मकवानपुर / हेटौंडा अस्पतालले आयोजना गरेको शिविरमा जाँच गराउन आएमा मध्ये ४१ प्रतशित बिरामीको उपचारको लागि शल्यक्रिया नै गर्नुपर्ने देखिएको छ । सामान्य औषधि खुवाएर वा लगाएर निको नहुने अवस्था भएपछि उनीहरुलाई थप उपचार अर्थात शल्यक्रियाको लागि रिफर गरिएको छ ।
मकवानपुरको हेटौंडा अस्पतालमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराइएका मध्ये ४१ प्रतिशतको स्वास्थ्य समस्या जटिल प्रकृतिको भएको पाइएपछि शल्यक्रियाको लागि रिफर गरिएको हो । रिफर गरिएका सबै बिरामीको सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाडौमा निशुल्क शल्यक्रिया हुनेछ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाडौंको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर गरिएको थियो । शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका प्लास्टिक सर्जन मनहर कुमार यादबले स्वास्थ जाँच गरेका थिए ।
शिविरमा ९० जनाले स्वास्थ्य जाँच गराएकोमा ३७ जनाको शल्यक्रिया अनिवार्य भएकोले थप उपचारको लागि रिफर गरिएको शिविरका संयोजक तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रध्यापक सुपेन्द्र कार्कीले बताए । शिविरमा आगोले पोलेको, शरिरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने भएको, अंगभंग भएको, आगोले पोलेर कपाल गुमाएका बिरामीहरु, जन्मजात हातगोडाको औँलाहरु टाँसिएको, बाङिएको, हात गोडामा जन्मजात पाँचभन्दा बढी औँलाहरु टाँसिएको, जन्मजात ओठ तथा तालु फाटेको बिरामीहरुको स्वास्थ्य अवस्था परीक्षण गरिएको थियो ।

त्यस्तै शिबिरमा मांसपेशी खुम्चिएर शरिरको कुनै भाग चलाउन नमिल्ने, विस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएको, हातगोडा काटिएको ठाउँमा पाकेर, नचल्लने भएको, कान तथा नाक चिरिएको बिरामी, शरिरमा मुसा, कोठी, दाग तथा गाँठाहरुको शल्यक्रिया गर्नुपर्ने तथा क्यान्सर सम्बन्धी बिरामीहरु, हर्निया, हाइड्रोसिलका बिरामी तथा मेरुदण्ड भाँचिएर प्यारालाइसिस भएका बिरामीको परीक्षण गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षणपश्चात शल्यक्रिया गर्नुपर्ने अवस्था भएका बिरामीहरुलाई उपचार अवधिभर गाँस बासको निःशुल्क व्यवस्थापन मिलाइने र शल्यक्रिया पनि निःशुल्क हुने अस्पताल सञ्चालक समिति सदस्य उत्सव चौँलागाईले बताए ।
दुई दिनसम्म शिविर सञ्चालन गर्ने भनिएता पनि उपस्थित बिरामी जाँचको लागि बाँकी नभएकोले आइतबार शिविर नहुने कार्कीले बताए । यद्यपि तोकिएको अवस्थाको बिरामी स्वास्थ्य जाँचको लागि आएमा कुनै पनि समयमा उनीहरुलाई उपचारमा सहजिकरण तथा समन्वय गरिने कार्कीले बताए ।
मकवानपुर / मकवानपुरको हेटौंडा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका प्लास्टिक सर्जन मनहर कुमार यादबले स्वास्थ जाँच गरिरहेका छन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाडौंको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले उद्घाटन गरे ।
शारीरिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण हुँदैछ। हेटौंडा अस्पताल व्यवस्थापन समितिले आवश्यक समन्वय गरिरहेको छ ।
