मकवानपुर । भेटेरेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र हेटौंडाले आगामी आर्थिक वर्षको योजना तर्जुमाको लागि स्थानीय तह, जिल्ला स्थित संचालित आयोजना परियोजनाहरूको प्रमुख तथा प्रतिनिधिहरूसँग कार्यशाला गोष्ठी गरेको छ ।
गोष्ठीमा सहभागी पशुपालक किसान, सहकारीकर्मीहरूले किसान लक्षित कार्यक्रमको लागि बजेट छुट्याउन माग गरेका छन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कृषि तथा पशुपन्छी शाखा प्रमुख गंगा चौलागाईंले किसानको चाहेको कार्यक्रम लागू गर्दा किसानको हित र प्रोत्साहन हुने बताइन् । यसको लागि बजेट योजनापूर्व नै किसानले सम्बन्धित कार्यालयमा आफ्नो सुझाव दिनुपर्ने चौलागाईंले बताइन् ।
व्यवसायीक किसानहरूलाई मारमा नपर्ने गरि पशु स्वास्थ उपचारमा पहुँच विस्तार गरिनु पर्ने मनकामना दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष अर्जुन दाहालले ।
कार्यक्रममा उठेका सवालहरूलाई कार्यालय प्रमुख प्रभात न्यौपानेले सम्बोधन गरेका थिए । आगामी कार्यकालामा किसानको सुझाव अनुसारको कार्यक्रम लागू गर्न कोसिस गरिने न्यौपानेले बताए । आगामी आर्थिक वर्षको लागि कार्यक्रम बनाउन गोष्ठीले मार्ग निर्देशन गरेको उनले बताए ।
कार्यक्रममा मकवानपुर जिल्लाको १० वटै स्थानीय तहका पशु शाखा प्रमुख, व्यवसायीक पशुपालक किसानहरू, सहकारीको प्रतिनिधिहरूको उपस्थिति रहेको बिज्ञ केन्द्रका पशु सेवा प्राबिधिक प्रदीप सापकोटाले बताए । कार्यक्रममा केन्द्रका योजना शाखा प्रमुख डा. आभाष कोइरालासमेतको उपस्थिति थियो ।
वनकरीयाले उत्पादन गरे अर्गानिक साबुन
Tags: No Comments
मकवानपुर । मकवानपुरका वनकरीया महिलाले ध्यु कुमारी र तितेपातीबाट साबुन बनाएका छन् । उनीहरुले स्थानीय स्तरमा नै पाइने ध्युकुमारी र तितेपातीको प्रयोग गरेर नुहाउने साबुन बनाएका हुन् ।
मकवानपुरको मनहरी गाउँपालिका ४ ट्वाङ्ग्रा भन्ने स्थानमा बसोबास गर्दै आएका वनकरीया समुदायको आर्थिक अवस्था नाजुक छ । उनीहरुलाई आय आर्जनमा अघि बढाउनको लागि साबुन उत्पादन तथा बजारीकरणमा सहयोग पुग्ने हो भने आत्मनिर्भरताको लागि बलियो अवसर प्राप्त हुने वनकरिया समुदायकी अगुवा सन्तोषी वनकरियाले बताइन् । राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चले उनीहरुलाई साबुन बनाउने तालिम दिएपछि आयआर्जनमा आफूहरु जोडिने अवसर प्राप्त भएको सन्तोषीले बताइन् । मञ्चबाट ३ दिनको तालिम लिएपछि यहाँका २५ जना महिलाहरु साबुन उत्पादन सिपमा दक्ष भएका छन् ।
साबुन उत्पादन गर्नको लागि आवश्यक औजारहरु समेत मञ्चले प्रदान गरेकोले अबको सबैभन्दा आवश्यक पाटो कच्चा पदार्थ र बजारीकरण नै हो” सन्तोषीले भनिन् “तितेपाती त पाखा र बगरमा पनि पाइन्छ, ध्यु कुमारी छैन, कहाँबाट कसरी किन्ने भन्ने खोजी गर्दैछौ ।” आत्मानिर्भरताको लागि आफूहरुले पनि हालै मात्रै ध्यु कुमारी लगाएको तर तत्कालको लागि भने किन्नु पर्ने अवस्था रहेको उनले बताइन् ।
