तोरी फुलेर पहेंलपुर
तोरी फुल्दाको दृश्य अत्यन्तै मनमोहक, उज्यालो र रङ्गीन देखिन्छ, जसले गाउँघरको फाँटलाई पहेँलो गलैँचाले ढाकेजस्तै...
शरदकाे मनमाेहक दृश्य
ऐतिहासिक मकवानपुरगढीबाट देखिएकाे हेटौंडा बजार तर्फको मनमाेहक दृश्य । तस्विरः सहीखबर
आहा ! हिमाल
मौसम खुलेसँगै पोखराबाट देखिएकाे माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमश्रृंखला । तस्विरः सहिखबर
फुर्केचौरकाे गोरक्ष ताल, रमणीय पर्यटकीय स्थल
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नं. १८ फुर्केचौरमा रहेकाे गोरक्ष ताल वर्षामा परेको पानीलाई ज...
नुवाकोट दुप्चेश्वर र रसुवाको गोसाइकुण्ड गाउँपालिकामा अवस्थित सूर्य पिक
नुवाकोट दुप्चेश्वर गाउँपालिका र रसुवाको गोसाइकुण्ड गाउँपालिकाको दुवै भुभागमा पर्ने सुर्य पिक । जुन ५१०० मिटर ह...
मकवानपुरगढी ४ बाट सन्ध्याकालिन समयमा देखिएकाे हेटौंडा
रमणीय तथा सुन्दर हेटौंडा ।
अर्घाखाँचीको प्रख्यात सुपा देउराली देवी मन्दिर
अर्घाखाँचीको प्रख्यात सुपा देउराली देवी मन्दिर । सुपा देउराली मन्दिर अर्घाखाँचीकाे शितगंगा नगरपालिका २ र सन्धि...
अर्घाखाँचीको प्रख्यात सुपा देउराली देवी मन्दिर । सुपा देउराली मन्दिर अर्घाखाँचीकाे शितगंगा नगरपालिका २ र सन्धिखर्क नगरपालिका ७ को सिमाना देउरालीमा पर्दछ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुकाे गोरुसिङ्गेबाट उत्तरतर्फ ४९.२ किलोमिटरको दुरीमा दाहिनेतर्फ सुपा खोलाको उच्च भागमा रहेको मन्दिरको दुवैतर्फ अग्ला अग्ला सुन्दर महाभारत पहाड रहेका छन्।
समुन्द्र सतहबाट ४ हजार ५ सय फिटको उचाइमा अवस्थित यस मन्दिरको निर्माण वि.स. १६०० सालमा खाँचीका राजा विश्व पाल शाहले छोरी सुवर्ण कुमारीको नाममा निर्माण गर्न लगाई देवी भगवतीलाई स्थापना गरिएको हाे । सुपा देउराली देवीको मूर्ति पहिले भैसीभेला पहाडको फेदी अर्थात् सुपा खोलाको भिरमा रहेको थियो । त्यति बेला शिलालाई सुपा देउराली देवी मानी विशेष गरी त्यस भेगका लाहुरेहरू आवतजावत गर्दा उक्त देवीलाई दक्षिणा मात्र चढाइने गरिन्थ्यो र यस देवीमा त्यति बेला कुनै पनि किसिमको विशेष पूजा अर्चना गर्ने चलन थिएन।
प्राकृतिक सम्पदाले भरिपूर्ण यो मन्दिर प्यागोडा शैलीको निकै नै कलात्मक र आकर्षक रहेको छ। यस मन्दिरमा सुपा देउराली देवी लगायत गणेश, नवदुर्गा महाकाली, महालक्ष्मी, शिव लगायत विभिन्न देव देवताहरूको मूर्तिहरू रहेका छन्। सुपा देउरालीलाई अर्घाखाँचीकाे मुख्य देवीको रूपमा मानिएको छ। यस मन्दिरमा दैनिक नित्य पूजा हुने गर्दछ। यस देवीको पूजा अर्चना गर्नाले आफ्नो मनले चिताएको कुराहरू पुरा हुने जनविश्वास समेत रहेको छ । मन्दिरमा बलि दिने प्रथा समेत रहेको छ। औँसी, श्रीपंचमी, ऋषि पञ्चमी, कृष्ण जन्माष्टमी, एकादशी, राम नवमी र अक्षय तृतीयाका दिन बलि चढाइँदैन।
तस्विरः आरपी गुरागाईं/सहीखबर
