मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम सुरु गरेको छ ।
भीमफेदी ५ माथिल्लो सुपिङ्गबाट सुरु भएको कार्यक्रमकाे गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले शुभारम्भ गरेकी छन् । कार्यक्रमको शुभ आरम्भ गर्दै उपाध्यक्ष रानाले गाउँपालिकाले जेष्ठ नागरिक तथा दिर्घ रोगीहरुका लागि सम्वन्धित वडा बाटै स्वास्थ सेवा उपलब्ध गराउने गरी कार्यक्रमको सुरु गरेको बताईन् ।
सबै वडामा घरमै स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरिक तथा दिर्घ रोगीहरुको परीक्षण पश्चात आवश्यक औषधीहरुको पनि व्यवस्था गरिने उनले बताईन् । मंगलबार सुरु भएको कार्यक्रममा ३० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक राम थिङ्गले जानकारी दिए ।

स्वास्थ्य संयोजक थिङ्गका अनुसार स्वास्थ्य परीक्षणमा जेष्ठ नागरिकहरु तथा दिर्घ रोगीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिइएकाे छ । उनले भने– ‘स्वास्थ्य परीक्षणबाट तत्काल उपचार गर्नु आवश्यक पर्ने देखिए गाउँपालिकालेनै रिफर गरेर उपचार गरिनेछ व्यवस्था समेत गरिने छ ।’ आज बुधबार भीमफेदी ६ नंबर वडामा जेष्ठ नागरिक तथा स्वास्थ्य सेवा कार्यक्रम गरिने बताइएकाे छ ।
मकवानपुर । शुक्रबार मकवानपुर क्याम्पसमा एक कार्यक्रम बिच ८१ सदस्यीय अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीको पुनर्गठन गरिएको छ। पुनर्गठित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (अनेरास्ववियु ) मकवानपुर जिल्ला कमिटीको अध्यक्षमा अरुण बर्तौला चयन भएका छन् ।
लामो समय देखिको साङ्गठनिक शून्यतालाई हटाउदै विद्यार्थी इन्चार्ज मिना लामा, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य ईश्वर ढुङ्गाना लगायतको सहभागिता र छलफलको निर्णय अनुसार कमिटी निर्माण गरिएको अनेरास्ववियु केन्द्रिय कमिटि सचिव किशोर टण्डनले जानकारी दिए ।
पुनर्गठित कमिटीको उपाध्यक्षमा शिशिर पराजुली, अमृत बर्तौला, सचिवमा आकास अधिकारी सह सचिवमा कृष्ण चन्द्र पुरी, जोशिना बर्तौला, निर्मल सापकोटा, एसके शर्मा कडेल, उज्ज्वल बर्तौला र रमा देवकोटा चयन भएका छन् ।
कार्यक्रममा अध्यक्ष बर्तौलाले सम्पूर्ण विद्यार्थीको साथ-सहयोग लिएर विद्यार्थीको हक र हितका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाए ।
त्यस्तै विभिन्न क्याम्पस कमिटी र स्थानीय तह कमिटीहरु पनि निर्माण गरिएको टन्डनले जानकारी दिए ।
मकवानपुरका स्थानीय तह र क्याम्पस कमिटीका संयाेजक तथा सहसंयाेजकहरूकाे नामावली
१. मकवानपुर बहुमुखी क्याम्पस
संयोजकः मनिष गौतम
सह-संयोजकः विश्वास पराजुली
२. हेटौडा क्याम्पस
संयोजकः अन्जन खड्का
सह-संयोजकः शंकर लामा
३. फरेष्ट्रि क्याम्पस (TU)
संयोजकः विमल सापकोटा
सह-संयोजकः सुसन विश्वकर्मा
४. मनहरी बहुमुखी क्याम्पस
संयोजकः कुमार घिसिङ्ग
सह-संयोजकः
५. निर्मल बहुमुखी क्याम्पस
संयोजकः कल्पना ब्लोन
सह-संयोजकः सरु वाइवा
६. हेटौडा उपमहानगरपालिका
संयोजक: सुपेन लामा
सह-संयोजकः रोजन घिमिरे
७. मनहरी गाँउपालिका
संयोजकः वाशु वतीला
सह-संयोजक: अनुजा गुरुङ्ग
८. राकसिराङ्ग गाँउपालिका
संयोजकः यानेन्द्र थिङ्ग
सह-संयोजकः पवन प्रजा
९. कैलाश गाँउपालिका
संयोजकः मनिष बतौला
१०.थाहा नगरपालिका
संयोजकः मनिष लामा
११.ईन्द्रशरोवर गाँउपालिका
संयोजक: रमा देवकोटा
१२. भिमफेदी गाँउपालिका
संयोजकः सुदन विश्वकर्मा
१३. मकवानपुरगढी गाँउपालिका
संयोजकः ईन्द्र प्रसाद लम्साल
सह-संयोजकः संन्चमान भोलन
१४. बैंकैया गाँउपालिका
संयोजक: शंकर लामा
१५. फरेष्ट्रि क्याम्पस (AFU)
संयोजक: निरन्जन रिजाल
१६.पालुङ्ग बहुमखी क्याम्पस
संयोजक: सुशान्त रुम्बा
