीपनि पड्काए । खासखुस सुनिन्थ्यो उनीहरुलाई गाउँकै पिडीत महिलाहरुले उजुरी गरेका रहेछन् । विवशको क्यामराको लेन्समा त्यो महिलाहरुको ठूलो समुहलाई मसिने काकाकी श्रीमति कमरेड भाउजुले कमाण्ड गरिरहेकी थिइन् । कमरेड भाउजुकै इसारामा चल्दोरहेछ हिमाली गाउँको महिला समूह । तालीको समर्थनपछि कमरेडले भने अब, शुरुहुन्छ भाटे कार्वाही । फेरि ताली बज्यो ।
“चार अभियुक्त भनिएका मध्ये दायाँबाट सबैभन्दा पहिलोलाई टोकरीबाट नम्बरवाला भाटो तान्न लगाइयो, उनले ताने भाटो नं नौ, कमरेडले सबैलाई नम्बरवाला भाटो देखाए अनि शुरु गरे काउण्ड डाउन, …..तर नौ पुग्न पाएन, चार पुग्दै भाटो टुक्रा टुक्रा भयो । फेरि तान्न लगाए, यो पटक भाटो नं ३ तानेछन्, तीन पूराहुँदा उनको डडेल्नाको बोक्रा पक्लक पक्लक उप्किएर भाटासँगै मासुका चोक्टाहरु च्यापिएर टुक्रिदै र छरपष्टिँदै थिए, छियाछिया भएको थियो, मानौ कसाहीको अचानोबाट छिलिएको रगतसरीको मासुका टुक्रा उछिटिए झै र कतै गोरोको छाला जस्तै । बल्ल पहिलो कार्वाही पूरा भयो ।
यावत क्रमले दोस्रो हुँदै तेस्रोसम्म आइपुग्दा विवशको हातले क्यामराको लेन्स र रेकडर थाम्नै सकेन । भनन रिँगटा लागेझै भयो, थरर हात कामे, रेकड अफ । तीनवर्षसम्म विवश वर्षमा एकपटक लगातार हिमाली गाउँ गएर रिपोर्ट गर्ने गर्थे । त्यो गाउँमा साँस्कृतिक विचलन कहिल्लै आएन । न कोही मातेका मान्छे भेटिन्थे, न जुवाडे झगडीया र साँध सीमानाका विवादहरु नै । विद्यालयपनि समयभर लाग्थ्यो । गाउँ एकाएक सुध्रिएको आभास भएको थियो ।
कसैले कसैको चियो चर्चोसमेत गरेन । सबैको मिलेमतोमा गाउँका धेरै विकासपनि भएका थिए । गाउँ गाउँमा बाटाहरु पनि खनिए । धारा, कुला र पुलपुलेसा पनि बनिए रातारात । बजेटकालागि कसैको मुख पनि ताक्नु पर्दैनथियो । श्रमदानमै सबै उत्साहित देखिन्थे । तेस्रो पटक विवशले लालसेनाको नमूना गाउँ भनेर रिपोट पनि बजाए । बहुत प्रशंसनीय थियो हिमाली गाउँ ।
छ वर्षपछि
मुलुकमा पुरानो संरचना भत्किएर नयाँको अभ्यास भइरहेकाबेला धेरैतिर गाउँ र बस्तीहरु विकासबाट विमुख भएका समाचार आए । यो बेला विवशलाई त्यही गाउँको सम्झना आयो । अहा, हिमाली गाउँ कस्तो बन्यो होला अहिले ? विवश उत्साहकासाथ हिमाली गाउँको रिपोर्ट गर्न चौथो पटक निष्किए । कमरेड भाउजु र मसिने काकाको घर थोत्रिएको रहेछ, अलिपर गोठमा घाम ताप्तै चोया केलाउँदै थिए । विवश सरासर मसिने काकासम्म पुगेर सोधे गाउँका खवर ।
पहिलेको जस्तो छैन बाबू गाउँ विग्रिसकेको छ, गाउँमा धेरै नेता भए, कसैले कसैको कुरा सुन्दैन अब । सबै कमिसनमा लागेका छन् । मसिने काका कुँडिएको मन लिएर बसेका रहेछन् । कमरेड भाउजु शहर पसेपछि मसिने काकापनि एक्लिएका रहेछन् । कमरेड भाउजु समानुपातिक सांसद भएपछि उतै घरजम गरिछन्, र सहरतिरै बस्न थालिछन् । पहिले गाउँलाई सबक सिकाउने उनै राता कमरेडहरुमध्ये केही सहरतिरै अल्मलिए ।
गाउँमा फर्किएकाहरुपनि आजकल समय विताउन दिनभर तास खेलेर बस्छन् र साँझपख मातेर लर्खराउँदै हिड्छन् । आजकल हिमाली गाउँमा नमात्ने र राम्रो बोल्ने कोही भेटिँदैन, विकासको त कुरै नगर्नुहोस् बाबू । गाउँमा फेरि बलात्कारका घटना बढ्न थालेका छन् । छिमेकमा सीमा मिचिन थालेको छ, न्याय निरीह छ । मसिने काकाले सुनाए ।