तालिमको क्रममा उनीहरुले झण्डै ४ सय पिस साबुन बनाएका थिए । जुन अब थोरै मात्रै बाँकी रहेको छ । आगामी दिनमा साबुन उत्पादन गरेपछि त्यसको लागी खोल र ब्राडीङ गर्न चाँही बाँकी रहेको उनले बताइन् । साबुन उत्पादनलाई संस्थागत गर्न उनीहरुले वनकरिया महिला विकास संघ नामक संस्थाबाट संस्थागत रुपमा नै अघि बढ्ने तयारी रहेको सन्तोषीले बताइन् । उनी यो संघको समेत सचिव हुन् ।
“तालिम लिएपछि हामी एकदम खुसी छौ, अब स्थानीय सरकारले पनि केही सहयोग गरिदिए हामीले यसलाई उद्योगको रुप दिन सक्ने थियौ” संघको अध्यक्ष माया वनकरीयाले भनिन् । उनीहरुले उत्पादिन साबुनको मूल्य निर्धाणर गरिसकेका छैनन्, समूहमा छलफल गरेर आफूहरुको लगात हिसाब गरेर मात्रै मुल्य तोक्ने तयारीमा छौ” सन्तोषीले भनिन् “लागत मुल्यमा थोरी हाम्रो श्रम जोडेर मूल्य तोक्ने छौ, सुरुमा फाइदाभन्दा पनि हाम्रो उत्पादनको बजारीकरण महत्वपूर्ण छ ।”
ध्यु कुमारी र तितेपातीको पेष्ट बनाएर, झण्डै एक घण्टा पकाएपछि त्यसलाई साबुन बनाउने फर्ममा हालिन्छ । मञ्चले समूहको लागि साबुन निर्माणार्थ ५ वटा फर्मा दिएको छ जसमा कुनैमा एक पटकमा ६ वटा साबुन बनाउन मिल्छ भने कुनैमा एकै पटकमा २४ वटासम्म साबुन बनाउन सकिन्छ । वर्षौदेखि सुकुम्बासीको रुपमा मकवानपुरको मनहरी गाउँपालिका–४ ट्वाङ्ग्रामा बसोबास गर्दै आएका लोपोन्मुख वनकरीयाहरुहरुको आफ्नो जग्गा छैन ।
गत २०७९ जेठमा जग्गाको माग गर्दै संघीय सरकारको आश्वासन पाएका उनीहरुले अझै जग्गा पाएका छैनन् । सरकारले भूमीहिनलाई जग्गा वितरण गरिरहँदा आफूहरुले पनि जग्गा पाउनु पर्ने माग गर्दै वनकरीया समूदायका प्रतिनिधि वडा अध्यक्ष प्रकाश थापाको साथ लागेर भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको आश्वासनपछि ढुक्क भएको फर्केका थिए । तर, एक वर्ष बित्यो उनीहरुको फाइल अघि नबढेको सन्तमाया वनकरीयाले बताइन् ।
वनकरीयाहरु यस स्थानमा २०१८ सालदेखि बस्दै आएका छन् । २०६२ सालबाट यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको र यही बसोबास गरेकै स्थानमा सामुहिक लालपूर्जा माग गर्दै आएका छन् । यसक्षेत्रमा १९ घर वनकरीयाको बसोबास रहदै आएको छ ।
आर्थिक रुपमा विपन्न उनीहरु पर्सा वन्यजन्तु आरक्ष भित्र निहुरो खोजेर बेच्ने तथा ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका छन् । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताले जीविका चलाउन केही सहयोग भए पनि यो समूदायमा स्वास्थ्य, शिक्षालागयत आधारभूत आवश्यकता परिपूर्ति हुन समस्या रहेको छ ।
