मकवानपुर । बर्षौ विदेशमा बसेर आफ्नो पसिना बगाउंदै सिप सिकेका युवाहरू आफ्नो सिपबाट अब स्वदेश र स्वदेशीलाई सघाउने अभियानमा छन् ।
वैदेशिक रोजाईको क्रममा खाडी मुलुकमा जीवनको उर्जाशील समयको लगानी गरेका २५ जना युवाहरूले स्वदेशमा फर्केर कृषिमा योगदान गर्न लागेका हुन् । बागमती प्रदेशको राजधानी हेटौंडामा माईग्रेन्ट कृषि मार्ट संचालनमा ल्याउंदै उनीहरूले अभियानको थालनी गर्न लागेका हुन ।
रिर्टर्नी कृषि तथा पशुपालन कम्पनीद्वारा संचालित मार्टमार्फत उनीहरूले सबै प्रकारको कृषि उपजलाई सबै स्थानमा पुर्याउने योजना बनाएका छन् । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले राष्ट्रिय धान दिवासको दिन औपचारिक उद्धघाटन गर्दैछन् । हेटौडा ५ पिप्लेमा संचालनको क्रममा रहेको मार्टमा हाल १२ जनाले रोजगार पाइसकेका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सहकारी अध्यक्ष सरोज पुडासैनीले युवाले चाहेमा कृषिमा सफलता संभव रहेको बताए । विदेशबाट फर्किएका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षण गर्ने आफूहरूको योजना रहेको अध्यक्ष पुडासैनीले बताए ।
कृषि सहकारी संस्था अन्तरगत रहेर संचालनमा ल्याउन लागेको माटर्ले देशभर आफ्नो शाखा विस्तार गर्ने सन्चालक समिति सदस्य बिपिन घिमिरेले बताए । मार्टले कृषकहरुलाई बीउ, प्राविधीक जनशक्तिको लागि सहयता गर्नेछ । किसानबाट उत्पादित बस्तुहरु आफै खरिद गर्ने योजना समेत रहेको अध्यक्ष पुडासैनीले बताए ।
रिटर्नी माइग्रेन्टले युवाहरूलाई प्राथमिकता किटान गरिएको र जुनसुकै क्षेत्रमा न्युनतम २ वर्ष कामको सिलसिलामा विदेशबाट फर्किएका युवाहरूलाई लक्षित गरेर उनीहरुको सिप क्षमतालाई देशकै उत्पादनमा केन्द्रित गर्ने हेतुले संचालनमा ल्याउन लागेको उनले बताए ।
मकवानपुर । संघीय सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नो कामबाट आफू ९० प्रतिशत सन्तुष्ट रहेको बताउँदै पदबाट राजीनामा दिएका छन् ।
मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ‘म प्रक्रिया भन्दा एक्सनमा हुर्केको हो, मलाई चाँडै रिजल्ट चाहिन्छ, तपाईंका कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनेर सोध्यो भने म ९० प्रतिशत भन्छु, यो अवधिमा ९० प्रतिशत अंक ल्याएको उनकाे दाबि छ । ८ महिना २० दिन मन्त्री पदमा रहेका उनले पदबाट राजीनामा दिएका हुन् ।
मकवानपुर । बागमती प्रदेशमा बार्षिक सांढे ४ लाख मेट्रीकटन दुध उत्पादन हुने गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।
प्रदेशमा रहेको १० लाख ६४ हजार ३४९ वटा गाई तथा ८ लाख ९४ हजार ९२६ वटा भैसीबाट उक्त परिणाममा दुध उत्पादन हुने गरेको प्रदेश दुग्ध विकास बोर्डको निमित्त निर्देशक डाक्टर सजिता ज्ञवलीले बताइन् ।
दुग्ध क्षेत्रको समस्या र समाधान सम्बन्धि हेटौंडामा भएको कार्यशाला गोष्ठीमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । राष्ट्रिय दुग्ध विकास बोर्डसंगको सहकार्यमा प्रदेश दुग्ध विकास बोर्डले कार्यक्रममा गरेको थियो ।
कार्यक्रम बागमती प्रदेश कृषि तथा पशुपन्छि विकास मन्त्री बसुन्धरा हुमगाईंले नेपाल दुधमा आत्मनिर्भर बन्दै आएको र अझै दुध क्षेत्रमा व्यवसायीताको वृद्धि गर्न ध्यान दिंनु पर्ने बताए ।
दुध उत्पादकहरूले दुधको गुणस्तरीयता कायम गर्नमा ध्यान दिनुपर्ने उनले बताए । प्रदेश सरकारले दुधमा अनुदान दिएर किसान हित गर्न खोजेको मन्त्री हुमगाईले बताए ।
कार्यक्रममा बागमती प्रदेश कृषि तथा पशुपन्छि मन्त्रालयका सचिब शरण पाण्डेले किसानको हितको लागि प्रदेश सरकारले ल्याएको योजनाहरू कार्यान्वयन गराउन सबैको हातेमालो आवश्यक भएको बताए ।
कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्ड कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादब, प्रदेश दुग्ध विकास बोर्डको निमित्त निर्देशक डाक्टर सजिता ज्ञवलीलगायतले कार्यपत्र प्रस्तुति गरेका थिए । प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्दव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश कृषि तथा पशुपन्छि राज्य मन्त्री इन्द्रमाया गुरुङ समेतको उपस्थिति रहेको थियो ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी (मेला) हुने भएको छ ।
बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति तथा प्रदेश महिला उद्यमी समितिको समन्वयमा कार्यक्रम हुने भएको हो ।
आगमी असार १३ र १४ गते हेटौंडाको रोयल पार्टी प्यालेसमा महिलाले उत्पादन गरेको सबै प्रकारको उपजहरुलाई प्रदर्शनीमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति कार्यवाहक अध्यक्ष तथा प्रदर्शनी कार्यक्रमका संयोजक तारानाथ चौलागाईले बताए ।
चौलागाईका अनुसार प्रदर्शनीमा कम्तिमा ५० वटा स्टलहरुमा महिलाले उत्पादन गरेको उपजहरु राखिने छ । सम्मेलनमा सहभागीका रुपमा प्रदेशको १३ वटै जिल्लाबाट ७८ जना महिला उद्यामी प्रतिनिधिहरु, ३२ जना प्रदेश समिति तथा स्थानीय महिला उद्यमीहरु र २० जना आमन्त्रित महिला उद्यमीहरु रहने चौलागाईंले बताए ।
यसैगरी १३ जिल्लामा ३९ जना उद्यमीहरु उपज प्रदर्शनीमा सहभागी हुनेछन् । उनीहरुलाई उपज प्रदर्शनीको लागि निशुल्क स्टल उपलब्ध गराइने छ भने बस्ने र खाने व्यवस्था समेत आयोजकले नै व्यहोर्ने छ ।
प्रदर्शनीसँगै व्यवसयीक कार्याशाला समेत हुनेछ । कार्यशालामा विज्ञको कार्यपत्र प्रस्तुती हुनेछ । कार्यपत्रबाट कसरी व्यवसाय गर्ने भन्ने बारे शिक्षा समेत प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । बिज्ञसंग व्यवसायीक अवसर, चुनौती बारे छलफल र जानकारी हुने, आपसी सम्पर्क बढ्ने हुँदा महिलाको लागि यो अवसर हुने संघको मकवानपुर जिल्ला महासचिव कुमार पौडेलले बताए ।
प्रदर्शनीमा ३० लाख खर्च अनुमान गरिएको संयोजक चौलागाईंले बताए । चादिको सामग्रीदेखि डलकुशनसम्मको प्रदेशनी रहने उनले बताए । प्रदर्शनी आम्दानीभन्दा महिलाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको निर्देशनालयले जनाएको छ ।
प्रदर्शनीबाट उद्यमी महिलाहरुसँगै सम्बन्धित जिल्लाको पहिचान बढ्ने र उद्यमी महिलाहरुलाई आपसी परिचय र छलफलले व्यवसायमा सफलता हासिल गर्न बल पुग्ने नेपाल घरेलु तथा साना उद्योग संघ मकवानपुर ज़िल्ला महिला उद्यमी समिति सभापति सन्तोषी बानियाँले बताइन् ।
“यो प्रदर्शनीले महिलालाई सहयोग गर्नेछ, दुर्गमका महिलालाई मेला अवसर बन्नेछ” बानियाँले भनिन् “महिलाहरुले घरैमा बसेर बनाएका अचार, दालमोठ, ऊनबाट बनेको मौसमी पोशाकहरु, हस्तकलाको सामानको बजार प्रवद्र्धनमा मेला मौका बन्ने छ ।” महिलाहरुले विभिन्न तालिम लिएर क्षमतावान बनेको भए पनि बिक्री वितरण हुन नसक्दा निराशा हुनु परेको अवस्थाबाट लयस्तो मेलाले माथि उठाउन पहल पुग्ने उनले बताइन् ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रदर्शनीबारे जानकारी गराएको हो ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटाैडामा आज शुक्रबार डेरी मेला हुने भएकाे छ । नेपाल डेरी एसोसिएसनले हेटौंडामा आज शुक्रबार एकदिने ‘डेरी मेला’ को आयोजना गर्ने भएको हाे ।
एसोसिएसनले आफ्नो २२ औं वार्षिक साधारण सभा एवम् ८ औं राष्ट्रिय महाधिवेशनको अवसरमा डेरी मेलाको आयोजना गर्न लागेको हो । एसोसिएसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले दुधको महत्व र दुग्ध पदार्थको उपभोगमा वृद्धिकाे लागि प्रचारप्रसार गर्न उक्त मेलाको आयोजना गर्न लागिएको जानकारी दिए ।
मेला हेटौंडा–२ को पल्पसा सदनमा शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । मेला पश्चात एसोसिएसनको साधारणसभा एवम् अधिवेशन सुरु गरिने सापकाेटाले जानकारी दिए । डेरी मेला उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईंले गर्ने अध्यक्ष सापकोटाले बताए ।
करिब १५ वटा स्टल रहने मेलामा करिब ७ सय जनाले अवलोकन गर्ने अनुमान आयोजक गरेकाे छ ।