शिविरमा आगोले पोलेको, शरिरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने भएको, अंगभंग भएको, आगोले पोलेर कपाल गुमाएका बिरामीहरु, जन्मजात हातगोडाको औँलाहरु टाँसिएको, बाङ्गिएको, हात गोडामा जन्मजात पाँचभन्दा बढी औँलाहरु टाँसिएको, जन्मजात ओठ तथा तालु फाटेको बिरामीहरुको स्वास्थ्य अवस्था परीक्षण गरिने प्रतिष्ठानका सुपेन्द्र कार्कीले बताए ।
त्यस्तै शिबिरमा मांसपेशी खुम्चिएर शरिरको कुनै भाग चलाउन नमिल्ने, विस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएको, हातगोडा काटिएको ठाउँमा पाकेर, नचल्लने भएको, कान तथा नाक चिरिएको बिरामी, शरिरमा मुसा, कोठी, दाग तथा गाँठाहरुको शल्यक्रिया गर्नुपर्ने तथा क्यान्सर सम्बन्धी बिरामीहरु, हर्निया, हाइड्रोसिलका बिरामी तथा मेरुदण्ड भाँचिएर प्यारालाइसिस भएका बिरामीको परीक्षण गरिने हेटौडा अस्पताल संचालक समितिका सदस्य उत्सव चौँलागाईले जानकारी दिए ।
शिविरमा स्वास्थ्य परीक्षणपश्चात शल्यक्रिया गर्नुपर्ने अवस्था भएका बिरामीहरुलाई उपचार अवधिभर गाँस बासको निःशुल्क व्यवस्थापन मिलाइने र शल्यक्रिया पनि निःशुल्क हुने चौँलागाईले बताए ।
उनले शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका २ जना सर्जन र अन्य केही डाक्टरहरुबाट स्वास्थ सेवा दिएने जानकारी दिए । शिविरमा बिरामीको चापको आधारमा समय थप गरी २२ गते पनि शिविर संचालन गरिने बताइएको छ ।
२०७८ असार १४ गते सुस्मा कोईराला अस्पताल र हेटौंडाको मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान बिचमा भएको सहकार्यको सम्झौता अनुसार शिविरको आयोजना गरिएको कार्कीले बताए । शिविरमा स्वास्थ जाँच गरिएकाहरू मध्ये शल्यक्रिया गर्नु पर्ने विरामी भए सुस्मा कोईरालामा नि:शुल्क हुने बताइएकाे छ ।

मकवानपुर । हेटौंडा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएकाे छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाडाैंको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हुने भएकाे हाे । फागुन २१ गते शनिवार विभिन्न प्रकारका शारीरिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिने हुनेछ ।
हेटौंडा अस्पताल व्यवस्थापन समितिले विहीबार पत्रकार सम्मेलन गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराएको हो । शिविरमा आगोले पोलेको, शरिरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने भएको, अंगभंग भएको, आगोले पोलेर कपाल गुमाएका विरामीहरु, जन्मजात हातगोडाको औँलाहरु टाँसिएको, बाङ्गिएको, हात गोडामा जन्मजात पाँचभन्दा बढी औँलाहरु टाँसिएको, जन्मजात ओठ तथा तालु फाटेको विरामीहरुको स्वास्थ्य अवस्था परीक्षण गरिने छ ।
त्यस्तै मांसपेशी खुम्चिएर शरिरको कुनै भाग चलाउन नमिल्ने, विस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएको, हातगोडा काटिएको ठाउँमा पाकेर, नचल्लने भएको, कान तथा नाक चिरिएको विरामी, शरिरमा मुसा, कोठी, दाग तथा गाँठाहरुको शल्यक्रिया गर्नुपर्ने तथा क्यान्सर सम्बन्धी विरामीहरु, हर्निया, हाइड्रोसिलका विरामी तथा मेरुदण्ड भाँचिएर प्यारालाइसिस भएका विरामीको परीक्षण गरिने हेटाैडा अस्पताल संचालक समितिका सदस्य उत्सव चौँलागाईले जानकारी दिए ।