काधमा जिम्मेवारीः कास्की जिल्लाको लुम्लेबाट मार्दी हिमाल वेश क्याम्पसम्म व्यापारकाे लागि सामान खर्पनमा ओसार्दै गरेकाे एक व्यक्ती । उनीसँगकाे कुराकानीमा ३ दिन लगाएर वेश क्याम्पसम्म सामानको भारी पुर्याउने र सकिए पछी पुनः लुम्लेसम्म सामान लिन आउने गरेकाे बताए । उनले गर्ने गरेकाे याे श्रमले जीवन धान्नकै लागि जिम्मेवार बाेध गराउँछ । उक्त क्षेत्र नेपाली तथा विदेशी पर्यटकहरुकाे रमणीय तथा सजिलाे पैदलमार्गमा पर्दछ । तस्विरः आरपी गुरागाईं/सहीखबर
कमलामाई (सिन्धुली)- पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने ।
उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ ।
सिन्धुलीको कमलामाई नगरपालिका–२ मा ३० परिवारको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ परिवारले सामूहिकरूपमा घरबास (होमस्टे) सञ्चालन गरेका छन् । जिल्लाकै पहिलो घरबासका रूपमा स्थापित भएको ‘भद्रकाली सामुदायिक होमस्टे’मा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय अग्र्यानिक परिकार, स्थानीयको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई लठ्ठ बनाउने गर्दछ ।
विसं २०७६ चैत २९ गतेदेखि सुरु भएको उक्त होमस्टे कोभिड–१९ को त्रासका कारण दुई वर्ष थलियो । अहिले पुनः पुरानै लयमा फर्किँदैछ । होमस्टेका अध्यक्ष चेतबहादुर थापामगरका अनुसार हालसम्म आन्तरिक र बाह्य गरी दुई सय पर्यटकले यहाँको आतिथ्यता ग्रहण गरिसकेका छन् । एक साँझ बिताउन आएका पर्यटक चार दिनसम्म बसेर जाने गरेका उनले सुनाए ।
जनमैत्री क्यापस भक्तपुरबाट नवराज गुरागाईँको नेतृत्वमा आएको २२ जनाको टोली होमस्टेमा एक साँझ बिताउन चाहन्थ्यो । तर यहाँको आतिथ्यता, वातावरण र प्राकृतिक सौन्र्दयताबाट मोहित भएर चार दिन बसेर फर्कियो । “होमस्टेमा आउने पर्यटक स्थानीय अग्र्यानिक परिकार खान रुचाउँछन् । लोकल कुखुरा, ढिडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको अचार, दही, दूध रोजाइमा पर्दछ”, अध्यक्ष थापामगरले भने, “एकपटक आएका पाहुना पटक–पटक आउनुहुन्छ ।”
होमस्टेमाथिको सेल्फी डाँडालाई व्यापारिक केन्द्र बनाइएको छ । होमस्टेअन्तर्गतको कार्यक्रम अनुरुप १७ परिवारले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादन बिक्री गर्नुहुन्छ । जुनार, जुनारको जुस, सुन्तलतासहित मौसमी फलफूल, तरकारी, चिया, कफी, खाजाका विभिन्न परिकार यहाँ पाइन्छ । टाढाको यात्राबाट थाकेर आएका यात्रु होमस्टेमा बस्न पाएनन् भने यही स्थानमा एकछिन रोकिएर जुनार जुस पिउँछन्, खाजा खान्छन्, केहीबेर यात्राको थकान मेट्छन् र पोजपोजका तस्बिर खिचेर पुनः यात्रा तय गर्दछन् ।
पर्यटक होमस्टेमै आएर बस्छन् । एकपटकमा ५० जनासम्म अटाउने क्षमता छ । पर्यटकको चाहनाअनुसार बेलुकाको खानापछि यहाँ विशेषगरी मगर जातिको मौलिक नाच हेर्न पाइन्छ । होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारिक वातावरणले सहजतामात्रै थपिदिएको छैन । स्थानीयलाई रोजगारी पनि दिएको छ । स्थानीय उत्तमकुमारी आलेमगर अरु व्यवसायभन्दा होमस्टेमा फाइदा देख्छन् । होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम तथा अन्य जिल्लाका होमस्टेको अवलोकन भ्रमण गर्नुभएकी उहाँ ढुङ्ग्रेभज्याङवासीको भविष्य होमस्टे व्यवसायले राम्रो बनाउनेमा विश्वस्त हुन् ।
