मकवानपुर । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कंडेलले नेपालमा कृषिसम्बन्धी प्रविधि हस्तान्तरणमा बीउबिजन व्यवसायीको ठूलो योगदान रहेको बताएका छन् । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको शनिबार भएकाे नवौँ साधारण सभामा उनले उक्त कुरा बताएका हुन् ।
साधारण सभामा उनले भने ‘राम्रो बीउ हुँदा उत्पादन वृद्धि हुने भएकाेले गुणस्तीरय बीउ आवश्यक भएको हाे ।’ आयात प्रक्रिया लामो हुँदा बीउ आउन ढिलाई हुने गरेको उनले बताए । यस्तै नेपाल बीउ व्यवसायी संघका केन्द्रीय महासचिव विश्वराज बानियाँले बिउबिजनसम्बन्धी नियमावलीको अभावमा बीउबिजन दर्ता रोकिए बताए । मौसममा आएको परिवर्तनले पनि कृषि उत्पादनमा समस्या आउने गरेकाे उनकाे भनाइ रहेकाे थियाे ।
यसैगरी मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले आर्थिक मन्दीले देशको सबै क्षेत्र प्रभावित भएको बताउँदै कृषियोग्य जग्गा प्लटिङ र युवा विदेसिने क्रम बढ्दै गएकोले कृषि उत्पादन प्रभावित भएको जानकारी दिए । अग्रवालले बीउबिजन व्यवसायीको समस्या समाधानमा उद्योग वाणिज्य संघले सहजीकरण गर्ने बताए ।
साधारण सभाका गुणस्तरीय बीउको अभावमा बीउबिजनमा नेपालको परनिर्भरता बढ्दै गएको भन्दै देशभित्रै गुणस्तरीय बीउ उत्पादनका लागि नीति निर्माणमा जोड दिइएको थियो । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष रमेश अर्यालको अध्यक्षतामा हेटौँडा उपमहानगरपालिका १८ स्थित गुम्बाडाँडामा भएको साधारण सभामा नेपाल बीउ व्यवसायी संघ बागमती उपाध्यक्ष हरिशरण अर्याल, नेपाल विषादी व्यवसायी संघ चितवनका अमोदराज कंडेल, बीउबिजन व्यवसायी सुदर्शन विष्टलगायतले आथित्यता रहेकाे थियाे ।
८ वटामा योजनामा १ करोड २६ लाख बजेट रकमान्तर
Tags: No Comments
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले विगतमा तय गरेकाे ८४ वटा योजनाबाट ४ करोड २६ लाख ३६ हजार बजेट घटाउँदै १० औं गाउँसभा सकेकाे छ । गाउँपालिकाकाे विकासकाे लागि बजेटकाे व्यवस्थापन हुनुपर्ने तर अघिल्लाे गाउँसभाले बजेट छुट्याउन छुटेका ८ वटामा योजनामा १ करोड २६ लाख बजेट रकमान्तर गरिएको छ ।
शुक्रबार गाउँपालिकाकाे वडा ८ बुढीचाैरमा गरिएकाे सभाले उत्त बजेट पास गरेकाे छ । मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाअध्यक्षतामा भएको सभामा उपाध्यक्ष मानकुमारी नेपाली (पाख्रिन)ले संसोधन सहितको विनियोजन विद्ययक र आर्थिक विद्ययक प्रस्तुत गरेकी थिइन् । सभाले उक्त विद्ययक बहुमतले पारित गरेको हाे ।
गाउँपालिकाले किसानकाे हितकाे लागि प्रतिलिटर दुग्ध उत्पादनमा १ रुपैयाँ अनुदान दिने गरी ६० लाख, सामाजिक सुरक्षाभत्तामा ४ लाख, अनुगमन तथा मुल्याङ्कनमा ४ लाख, सार्वजनिक सुनुवाई कार्यक्रममा ३ लाख, कार्यलय व्यवस्थापनमा १० लाख, नगरप्रहरी नियुक्तीमा ३० लाख र सेवा परामर्शमा १० लाख बजेट थपेकाे छ ।