शिविरमा स्वास्थ्य परीक्षणपश्चात शल्यक्रिया गर्नुपर्ने अवस्था भएका विरामीहरुलाई उपचार अवधिभर गाँस बासको निःशुल्क व्यवस्थापन मिलाइने र शल्यक्रिया पनि निःशुल्क हुने चौँलागाईले बताए । उनले शिविरको लागि सुष्मा कोइराला मेमोरियल अस्पतालबाट २ जना सर्जन र अन्य केही डाक्टरहरु आउने जानकारी दिए । शिविर संचालन हुन लागेको विषयमा स्थानीय तहलाई जानकारी गराइएकाे बताए । शिविरमा विरामीको चापकाे आधारमा समय थप गरी २२ गते पनि शिविर संचालन गरिने बताइएकाे छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकाे वडा नम्बर ६ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएकाे छ । विहीबार हेटौंडा–६ चौघडामा रहेकाे हेटाैडा स्वास्थ्य चौकीमा कार्यक्रमकाे आयाेजना गरी वडालाई उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन् ।
कार्यक्रममा मेयर महतले हेटौंडाका प्रत्येक वडामा स्वास्थ्यचौकी स्थापना भएकाे सुरु भएको याे अभियान हेटौंडाका १९ वटै वडाहरुमा क्रमश लागु गर्दै लगिने बताए । ६ नम्बर वडामा कुनैपनि गर्भवती महिलाहरु घरमा सुत्केरी नभइ स्वास्थ्यसंस्थामा आएर मात्र सुत्केरी गराइने भएको छ । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख टीएन ढुङगेलले वडाबासीहरुको सहयोग र साथ पाएकाले स्वास्थ्य चौकीलाई नगरकै उत्कृष्ट स्वास्थ्य चौकी बनाउन सफल भएको बताए ।
स्वास्थ्य चौकीले गरेको विभिन्न क्रियाकलापहरुको प्रचारप्रसार गरि सहयोग गर्ने स्थानीय सञ्चारकर्मी भीमसेन पौडेल र रुपेश दुलाललाई प्रशंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी,स्वास्थ्य चौकी जाने बाटोको लागि जग्गा दान गर्ने भगवती ढकाल, मनिस ढकाल र दिनेश ढकाल, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य चौकीका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा हेटौडा–७ का वडा अध्यक्ष राजन थापा, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, बरिष्ठ पत्रकार प्रताप बिष्ट, सहयोगी मन नेपालका केन्द्रीय अध्यक्ष केदार प्रसाद चौलागाई, बंशगोपाल माविका प्रअ रमेश प्रसाद लामिछाने, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष केशव धिताल लगायतको आतिथ्यता रहेको थियो ।

मकवानपुर । विश्व स्वास्थ्य संगठन (डब्ल्रएचओ) सुर्तिजन्य पदार्थको लत छुटाउने एप सार्वजनिक गरेको छ । डब्ल्रएचओ दक्षिण–पूर्वीय एसियाले एप सार्वजनिक गरेकाे हाे ।
डब्लूएचओले सुर्तीजन्य पदार्थ सेवनकर्ताहरुलाई लक्षित गर्दै यसकाे लतबाट छुटउन सहजताकाे लागि ‘क्विट टोबाको’ नामक एप सार्वजनिक गरेको हो । सुर्ति नियन्त्रणका लागि डब्लुएचओले १ वर्षदेखि सञ्चालन गर्दै आएको ‘कमिट टु क्विट’ (त्यागका लागि प्रतिबद्ध) अभियान अन्तर्गत एप सार्वजनिक गरिएको हो ।
सुर्ती सेवनकर्तामा पुर्याउने असरको बारेमा जानकारी दिदैँ उनीहरुमा लतको व्यवस्थापन गरी सोको परित्यागमा मुख्य केन्द्रित हुन मद्दत गर्नु एपको मुख्य उद्देश्य रहेको बताइएको छ । डब्लुएचओका अनुसार, सो एप प्लेस्टोर एवम् एपस्टोर दुवैबाट डाउनलोड गर्न सकिन्छ ।
सुर्तीजन्य पदार्थ सेवनलाई बचाउन सकिने मृत्युको रुपमा लिइन्छ । यसको प्रयोगले प्रत्येक वर्ष ८० लाख मानिसको ज्यान लिने गरेको डब्लूएचओको तथ्यांकले देखाएको छ ।