ढुङ्ग्रेभज्याङको विकासमा विपी राजमार्ग वरदान सावित भएको छ । तीस वर्षअघिसम्म नुनदेखि सुनसम्म किन्न सिन्धुलीमाढी बजार पुग्नुको विकल्प थिएन । “राजमार्ग निर्माण अगाडि बढेपछि अन्यत्र ठाउँबाट आएका व्यक्तिले यहाँ किराना पसल चलाएका थिए । लगानी गरेर व्यापार, व्यवसाय गर्ने क्षमता भइनसकेका केही पुरुष वैदेशिक रोजगारीमा हानिए, कोही निर्वाहमुखी खेतीमा खटिए । गृहस्थी महिला घर धानेर बसे”, आलेमगरले भने ।
राजमार्गमा सवारीसाधनको चाप बढ्न थालेसँगै घर–घरमा पानी, बत्तीको सुविधा थपियो । ठाउँको विकास भएसँगै स्थानीयमा चेतनाको स्तर बढ्यो । आफूले खाएर बचेको स्थानीय कृषिजन्य उत्पादन राजमार्ग छेउमा बसेर बेच्न थालेका छन् । तीन वर्षअघि मात्रै पर्यटकीय सम्भावना बोकेको यस बस्तीमा सामूहिक होमस्टे सञ्चालन गरिएको हो । यसका लागि कमलामाई नगरपालिका, कन्दमूल विकास केन्द्र, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य सङ्घ, सिड्स नेपाल, श्री सिन्धुलीलगायत सङ्घसंस्थाको साथ र सहयोग रहेको उनले बताए ।
“सबै परिवार मिलेर सामूहिक होमस्टे सञ्चालनमा ल्याएका हौँ”, आलेमगरले भने, “लगानी गर्नु नपर्ने, आफ्नो गाउँठाउँमा उत्पादन भएको सागसब्जी, फलफूल, लोक कुखुरालगायतका अन्य परिकार, जो परिवारको लागि दैनिक बनाइन्छ । होमस्टेमा आउने अतिथि यसैमा रमाउँछन् । काम खोज्दै भौँतारिनु नपर्ने, अरु व्यापार, व्यवसायभन्दा सजिलो, हरेक दृष्टिकोणले फाइदा र सुरक्षित यसैमा भएकाले हामी उत्साहित छौँ ।”
होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम लिनुभएको र विभिन्न जिल्लामा रहेका होमस्टे भ्रमण गर्नुभएको उहाँलाई आफ्नो ठाउँमा पनि होमस्टेले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा टेवा पुग्ने, स्थानीयको जीवनस्तर उकासिने र दैनिक जीवनयापनमा परिर्वतन देखिन थालेको देख्दा खुसी लाग्छ । विमला थापामगरले २७ अतिथिको सेवा गरेर रु ३३ हजार सात सय आम्दानी भएको सुनाइन् । चुलोचौकामै सीमित भएकी उनी होमस्टेमा सक्रिय भएर लागेपछि घरपरिवारको खर्च आफ्नै कमाइले धान्नसक्ने भएकी छन् ।
चन्द्रकुमारी जर्गामगरलाई पहिलोपटक अतिथि आउँदा अत्यास लागेको थियो । तर अहिले उहाँमा धेरै परिर्वतन आएको छ । तालिम र अभ्यासले उनलाई साहसी बनाएको छ । घरदेखि टोलसम्म सरसफाइदेखि अतिथि सत्कार, थरिथरिका परिकार बनाउन सिकाएको छ । छ कठ्ठा पाखो बारीमा कोदो, फापर, दलहनको खेती, बाख्रा, कुखुरापालनदेखि जुठेल्नोमा सागसब्जी लगाउन जर्गामगर आफैँले भ्याइरहेकी छन् । “यहाँको उत्पादन बिक्री गर्न कतै धाइरहनु पर्दैन । स्थानीयले सजिलै आम्दानी लिन सकिरहेका छन्”, उनले भने ।