बजेट कटौती गरे अनुसार रकमान्तर कम हुँदा मकवानपुरगढी गाउँपालिकाको बजेट ३ करोड ३६ हजार घटेको छ । यसअघि गाउँपालिकाले ७२ करोड ८२ लाख २ हजार ४६९ रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।
गाउँपालिका उपाध्यक्ष नेपाली प्रस्तुत गरेको आयव्यय बिवरण अनुसार चालु आर्थिक बर्षमा ४३ दशमलव ३ प्रतिशत अर्थात ३१ करोड ५३ लाख ६१ हजार वास्तविक आय भएको छ । चालु आर्थिक बर्षको वितेको ६ महिनामा १८ करोड ३५ लाख ४ हजार खर्च अर्थात २५ दशमलव १८ प्रतिशत वित्तिय प्रगति हासिल भएको छ ।

सभामा अध्यक्ष लामाले करारका कर्मचारीहरुको म्याद थप गर्ने, जिन्सी समान लिलाम, धुल्याउने र मिन्हा गर्ने, तलबी प्रतिवेदन स्वीकृती, आय व्यय विवरण समर्थन, आर्थिक र प्रशासनिक निर्णय अनुमोदन नियमावी कार्याविधि अनुमोदन गर्ने प्रस्ताव गरेकाेमा सभाले पास गरेकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले बताए । सभामा गाउँपालिकाका गाउँपालिकाका ८ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, कर्मचारीहरु र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
गाउँपािलका क्षेत्रिभत्र रहेकाे पर्यटकीय क्षेत्रकाे प्रवर्ध्दन तथा प्रचारप्रसारमा गाउँपालिकाले चासाे राख्नु पर्ने, वडा कार्यालयहरुकाे व्यवस्थापनकाे पाटाेमा पनि पालिकाले ध्यान दिनुपर्नेलगायतका सवाल वडा अध्यक्षहरुले उठाएका थिए ।
मकवानपुर । राष्ट्रिय कृषक समूह महासंघ, नेपाल बागमती प्रदेश कार्यसमितिकाे अध्यक्षमा विजय लामा चयन भएका छन् ।
महासंघ बागमती प्रदेशकाे आयाेजनामा हेटौंडामा भएको साना किसान सम्मेलन तथा दाेस्राे प्रदेश अधिवेशनले पुनः लामाको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । यस्तै उपाध्यक्षमा मिरा शाह, सचिव दिपक पुडासैनी, कोषाध्यक्ष ज्योत्सना खत्री,सह सचिव पदम बहादुर थापा चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा हिरा पोखरेल, भवानी प्रसाद न्यौपाने, सरिता सापकोटा,मीना राई,सरिना भट्टराई,सोमेस यापा,लक्ष्मण हुमागाई, जितमान तमाङ चयन भएका छन् । अधिबेशनले शुशिला काफ्ले संयोजक तथा छविन्द्र नारायण श्रेष्ठ र गणेश राज कायष्थ सदस्य रहेको लेखा समिति समेत चयन गरेको छ ।
अधिबेशन अघि महासंघले प्रभात फेरी कार्यक्रम गरेको थियो । प्रभातफेरी हेटाैडा वसपार्कबाट सुरु भई, टिसियन राेड, सिमाचाेक, बुद्द चाेक हुँदै उधाेग वाणिज्य संघसम्म भएको थियो ।
प्रभातफेरीमा कृषि विद्ययक जारी गर, किसान अधिकारको ग्यारेण्टी गर, कृषि जैविक विविधताको संरक्षण गर, कृषिजन्य उद्योग स्थापत गर, कृषिमा कालो वजारी बन्द गर, महिला किसानको सम्मान गर, किसानको उत्पादनको मूल्य निधारण गर, किसानलाई दुधको मुल्य भुक्तानी गर लगायतका नारा लगाइएको थियो ।
