मकवानपुर । मकवानपुरको हेटाैडाबाट काठमाडाैं प्रवेश गर्ने हेटाैडा–कुलेखानी–फाखेल– काठमाडाैं छाेटाे मार्ग अन्तरगत कुलेखानी–फाखेल सडकखण्ड आज चैत २८ शनिबारदेखि एक महिना बन्द हुने भएको छ ।
इन्द्रसरोवर गाउँपालिका अन्तरगत पर्ने कुलेखानी–फाखेल सडकखण्ड पुनः मर्मत गर्नको लागि अाज चैत्र २८ गतेदेखि २०७८ साल बैशाख २८ गतेसम्मका लागि बन्द हुने यातायात पूर्वाधार विकास निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।
निर्देशनालयका अनुसार कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौंकाे सिमाना फर्पिङसम्मको सडकको मर्मत गरिने भएकाे हाे । मर्मत अन्तरगत ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यको लागि कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सबै प्रकारको यातायात सेवा बन्द गर्न लागिएकाे निर्देशालयले जनाएकाे छ ।
तर, हेटाैडा– कुलेखानी– सिस्नेरी–दक्षिणकालिका काठमाडाैं सडकखण्डमा भने सवारी यातायात संचालन हुने बताइएकाे छ । प्रदेश यातायात पूर्वाधार निर्देशनालय, यातायात व्यवसायी, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीहरुको शुक्रबार बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
मकवानपुरकाे कुलेखानीदेखि सिस्नेरी र दक्षिणकालिकासम्मकाे सडक ढल निकास र कालो पत्र निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि मात्रै बन्द गर्ने सहमति भएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।
मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरकाे हेटौंडा – ९ मा वडा कमिटी गठन भएकाे छ । विष्णु राना मगर अध्यक्ष रहने गरी २१ सदस्यीय वडा कमिटी गठन भएको हो ।
कमिटिकाे सदस्यहरुमा दिर्घ पौडेल, भरत नेपाल, मैजु देवकोटा, भक्तबहादुर बुढाथोकी, दिलमाया तामाङ, रामबाबु घिमिरे, दिपक राउत, विमिता नेपाली, शिव अधिकारी लगायत २१ सदस्यीय रहेका छन् । कमिटी विस्तारसँगै आगामी बैशाख ४ गते नेकपा माओवादी केन्द्रको वडा कमिटी सम्पर्क कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा हेटौंडा उपमहानगरपालिका नगर कमिटीका अध्यक्ष तिर्थ थापा मगरले जानकारी दिए ।
कमिटी विस्तार कार्यक्रममा नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका इन्चार्ज विवेक राई, जिल्ला कमिटी सदस्य प्रकाश पौडेल, गंगा भट्टराई, महिला नेतृ रञ्जना श्रेष्ठ, कमला पौडेलसहितको उपस्थिति थियो । कार्यक्रम नेकपा मकवानपुरका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन “पृथक” को प्रमुख आतिथ्यतामा भएको हो ।
मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकामा ५ सय ३४ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । बकैया-६ स्थित सहिद स्मृति पार्कमा शुक्रबार भएकाे पार्टी प्रवेश तथा भेला कार्यक्रममा नेकपा माअाेवादी, एमाले र राप्रपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।
पूर्व जलस्राेत राज्यमन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँलगायतले टीका र खादा लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । नेपाली कांग्रेस बकैया गाउँपालिका सभापति भूमिनन्द गाैतमकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पूर्व जलस्राेत राज्यमन्त्री डीना, नेता बानियाँ, नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, काेषाध्यक्ष बुद्ध लामा, सल्लाहकार रिता खनाललगायतलु मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमकैबीच नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्षमा निर्वाचित रुपेश दुलाल र मकवानपुर शाखा अध्यक्षमा निर्वाचित मणिराज गाैतमलाई सम्मानसमेत प्रदान गरिएकाे थियाे ।
मकपानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा मणिराज गौतम निर्वाचित भएका छन् । पत्रकार महासंघ मकवानपुरको चैत २५ गते भएकाे निर्वाचनमा प्रेस चौतारीतर्फका बालकृष्ण अधिकारीलाई ४४ मतले पराजित गर्दै प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनका गौतम निर्वाचित भएका हुन् । अध्यक्ष गौतमले १ सय मत प्राप्त गर्दा प्रतिस्पर्धी अधिकारीले ५६ मत प्राप्त गरेका थिए ।
त्यस्तै, महासंघ मकवानपुरको उपाध्यक्षमा ध्रुबप्रसाद अधिकारी, महिला उपाध्यक्षमा सरला अधिकारी, खुल्ला सचिवतर्फ शुभलक्ष्मी विश्वकर्मा, सह–सचिव खुल्लातर्फ यमप्रसाद पौडेल (एमपी शर्मा) सह–सचिव समावेशीतर्फ मन्दिरा बानियाँ (मानबी) र कोषाध्यक्षमा केशव समर्पण सुबेदी निर्वाचित भएका छन् ।
यस्तै, खुल्लातर्फको सदस्यमा क्रमशः अर्जुन संञ्जेल, उज्ज्वल अधिकारी, प्रदिप अधिकारी, बलराम पुडासैनी, रेवती प्रसाद तिमल्सिना (नविन), विजय पौडेल र श्रृजना नेपाल निर्वाचित भएका छन् । सदस्य महिलातर्फ रुपा गुरुङ, सदस्य दलिततर्फ शान्ति सुनार (निर्विराेध), सदस्य आदीबासी जनजातितर्फ नवराज वाईबा र सदस्य (मधेशी) तर्फ आदित्य कर्ण निर्वाचित भएका छन् ।
यसै गरी प्रदेश परिषद् सदस्य (खुल्ला) तर्फ गणेशदर्पण अधिकारी, विश्वराम अधिकारी (विवश), रविन्द्र गौतम, शिव चौलागाई, सुजन ढकाल, सुनिल शिवाकोटी निर्वाचित भएका छन् । प्रदेश परिषद् महिलातर्फ क्रमशः आरती ढकाल, भावना रिजाल र आदीबासी जनजातितर्फ अमर लामा र अशोक सुजन श्रेष्ठ निर्वाचित भएका छन् । प्रदेश परिषद् सदस्य दलिततर्फ कृष्णराम परियार निबिरोध निर्वाचित भएका छन् ।
त्यस्तै, केन्द्रीय परिषद् सदस्य (खुल्ला) मा भानुभक्त आचार्य र राजन (खुसराज) दाहाल, (महिला) मा नानीमैया विष्ट निर्वाचित भएका छन् भने केन्द्रीय परिषद् सदस्य (आदीबासी जनजाति) तर्फ सुर्वणलाल श्रेष्ठ निबिरोध निर्वाचित भएका छन् ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा आवद्ध १ सय ६४ जना मध्ये १ सय ६१ जनाले मात्रै मतदानमा भाग लिएका थिए ।
मकवानपुर । हेटौडा-१८ हर्नामाडीमा बुधवार हर्नामाडी डिप बोरिङ खानेपानी समितिको समितिको भेला सम्पन्न भएको हो । वडा अध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्यतामा भएको भेलामा समितिका उपभोक्ताले निर्माण कार्य जारी रहेको बताउदै ट्यान्की बनाईएको स्थल र डिप बोरिङ रहेको स्थानमा बजेट उपलब्ध गराउन आग्रह गरेका थिए । उक्त स्थान जोखिम हुन सक्ने भन्दै कम्पाउण्डको लागि बजेट माग गरेको समितिका अध्यक्ष रामकृष्ण बानियाँले जानकारी गराए ।
कार्यक्रममा समितिको आयव्यय समेत प्रस्तुत गरिएको थियो । जसमा आम्दानी ९ लाख १७ हजार र खर्च ८ लाख ८३ हजार रहेको बानियाँले बताए । सुरुवाति चरणमा रहेको कारणले र निर्माण कार्य जारी रहेकोले धेरै बचत गर्न नसकेको बताए ।
कार्यक्रमा नेपालि काङ्रेसका प्रतिनिधि राजेन्द्र बानियाँ, एमालेका ईमान बहादुर थापा, नेकपा माओबादिका जित बहादुर तिमल्सिना र राप्रपाका बालकुमार क्ष्रेष्ठ लगाएत उपभोक्ताहरुको उपस्थिति थियो । समितिबाट सञ्चालन भएकाे खानेपानी हाल १ सय ५५ घरधुरीले प्रयोग गर्दै आईरहेका छ्न् ।