तराईलाई काडमाडौ जोडने फास्ट ट्रयाककाे मकवानपुर खण्ड । हाल ट्रायक खोल्ने काम भइरहेकाे छ । अघिल्लो सरकारले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्टट्रयाक) २०८४ भित्र निर्माण सम्पन्न गर्ने गरी बजेट विनियोजन गरेकाे थियाे ।
यस वर्ष ३७ किलोमिटर सडकमा सवबेस, ४ किलोमिटर सुरुङ र ६० वटा पुल निर्माण सम्पन्न गरिने गरी सरकारले आर्थिक वर्ष २०८२/०८३ काे लागि २४ अर्ब ४९ करोड रकम विनियोजन गरेको छ । तस्विरः सहिखबर
मकवानपुर । ऐतिहासिक, पुरातात्वक र सामरिक दृष्टिले महत्त्वपूर्ण छ मकवानपुरकाे मकवानपुर गढी दरबार । मकवानपुर गढीको आफ्नै छुट्टै इतिहास छ । आधुनिक नेपालको स्थापना हुनुपूर्व सेन वंशीय शासनको ऐतिहासिक विरासतको जीवन्त इतिहास मकवानपुर गढीले बोकेको छ ।
मकवानपुर गढी परिसरमा वंश गोपाल मन्दिर र भगवान् कृष्णकाे मुर्ती रहेकाे छ । उक्त मुर्तीलाई पहिले फलामे साङ्लोले बाँधेर राखिएको हुन्थ्यो । मन्दिरको केही तल रहेकाे गुफाबाट भगवान् कृष्ण ओहोरदोहोर गर्थे भन्ने जनविश्वास रहेकाे छ । भगवान कृष्ण चितवन लगाइएकाे तोरी खेतीमा खेल्न जाने गरेकाे समेत बताइन्छ । भगवान कृष्ण राति बाहिर जाने र बिहान मात्रै फर्कने गर्दा अनिष्ट आइपर्न सक्ने भएकाेले गाउँलेले बाँधेर राख्ने गरेकाे किम्वदन्ती छ ।
सेन वंशका राजाहरूले १३औं शताब्दीको सुरुतिर यहाँ शासन गरेको इतिहास पाइन्छ । सेन वंशका प्रतापी राजा मुकुन्द सेन कै नामबाट मुकुन्दपुर, माकन्दपुर, मुकुनपुरको अपभ्रंश हुँदै मकवानपुर नामकरण भएको हो भन्ने जनविश्वास छ । सेन वंशका लोहाङ्गसेनदेखि अन्तिम राजा दिग्बन्धन सेनसम्मका राजाहरूले करिब तीन सय वर्षसम्म मकवानपुर गढीलाई राजधानी बनाई राज्य गरेका थिए ।
मकवानपुर गढी राजा तुला सेनको राज्य कालमा निर्माण गरिएको विश्वास गरिन्छ । गढीको तीन वटा भाग रहेका छन्, ठूलो गढी, सानो गढी र डुङ्गेगढी । ठूलोगढीमा दुई–दुई वटा दरबार, मन्दिर तथा पानी ट्याङ्कीहरू रहेका छन् भने ठूलो गढीको दक्षिण–पश्चिममा करिब तीन सय मिटरको दूरीमा सानो गढी र करिब २ किमि उत्तर पूर्वमा ढुङ्गे गढी छन् ।
परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरूप मकवानपुर गढीले तत्कालीन समयको सामरिक महत्त्व तथा राज्यको सुरक्षात्मक उपाय झल्काएको छ । हेटौंडा उपमहानगरपालिकाकाे बुद्ध चोकबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडक हुँदै पुगिने गढी समुद्री सतहदेखि १०१७ मिटर उचाइमा पहाडी थुम्कोमा अवस्थित छ ।
मकवानपुरकाे बागमती गाउपालिका वडा नम्बर ७ , लामिटारमा रहेको बाल ज्योती आधारभूत विद्यालयले लामो समय देखि बाजो रहेको जग्गामा धान फलाएका छ्न । स्कुल कोष नामकरण गरि राखेको विद्यालयले बाझो रहेको लामिटार फेदिको जग्गामा धान लगाईएको थियो । विव्यस, शिक्षक र अभिभाकहरुको श्रमदानबाट उक्त जग्गामा धान लगाएकाे थियो । विद्यालयले उत्पादन र श्रमलाई पढाईसँगै सिकाईम महत्व दिए हाे । विद्यालयकाे विव्यस अध्यक्ष सिर्जना गोले र प्रधानाध्यापक दुर्ग बहादुर थापा छ्न् ।