प्रभातफेरी पछि भएको कार्यक्रममा कृषि उत्पादनलाई बजार सुनिश्चतता गरेर सहयोग पु¥याउन कृषकहरुले सरकारसँग आग्रह गरेका छन् । सम्मेलनसँगै भएको प्रदेश स्तरीय कृषि कानून र किसान बिषयक सम्बाद कार्यक्रममा कृषकहरुले भूमिमाथिको स्वामित्व समस्या समाधान गरिनुपर्नेमा जोड दिएका छन् । यस्तै संघीय, प्रदेश तथा स्थानीय सरकारहरुले कृषक पहिचान गरि वर्गीकरण गरेर व्यवसायिक तथा साना किसान छुट्याइ परिचयपत्रको व्यवस्था गरिनुपर्नेमा समेत सुझाव दिएका छन् । यस्तै कार्यक्रममा प्रदेश कृषि बिकास ऐन २०८० मा कमी रहेका बिषयमा समेत थप बिषयहरुको ड्राफ्ट समेत प्रस्तुत गरिएको छ ।
बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाईंको प्रमुख आतिथ्यता तथा राष्ट्रिय कृषक समूह महासंघ प्रदेश अध्यक्ष विजय लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ केन्द्रिय अध्यक्ष नमराज बस्नेत, प्रदेश संयोजक राजेन्द्र बस्नेत, गैर सरकारी महासंघस महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठक, राष्ट्रिय कृषक समूह महासंघ केन्द्रिय उपाध्यक्ष अनिता मडै तथा केन्द्रिय महासचिव रिता बास्ताकोटी, राष्ट्रिय कृषक समूह महासंघ केन्द्रिय सदस्य महानन्द सापकोटालगायतको उपस्थित रहेको थियो ।
थाहानगरको पर्यटन प्रवर्द्धनका लागि हेटौडामा फोटो प्रदर्शनी (तस्विरसहित)
Tags: No Comments
मकवानपुर । मकवानपुरको थाहा नगर तथा उत्तरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि शुक्रबारबाट फोटो प्रदर्शनी गरिएृकाे छ । हेटौंडाको बुद्धचोकमा शुक्रबारदेखि सुरु फोटो प्रदर्शनी शनिबारसम्म हुनेछ ।
फाेटो प्रदर्शनीमा ६० वटा फोटो राखिएको हो । शु्क्रबार हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामाले फोटो प्रदर्शनीको उद्घाटन गरेकी छिन् । उद्द्घाटन गर्दै मेयर लामाले मकवानपुरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने विषयमा जनप्रतिनिधिहरुबिच छलफल भइरहेको बताईन् ।
थाहानगरका फाेटाेग्राफरहरु गणेश विष्ट, सुरजकुमार भुजेल, विज्ञान विष्ट, रामकुमार कार्की, कृष्ण अधिकारी, रुपेश गाेपाल, श्रीकृष्ण श्रेष्ठ, प्रेम बलामी र शम्भु अधिकारीले खिचेको फोटोहरू प्रदर्शनीमा राखिएका छन् । थाहा नगरको पर्यटकीय क्षेत्र, प्राकृतिक, धार्मिक स्थल, सभ्यता, संस्कृति र जीवनशैली समेटिएका फोटो प्रदर्शनीमा राखिएको छ ।
काठमाडौँबाट नजिक रहेको थाहामा पर्यटनको प्रचुर सम्भावना रहेको उत्तरी मकवानपुरको सम्पदा, सभ्यता र जीवनशैलीलाईसमेटेर फोटाे प्रदर्शनी गरिएकाे फरक सोचका संयोजक यादवजंग रायमाझीले बताए । थाहा नगरसँगै इन्द्रसरोवर गाउँपालिका आसपासका क्षेत्र आन्तरिक एवम् बाह्य पर्यटकको रोजाइमा परिरहेको सन्दर्भमा आयोजना गरिएको फोटो प्रदर्शनीले मकवानपुरकाे उत्तरी क्षेत्रकाे पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्ने आयोजकले बताएकाे छ ।
थाहा नगरपालिकाको आयोजना एवम् हेटौँडा उपमहानगरपालिका, नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखा र फोटो पत्रकार सङ्घ मकवानपुरको सहयोगमा तथा फरक सोच र शिखर क्लबको व्यवस्थापनमा भइरहेको प्रदर्शनी शनिबारसम्म हुनेछ ।








