मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरकाे हेटौंडा – ९ मा वडा कमिटी गठन भएकाे छ । विष्णु राना मगर अध्यक्ष रहने गरी २१ सदस्यीय वडा कमिटी गठन भएको हो ।
कमिटिकाे सदस्यहरुमा दिर्घ पौडेल, भरत नेपाल, मैजु देवकोटा, भक्तबहादुर बुढाथोकी, दिलमाया तामाङ, रामबाबु घिमिरे, दिपक राउत, विमिता नेपाली, शिव अधिकारी लगायत २१ सदस्यीय रहेका छन् । कमिटी विस्तारसँगै आगामी बैशाख ४ गते नेकपा माओवादी केन्द्रको वडा कमिटी सम्पर्क कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा हेटौंडा उपमहानगरपालिका नगर कमिटीका अध्यक्ष तिर्थ थापा मगरले जानकारी दिए ।
कमिटी विस्तार कार्यक्रममा नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका इन्चार्ज विवेक राई, जिल्ला कमिटी सदस्य प्रकाश पौडेल, गंगा भट्टराई, महिला नेतृ रञ्जना श्रेष्ठ, कमला पौडेलसहितको उपस्थिति थियो । कार्यक्रम नेकपा मकवानपुरका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन “पृथक” को प्रमुख आतिथ्यतामा भएको हो ।