होमस्टेमा चार दिन बसेर फर्किएकी भक्तपुरकी सुभेच्छा भट्टराई यहाँको वातावरण, गाउँलेको व्यवहार र प्राकृतिक सुन्दरताले लोभ्याइरहने बताउनुहुन्छ । स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे व्यवसाय हाल देशभरी फैलिएको छ । होमस्टे महासङ्घ बागमती प्रदेशका अध्यक्ष गोविन्दप्रसाद हुमागाईँका अनुसार हालसम्म सिन्धुलीसहित ६८ जिल्लामा होमस्टे सञ्चालनमा छन् । एक हजार पाँच सय होमस्टे संस्थागतरुपमा दर्ता छन् ।
देशभर २२ हजार घरमा होमस्टे सञ्चालनमा रहेको उहाँ बताउनुहुन्छ । बागमती प्रदेशमा मात्रै एक सय २५ होमस्टे संस्थागतरूपमा दर्ता छन् । यसमध्ये ७५ होमस्टे सामुदायिक र अन्य निजीरूपमा चलेको तथ्याङ्क छ । इकागजबाट ।
वनस्पति दार: चिनारी
Tags: No Comments
बिषय प्रवेशः
लोकसेवामा वा हाजिरी जवाफ प्रतियोगितमा सोधिने एक प्रश्न ठेकीको लागि प्रसिद्ध जिल्ला कुन हो ? अनि यसको उत्तर मकवानपुर हो, यसले मकवानपुरको धेरै परिचय मध्ये एक पहिचान बनायो, यो हाम्रो गौरवको बिषय पनि बन्यो । कुनै दिन मकवानपुरमा बनेका ठेकी देशभरी बिक्रि हुन्थे । मानिसहरु खोजिखोजि मकवानपुरे ठेकी लिन आउथे तर अहिले यो अब इतिहाँसमा सिमित हुन पुग्यो । अर्को तथ्य अझ रमाइलो छ, यो ठेकी बन्ने काठ चाही के को हो भनेर हामिलाई सोध्यो भने यो दार हो भन्ने चाही हामी मध्ये धेरैलाई थाहा छैन ।
अनि त्यसमा पनि यो दारको रुख हाम्रो जिल्लामा कहाँकहाँ पाइन्छ ? प्राकृतिक रुपमा यसको अवस्था के छ ? दारको रुख देखेका छौ भनेर सोधियो भने यसको उत्तर चाही झन् निरासाजनक छ । हाम्रो जिल्लामा दार करिव नगन्य र लोप हुने अवस्थामा छ भनेर हामीले भन्नु पर्दा हामि दुखि छौ तर निराश छैनौ र यसै तथ्यलाई मध्यनजर गरेर हामी यसको प्रवर्धन गर्न अभियान नै संचालन गर्दैछौ, त्यसैको एक कदमको रुपमा यो सानो ब्रोसर तपाई समक्ष आइपुगेको छ ।
परिचयः
नेपालीमा दार वा गित्थी वा पारो भनेर चिनिने यसको बोटानिकल नाम Pouzolzia rugulosa हो जुन Urticaceae परिवार अन्तर्गत पर्दछ । सन् २००९ बाट यसको बोटानिकल नाम Pouzolzia rugulosa लेख्न सुरु गरिएको छ । जर्मन वनस्पतिशास्त्री Georg Rutholf Boehmer को सम्मानमा यसको वानस्पतिक नाम बोइमर
राखिएको हो ।
यो एक सानो देखि उचाईमा ३० फिट सम्म हुने मध्यम आकारको सदावहार रुख हो । यसको पातलाम्चो र लामो र टुप्पोतिर चुच्चो परेको, अल्टरनेट भई तीनवटा मुख्यनशाहरु र पातको किनारामा दाँतिहरु रहेको हुन्छ । पातको माथिल्लो सतहमा रातो थोप्लाहरु हुन्छन् भने तल्लो सतह नरम मखमली (सेतो) हुन्छ । पातको लम्बाई ५.५ देखि १८ सेन्टिमिटर सम्म लामो र २ देखि ४.५ से.मि. चौडाईको हुन्छ । यसको बोक्राको रंग गाढा खैरो भई माथिल्लो सतहमा स–साना मध्यम चतुर्रभुजाकार खस्रो र गहिरो चिरा वा धाँजाहरु फाटेको हुन्छ ।