मकवानपुर । बागमती प्रदेशले भ्रमण वर्ष २०२४ शुभारम्भ गरेकाे छ । प्रदेशकाे संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले साेमबार प्रदेश भ्रमण बर्ष २०२४ शुभारम्भ गरेको हाे ।
सोमबार अंग्रेजी नयाँ बर्षको दिन हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरी संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले शुभारम्भ गरेका हुन् । बागमती प्रदेशमा विद्यमान पर्यटकीय स्थल र सम्भावनाहरुको पहिचान, संरक्षण, सम्बर्धन र प्रचार प्रसार गरी पर्यटकीय गतिविधिहरुलाई अभिवृद्धि गर्ने र सो को माध्यमबाट बागमती प्रदेशका पर्यटकीय स्थलहरुमा पर्यटक आवागमन बढाउदै अर्थतन्त्रलाई समेत गतिशिल बनाउने उद्धेश्यले २०२४ लाई प्रदेश भ्रमण बर्ष शुभारम्भ गरिएको मन्त्र महर्जनले बताए ।
विश्व सम्पदा सूचिमा समेत समावेश भएका यस्ता ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदाहरुको उचित संरक्षण र प्रचार प्रसार गरी आगामी दिनहरुमा धेरै भन्दा धेरै पर्यटकहरुले भ्रमण तथा अवलोकन गर्ने वातावरणको निर्माण गर्नुका साथै भावी पुस्ताका लागि समेत यस्ता धरोहरहरु संरक्षण एवं हस्तान्तरण गर्ने वातावरण निर्माण सहयोग पुग्ने मन्त्रालयका सचिब गोविन्द रिजालले बताए । उनले भने ‘भ्रमण वर्षले आन्तरिक र वाह्य पर्यटकलाई प्रोत्साहन गर्दै समग्र विकासमा महत्वपूर्ण सहयोग पुग्नेछ ।’
बामगती प्रदेश सरकारले सन् २०२० मा प्रदेश भ्रमण बर्ष घोषणा गरेपनि कोभिड १९ को महामारी रोकिएको थियो । कोभिड–१९ पछि विभिन्न कारणले सुस्ताएको पर्यटन क्षेत्रलाई पूनः जीवन्त र गतिशिल बनाउन र बागमती प्रदेशको भ्रमण गर्ने सबै पाहुनाहरुलाई यस प्रदेशको विविधताका बारेमा स्वः अवलोकन र मूल्याङ्कन गर्ने बातावरण निर्माण महत्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले अपेक्षा लिएको छ ।
त्यसको लागि मन्त्रालयले प्रदेशमा रहेका पर्यटक प्रर्वद्धनमा सक्रिय विभिन्न संघसंस्था तथा सरोकारवाला ब्यक्तिहरुसंग अन्तरक्रिया, पर्यटकीय स्थलको प्रचारप्रसार लगायतका कार्यक्रम गरिने रिजालले जानकारी दिए । उनले भ्रमण वर्षमा प्रदेशको १३ वटै जिल्लामा गविधि सञ्चालन गर्नका लागि करिब १ करोड बजेट विनियोजन गरेको बताए । उक्त बजेट पर्याप्त नभएको भन्दै रिजालले २ करोड भन्दा बढी बजेट थप गर्न माग गरिएको जानकारी दिए । उनका अनुसार चाडै नै औपचारिक कार्यक्रम गरेर भ्रमण वर्षको भव्य सुरुवात गरिने छ ।
बागमती प्रदेश मन्त्रिपरिषद्काे गत कार्तिक २२ गते बुधबारकाे बैठकले बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने निर्णय गरेकाे थियाे । बैठकले प्रदेश भ्रमण वर्ष २०२४ घोषणाको आन्तरिक तयारीकाे लागि संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयलाई जिम्मेवारी ताेकेकाे थियाे । त्यही जिम्मेवारी पुरा गर्न मन्त्रालयले साेमबार भ्रमण वर्ष शुभारम्भ गरेकाे हाे । तर तयारी विनै गरिएकाे भ्रमण वर्ष शुभारम्भलाई लिएर प्रदेश सरकारकाे आलोचना भएकाे छ ।