मकवानपुर । नारी सीप सिर्जना केन्द्रको आयोजनामा नेपालमा महिलाहरूको परिवर्तनकारी नेतृत्व परियोजनाको समिक्षा तथा लेखा परिक्षण कार्यक्रम गरिएको छ ।
अस्फाम नेपालसँगको साझेदारीता संचालित कार्यक्रमको समिक्षामा हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख मिना कुमारी लामा, थाहा नगरपालिका उपप्रमुख खड्ग गोपाली बागमती गाउँपालिक उपाध्यक्ष निर्मला हिमडुङ कैलाश गाउँपालिका उपाध्यक्ष सुकुमाया थिङ, मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बा, इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष उमा भोलोनलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नारी सीप सिर्जना केन्द्रका कार्यकारी निर्देशक चिरञ्जीवी पौडेलले परियोजनाको अक्टोबरदेखि मार्चसम्म को आर्थिक र कार्यक्रम प्रगतिबारे समिक्षा गरेका थिए । नारी सीप सिर्जना केन्द्रका अध्यक्ष सरस्वती बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले महिला जनप्रतिनिधिको लागि पारिवारिक सहयोग बिना अर्थपूर्ण सहभागिता देखाउन नसकेको बताएका थिए । राजनीतिक पृष्ठभुमिबाट महिलाको नेतृत्वमा सकारात्मक प्रगती भए पनि पारिवारिक अवस्था उस्तै रहेको सहभागीले बताएका थिए ।
काठमाडाैं/ सरकारले भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । सभा, जुलुस, गोष्ठीलगायतका भिडभाड हुने कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो ।
केही दिनयता छिमेकी देश भारतलगायत देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र सर्तकता अपनाउन आवश्यक रहेको पनि मन्त्रालयले जनाएको छ ।
भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । सङ्क्रमण फैलिएपछि केही ठाउँमा लकडाउन गरिएको छ भने केही ठाउँमा कडाइ गरिएको छ ।
मन्त्रालयले आइतवार विज्ञप्ति निकालेर मास्ककाे अनिवार्य र उचित प्रयाेग गर्न तथा साबुन पानी राम्राेसँग हात धुने वा स्यानिटाइजरकाे प्रयाेग गर्न आग्रह गरेकाे छ ।
‘मन्त्रालयबाट विगतमा जारी गरिएका अन्य जनस्वास्थ्यका मापदण्डहरू समेत पालना गरी काेभिड–१९ काे सङ्क्रमण राेकथाममा सहयाेग गर्न सराेकारवाला सबैमा अनुराेध छ’, विज्ञप्तमा भनिएकाे छ ।

(उज्यालाेबाट )
मकवानपुर / नारायणी यातायात व्यवसायी संघको रुपान्तरित कम्पनी तथा नारायणी संघको वार्षिक साधारणसभा शनिबार हेटौंडामा भएको छ । नेपाली काँग्रेस मकवानपुर सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आथित्यमा कार्यक्रम भएको हो ।
कार्यक्रम नेता बानियाँले यातायात क्षेत्रको समस्या समाधान गर्ने सरकार उदासिन रहेको बताए । विकासको मेरुदण्ड यातायात भएको भन्दै सरकारले यातायात क्षेत्रको समस्यालाई बेवास्ता गर्न नहुने बानियाँले बताए ।
सरकारले साना लगानीका यातायात व्यवसायीलाई एकोहोरो पेलाईमा राखेको कारण व्यवसाय खस्किंदो रहेको संघका अध्यक्ष हिरालाल श्रेष्ठले बताए । सवारी दुर्घटनामा चालकलाई बढी दोषी देखाउने प्रवृत्तिप्रती संघको आपत्ति रहेको उनले बताए । ‘कतिपय दुर्घटनामा चालक स्वयमको मृत्यु हुनेगरेको छ,आफूले आफैं गुमाउन को चाहन्छ ‘ श्रेष्ठले भने ‘दुर्घटना न्यूनीकरण गर्न राजमार्गको मर्मत तथा लाईसन्स वितरण प्रक्रियामा सुधार ल्याउनु पर्छ ।’
कार्यक्रममा संघका प्रबन्ध सञ्चालक सरोजकुमार खनालले चालकलाई अनुमाती पत्र दिनुपुर्व कम्तिमा ३ महिना प्राविधिक शिक्षा दिनुपर्ने बताए । यातायात क्षेत्रको दीगो विकास, व्यवस्थापन तथा प्रवर्द्धनका लागि अधिकार सम्पन्न राष्ट्रिय यातायात प्राधिकरण गठन गरिनुपर्ने खनालले बताए । कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, संघका पुर्व अध्यक्ष बद्री चौलागाईंलगायतको उपस्थिति रहेको थियो ।