यसको काठ गाढा रातो, मध्यम किसिमको कडापना तथा तौल भएको चिल्लो र समान वा एकैनासे दानादार हुन्छ । यसको फूल सानो हरियो रंगको भई साधारण किसिमको स्पाईक (सानो डाँक्ला) मा अडिएर रहेको हुन्छ । यसको फल दुबै तिर चुच्चो परेको सुख्खा, एकबिजिय हुन्छ । यो प्रकाश मन पराउने (Light Demander), सुक्खा खप्ने (Draught Hardy), तुषारो नसहने (Frost Tender) र पानि नजम्ने , हल्का भिरालो स्थानमा राम्रो संग हुर्कने प्रजाति हो । यसले साना बिरुवा हुँदा मुना राम्रो दिएतापनि ठुलो रुख भएपछी कम मुना मात्र दिन्छ ।
भौगोलिक वितरण (Geographic Distribution)
वन बिभाग (२०७७) अनुसार यो प्रजाति समुद्र सतहबाट ३०० देखि १७०० मिटरको उचाईमा नेपाल लगायत भारतको गढवाल तथा भुटान सम्म केही भिरालो तथा सुख्खा पाखाहरुमा पाईन्छ । नेपालमा यो प्रजाति प्रायजसो माथिल्लो उचाईको साल वन तथा १५०० मिटर सम्मको टुनी, चाँप, गमारी, सौरका वनमा पूर्वदेखि पश्चिम सम्म ३९ वटा जिल्लामा पाइन्छ । दारको मुख्य प्राकृतिक बासस्थानमा उदयपुर, धनकुटा, पाँचथर, इलाम क्षेत्र, मकवानपुर, चितवनको र नुवाकोटको त्रिशुली क्षेत्र, गोर्खा, तनहू पर्वतको काली गण्डकी किनार, पाल्पा, गुल्मी, दाङ्गको चुरे क्षेत्र, सल्यान,जारजरकोट, सुर्खेत, र डोटी र डडेधुराको चुरे क्षेत्र दारका जङ्गलहरू रहेका छन् ।
मकवानपुरमा दारको छुट्टै अध्ययन छ या छैन त्यसको तथ्यांक हामीसंग छैन तर हाम्रो छलफलको क्रममा पत्ता लागेको चाही मनहरी क्षेत्र, भैंसे भीमफेदी खण्ड, मकवानपुरगढी, ठिंगन, बागमतीको उत्तरी भेगमा यसको उपस्थिति ब्यापक थियो र अहिले थोरै भएपनि प्राकृतिक अवस्थामा र केहि निजि किसानको जग्गामा पाइएको छ । अन्यत्र कहाँ कहाँ कुन अवस्थामा छ खोजि र अध्ययन गर्नुपर्ने छ ।
उपयोगिताः
यसको सबैभन्दा बढी र हामीलाई थाहा भएको उपयोगिता चाही काठबाट बनाईने भाँडाकुँडाको लागि हो । यो प्रजातिको काठको स्पेसिफिक ग्राभिटी ०.६५ रहेको हुनाले तुलनात्मक रुपमा अन्यप्रजातिको भन्दा यसको तौल कम हुन्छ जसले भाँडाहरु तुलनात्मक रुपमा हलुका र सहज हुन्छन । यसको काठ मुलत पहाडी भेगमा विभिन्न किसिमका भाँडाकुँडाहरु जस्तै कप, प्लेट, हर्पे, दुँधेरो (दुधदुहुने भाँडो), ठेकी (दही राख्ने वा जमाउने भाँडो) आदि वनाउन प्रयोग गरिन्छ । यी काठका भाडाकुडामा खाध्य वस्तु भण्डारण गरेमा खाध्यवस्तुको स्वाद राम्रो हुने र दहि राम्रोसंग जम्ने विश्वास गरिन्छ । यसको अर्को अत्यधिक प्रयोग डालेघाँसको लागि हुने गरेको छ । गाईबस्तुले निकै मन पराउने हुनाले जंगलको प्राकृतिक अवस्थामा र किसानले सुक्खा याममा घाँसको रुपमा खपत गर्ने गरेका छन् । यसैगरी यसको औषधीय महत्व पनि रहेको छ ।