उ बेलाको भन्दा त्राही छ हिमाली गाउँमा अहिले । यो गाउँका धेरै मान्छेले रगत बगाएका थिए त्यो बेला । गरिबहरुकालागि केही हुन्छ कि भन्ने आशपनि लागेको थियो । मसिने काकाले लामो सास तानेर खुईय गर्दै भने अँ हँ समयसँगै शासक फेरिए तर गाउँको मुहार फेरिएन ।
अलिपर बाटामा सोह्र अठार वर्षका जस्ता देखिने तीन चारओटी केटी सेता तिघ्रा र गर्धनको आधाभाग ट्याटुले भरेका पुरै तिघ्रा देखिनेगरी छोटा छोटा स्कट र पातला टीसर्ट त्योपनि दुईपट्टीको फेर तानेर गाँठो पार्दै मस्किदै गरेका, विचविचमा सोही लेबलका केटाको एक हुल धान गोड्न हिडेको परेली झै कुर्रा हान्दै ओरालो लाग्दैथियो ।
कोही तिनै केटीहरुको टीसर्ट र पररर उडेको केशका कस्र्रा तान्दै खित्का छोड्थे त कोही चिमोट्तै छिर्के लगाएर लडाउन खेज्थे निशंकोच । सहज अनुमान लगाउन सकिन्थ्यो गाउँमा बेरोजगारी अनियन्त्रित युवा उन्माद छचल्किरहेछ । यो समुहभन्दा अलि पर पुरानै लालवर्दीमा एक कमरेड झुल्किए । च्यातिएर जडाउरी भइसकेको, कटकट बोक्रा उप्किन थालेको मैलो लालबर्दी, कम्मरमा खुकुरी भिरेर हातमा बनबाँसको भाटो हल्लाउँदै केही नबोली फटाफट अघि बढ्दै गरेको देखेर विवशले झट्ट सम्झिए उ बेलाको ‘कमरेडको भाटे कार्वाही’, फननन रिल घुमे झै भयो, हात फेरि थर्रथरायो, रेकड अफ ।
मकवानपुर / तिहारमा देउसी खेल्ने परम्परालाई नयाँ शैलीमा ढालेर लोक संस्कृतिको जगेर्ना गर्न कोशिस गदै -यापर चिलको नामले चिनिएका गायक अन्जन ढकाल र गायक गहन खतिवडाले नयाँ गीत सार्वजनिक गरेका छन् । लोक परम्परागत शैलीलाई नयाँ पुस्ताले कम चासो राख्ने गरेको कारण फरक स्वाद (-याप) मा दिइएको गायक खतिवडाले बताए ।
-याप भर्सनमा ह्याप्पी तिहार गीत बुधबार युवट्युव मार्फत सार्वजानिक गरिएको हो । बुधबार गायक अन्जन ढकालको चिल अफिसियल नामक युवट्युव मार्फत सार्वजानिक गरेका हुन् । “संस्कृति बचावटको लागि पुरानो मान्यता र परम्परालाई नयाँ पुस्तामा भिजाउने हाम्रो जमर्को हो” खतिवडाले भने । -यापमा रमाउने वर्तामान युवाहरु र लोक भाकामा रमाउने पुस्ताहरुले एकैसाथ गाउन र रमाउन सक्ने गरी गीत तथा भिडियो बनाइएको उनले बताए ।
गीतमा स्वर भर्नुका साथै अभिनयमा समेत देखिएका खतिवडाले बालबालिका, युवा र वयस्कहरु आपसमा चाडपर्व, कला संस्कृति जोगाउन लागिपर्नु पर्ने बताए । विश्व नै कोरोना भाइरस (कोभिड) को कारण विषम परिस्थितीमा रहेको बेला गीतमा कोरोना जित्नको लागि आत्मबल आवश्यक हुने छनक पनि ल्याउन खोजिएको छ । ।
गीतमा -यापर चिल र गहन खतिवडाको शब्दर स्वर, स्वंम ढकालको संगीत, आर्दश पराजुली र शेखर दाहालको सम्पादन, छायाँकन तथा निर्देशन रहेको छ । -याप गीत संगीतलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै देउसी गीतमा -याप समिश्रण गरि -विचार परिवर्तन गर्ने कोशिस गरेको उनले बताए ।
२०५८ मा “मैले नशा पिएको बेला” र त्यसपछि “तिमीलाई प्रेम प्रस्ताव” बोलको गीतहरुलाई संगित दुनियाँमा पस्किइसकेका खतिवडाको यो तेस्रो गीत हो । यसपटक गीतमा नयाँपन दिइएको भन्दै खतिवडाले युटुवबाट गीतलाई हेरी प्रतिक्रिया दिन आग्रह समेत गरेका छन् । “आम दर्शक तथा स्रोताको प्रतिक्रियाले मलाई आगामी दिनमा गीतसंगीतमा निखारता ल्याउने तर्फ प्रेरणा मिल्नेछ” उनले भने ।