यो प्रजातिको बोक्रा काटेको घाउबाट रक्तस्राव रोक्न र घाँउ चाँडै निको गाराउनमा प्रयोग गरिन्छ । यसको वोक्रमाहुने चिप्लो पदार्थ सेल रोटी तथा कोदोको रोटी फुलाउनको लागि समेत प्रयोग गर्ने गरिन्छ भने छालामा फोका उठेमा सोको उपचारमा समेत स्थानीय समुदायहरुले यसको प्रयोग गर्ने गरेको पाईन्छ । त्यसै गरी यसको पातलाई कुटेर पेष्ट वनाई धाउमा र हाटखुट्टा भाचिएकोमा र मधुमेह रोगको परम्परागत ओषधिउपचारमा प्रयोग गरिन्थ्यो तर अहिलेको आधुनिक औषधि पद्धतिमा यो चलन क्रमश कम हुदैंछ । साथै यो कम्जोर, भिरालो जमिन, सुक्खा क्षेत्रमा पनि सहज हुर्कने हुनाले क्षतिग्रस्त जमिन र भू क्षयको पुनस्र्थापनामा निकै उपयोगी मानिन्छ ।
प्रसारण विधी र खेतीबिस्तार (Propagation and Cultivation)
यसको बीउ असोज देखि पौष महिनाको बीचमा पाक्ने गर्दछ । यसको बीउहलुका र १ मिलिमिटर (सानो बिउ) सम्मको हुन्छ । यसको नर्सरी प्रविधिअन्य धेरै मासिना बीउहुने वनप्रजातिको विरुवा उत्पादनसँग मिल्दोजुल्दो रहेको छ । बिउ संकलन गरेपछि नर्सरीको सफा जमिनमा माटोमा बालुवा मिक्स गरेर वा ट्रे मा वालुवा माटोको मिश्रणमा पातलो गरि छर्ने र त्यसमाथि पातलो बालुवा छरेर थोरै चिस्यानमा यसको बिरुवा राम्रो उम्रन्छ ।
सम्भव भएसम्म यसलाई प्लास्टिकको झिल्लीले छोप्ने वा छहारीको व्यवस्था गर्ने तर सिधै माथिबाट पानीको थोप्ला पर्न नदिने । पानीको ठुलो थोप्ला भएमा भाचिने र मर्ने हुन्छ । बढी पानि भएमा बिउ बगाउने र सानोमा नै बिरुवा मर्ने डर हुन्छ । सानोमा बिरुवा अत्यन्त सानो उम्रने हुँदा निकै स्याहार गर्नुपर्ने हुन्छ । यो प्रजातिको प्रसारण कलमी हाँगा कटिंग विधिबाट समेत गर्न सकिन्छ । पछी बिरुवालाई स्थानीय माग अनुसार साना वा ठुला पोलिथिन ब्यागमा सारेर वृक्षारोपण स्थलमा लगेर रोप्ने तर यो बिरुवालाइ गाईबस्तु र जंगली जनावरबाट जोगाउन सुरुमा नै बारबेरको राम्रो व्यवस्था गर्नु पर्दछ ।
चुनौतीः
एक समयमा काठको ठेकी लगायतको बस्तुको अधिक माग र त्यसको आपूर्तिको लागि अधिक कटान र दोहनले यसको शंख्या निकै घटेर गयो । किसानले डालेघाँसमा अधिक प्रयोग गर्ने, अधिक हाँगा कटान पछी ठुलो रुख हुन् नसक्ने र त्यतिकै क्रमश सकिदै जाने, ढिलो बढ्ने हुनाले किसानको कम रुची हुनाले नया रोपणमा चासो कम हुँदा नया बिरुवा रुख भएनन ।
पछिल्लो समयमा सामुदायिक वनहरू सबैजसो साल लगायतका काठमा मात्र केन्द्रित हुनु, सरकारी स्तरमा यसलाई प्राथमिकता दिएर कार्यक्रम संचालन हुन् नसक्नु, खपत सबै तिरबाट गर्ने तर संरक्षण कोहि नगर्ने र यसको महत्व बुझाउन नसक्नु यसको
संरक्षणमा देखिएका मुख्य चुनौती हो । यसैगरि काठको सहज उपलब्धता नहुनाले परम्परागत ठेकी र काठको भाडा बनाउने पेशा पनि क्रमश बिस्थापित हुदै जानु र जिल्लाको परिचय बनाउन सफल हामी मकवानपुरका कसैले पनि यसको खोजखबर पनि नगर्नु पनि यहाको लागि चुनौती र दुखद पक्ष हो । प्राकृतिक वासस्थानमा रहेका माउँ वोटहरु कम हुदा फलको उत्पादनमा ह्रास आएको देखिन्छ र वोटमा फल लागेपनि अधिक र अनियन्त्रित डढेलो, खुल्ला चरिचरण र सानैमा नै घाँस काटेर लगिदिनाले यसको पुनरोत्पादनमा समस्याहुने गरेको छ ।
आगामी योजनाः
दारलाइ केन्द्रित गरेर छुट्टै नीति र योजना बनेका छैन र प्राय जिल्लाले र समुहले यसलाई मुख्य एजेन्डा बनाएको पाइदैन तर हामी मकवानपुरको परिचयसंग समेत यो जोडिएको हुनाले यसको संरक्षणमा हामि सबैले तुरुन्त लाग्नुपर्ने देखिएको छ अन्यथा यो परिचय किताब, पत्रिका, सिमेन्टका प्रतिमुर्तिमा (Statue) मात्र सिमित हुने भै सकेको छ । यो हामी वनकर्मीको लागि मात्र होइन यहाका सबै जनसमुदायको चासो र चिन्ताको बिषय हुनु पर्दछ । यसको लागि जिल्ला समन्वय समिति, यहाका सबै पालिका, सामुदायिक वन, संचारकर्मी, काठमा आश्रित उधोग व्यवसायीले अपनत्व ग्रहण गर्नुपर्दछ र हामि यसको लागि सबैलाई बिनम्र आग्रह गर्दछौ ।
अब हामीले यसको प्रवर्धनमा निम्न काम तुरुन्त गर्नु पर्ने देखिन्छ ।
- दार प्रजातिको संरक्षण र दिगो ब्यवस्थापनको लागि बृहद अध्ययन अनुसन्धान गर्ने, यहाँ रहेको वन बिज्ञान अध्ययन संस्थानका बि एस सी, एम एस सी का विधार्थीलाई अध्ययनको लागि सानो भएपनि छात्रवृतिको व्यवस्था पालिका वा वन कार्यालयले गर्नेिदार प्रजातिको संरक्षण र दिगो ब्यवस्थापन कार्ययोजना बनाउने, कार्वान्यवन गर्ने
- दारको प्राकृतिक वासस्थानको संरक्षण गर्ने, वनडढेलो र अतिक्रमण नियन्त्रण गर्ने
- निजी तथा कृषिवन प्रणालीको विकास र विस्तार गर्ने र सामुदायिक वन, निजि जग्गामा किसानलाई दार रोपण, संरक्षणमा पालिका वा वनकार्यालय वा काष्ठमा आधारित उधोग मार्फत अनुदानको समेत व्यवस्था गर्ने
- सामुदायिक वन तथा जिल्लाको वन व्यवस्थापन कार्ययोजनामा दार प्रजाति संरक्षणका कृयाकलापहरु समावेश गर्ने, समुहलाई उत्प्रेरित गर्ने
- यसको बारेमा प्रचारप्रसार तथा जनचेतनामूलक कृयाकलापहरु संचालन गर्ने ।
अन्त्यमाः
दार संरक्षणमा हामि मकवानपुरे निश्चय पनि निकै पछी परेका छौ तर कुरा यतिमा सिमित रहदैन । हामीलाई यहाको भूगोलले निकै साथ दिएको छ । यसले छुट्टै परिचय दिएको छ र यो परिचयलाई इतिहाँसमा मात्र सीमित नराखी फेरी नया शिराबाट काम सुरु गरौ, केहि फरक काम गरौ भन्ने उत्साहका साथ अगाडी बढेको जिल्ला समन्वय समिति, पालिका, सामुदायिक वन, निजि किसान, सकारात्मक संचारकर्मी अनि हामि वन कर्मी छौ । हामि सबैको प्रयासले यो बिषयलाई सुखद नतिजा दिने कुरामा हामि प्रतिबद्ध भएमा फेरी एक पटक ठेकी खोज्न, कच्चा पदार्थ खोज्न यहा आउने वतावरणको श्रीजना गरौ । हिजो सम्म हामीलाई यसको कम चासो भयो, खोजि भयो अब त्यो पाटो सकियो अब अहिले हामीकहा हेटौडा, मनहरीका हाम्रा नर्सरीमा बिसौ हजार दारका बिरुवा तयार हुदैछन, हामी प्राकृतिक अवस्थाको बिरुवाको पनि खोजीमा छौ यहि बर्षात को समयमा नै केहि काम गरेर सुरु गर्न पुन आग्रह गर्दछौ ।
स्रोतः डिभिजन वन कार्यालय राप्ती मनहरीद्वारा प्रकाशित ‘दार एक चिनारी’ब्रोसर ।