मकवानपुर । नेपाल ज्योतिष परिषद मकवानपुरमा हरिप्रसाद सापकोटाको अध्यक्षतामा २१ सदस्यीय समिति चयन भएकाे छ । शनिबार भएकाे ज्योतिष परिषद मकवानपुरको ५औ जिल्ला अधिवेशनले सापकाेटाकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे हाे ।
नेपाल ज्योतिष परिषद केन्द्रिय समितिका अध्यक्ष माधवराज पाण्डेको प्रमुख आतिथ्यता तथा परिषद जिल्ला अध्यक्ष हरिप्रसाद सापकोटाको सभाध्यक्षतामा शनिबार हेटौंडामा परिषदकाे अधिवेशन भएको हो।
परिषद्काे उपाध्यक्ष यादवराज बराल, मातृका नेपाल, सुनिल रुपाखेती, सचिव दामोदर धिताल, सहसचिवमा कुश अधिकारी, यदुनाथ सुबेदी, कोषाध्यक्ष पबित्रा पौडेल, सह कोषाध्यक्षमा ज्ञान प्रसाद घिमिरे रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा सुरण दहाल, रामहरि भट्टराई, ईन्द्रप्रसाद नेपाल, डुल प्रसाद दहाल, केशव प्रसाद पौडेल, नारायण प्रसाद पौडेल, प्रेमप्रसाद नेपाल, कृष्णप्रसाद घिमिरे, बिष्णु प्रसाद घिमिरे, बिष्णुप्रसाद दहाल, श्यामप्रसाद शर्मा न्यौपाने, चेत ब स्याङ्तान, मधुकर बर्तौला चयन भएका छन।
कार्यक्रममा ज्योतिष परिषद केन्द्रिय वरिष्ठ उपाध्यक्ष केशब धिताल,महासचिव कमल काफ्ले र कोषाध्यक्ष भुपेन्द्र घिमिरेको बिशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा परिषद केन्द्रिय सदस्य द्वय गणेश धिताल, गोबिन्द दुवाडी, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण घिमिरे,प्रदेश उपमहासचिव गोबिन्द सन्जेल,कांग्रेस मकवानपुर सदस्य एवम रुद्रेश्वर समिति अध्यक्ष राजिव सुवेदी,सल्लाहकार बासुदेव बत्सको लगायताको उपस्थिती रहेको थियो।
मकवानपुर । हरेक महिनाको पहिलो शनिबार गजल यात्राको नियमित शृङ्खला सञ्चालन गर्दै आएको गजल मञ्च मकवानपुरको १७७ औं शृङ्खला शनिबार सम्पन्न भएको छ । मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका बरिष्ठ हास्यव्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष एवम् झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, सिस्नुपानी मकवानपुरका अध्यक्ष डा. गणेशकुमार पौडेल, प्रगतिशील लेखक संघ मकवानपुरका पूर्व अध्यक्ष पुरुषोत्तम आचार्य, साहित्य सङ्गम मकवानपुरका सचिव डिबी वर्तौला, सुस्केरा परिवारका राम कार्की, यादव श्रेष्ठ, गजलकार किशन पौडेल, सानु खनाल, सञ्जित श्रेष्ठ, प्रशन्ना चौलागाई स्वस्तिका दाहाललगायत करिब डेढ दर्जन गजलकारहरुले गजल बाचन तथा गायन गरेका थिए ।
पदमपाेखरीमा निशुल्क स्वास्थ्य शिविर
Tags: No Comments
मकवानपुर / हेटौंडा उपमहानगरपालिका वडा न.–१३ पदमपोखरीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
फेमकल एकेडेमीको आयोजना भएको निशुल्क स्वास्थ्य शिविरमा ४ सय जनाले स्वास्थ्य जाँच सेवा लिएको एकेडेमीका प्रिन्सिपल केशव मुडभरीले बताए । कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको स्वास्थ्य जाँच गरिएको प्रिन्सिपल मुडभरीले बताए । शिविरमा बालबालिकाहरुको स्वास्थ्री जाँच गर्नाले बालबालिकाहरुलाई स्वास्थ्यप्रति चनाखो हुनुपर्ने चेतना समेत विस्तार गर्न सकिने उनले बताए।
‘बालबालिकाहरुलाई सैद्धान्तिक सिकाइसँगै व्यवहारीक ज्ञान पनि आवश्यक हुन्छ, यस्ता शिविरमा स्वास्थ्य जाँच गर्दा पनि उनीहरुले धेरै कुराहरु सिक्ने अवसर पाउँछन्’ प्रिन्सिपल मुडभरीले भने । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटाैंडाका डाक्टर सागर काफ्लेको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले जनरल फिजिसिएन, रक्त समूह,शरिरकाे उचाइ, रक्तचाप जाँच गरेकाे थियाे । यसै गरी स्वास्थ्य जाँचसँगै जुकाको औषधि पनि वितरण गरिएको थियो ।
स्वास्थ्य जाँच कार्यक्रममा विद्यालयकाे स्वास्थ्य प्राविधिक पवित्रा राइ सहयाेगी प्रियंका क्षेत्री, रक्तसञ्चार केन्द्र हेटाैंडामा इन्चार्ज टंक दाहाललगायतकाे पनि सहभागिता रहेकाे थियाे ।

शिविरमा पदमपोखरी हेल्थपोष्टका प्रमुख धानेश्वर शाहले शिविरबाट स्वास्थ्य समस्या पत्ता लागेमा उपचार गर्न समयमै पहल हुने भएकोले शिविरको आवश्का रहेको बताए । एकेडेमीका प्रिन्सिपल मुडभरीले विद्यार्थीहरुको स्वास्थ्य जाँच समय समयमा गर्नु पर्ने भएकोले विद्यालयले नै यस्तो पहल गरेको बताए ।


मकवानपुर । मकवानपुर प्रहरीले बेपारिसे अवस्थामा माेटरसाइकल फेला पारी सम्वन्धित व्यक्तीलाइ बुझाएकाे छ ।
वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरवाट खटिएको प्रहरी गस्ती टोलीले हेटाैडा २ संगमचोक बाट बेवारिसे अवस्थामा ना ४२ प ८७६१ नं. को मोटरसाईकल फेला पारी माेटरसाइकल धनी शंकर थापालाइ बुझाएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
माेटरसाइकल धनी मकवानपुर भिमफेदी गाँउपालिका ५ बस्ने बर्ष ४६ को थापालाई बैशाख ३ गते शुक्रबार वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरमा मोटरसाईकल बुझाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।
मकवानपुर । हेटौंडा–४ मा रहेको हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टी भएको छ ।
शुक्रबार विहान क्याम्पसको शौचालयमा तारसहितको शंकास्पद बस्तु देखिएको थियो । क्याम्पस गएका विद्यार्थीले शंकास्पद बस्तु देखेपछि व्यवस्थापनलाई जानकारी दिएका थिए । त्यसपछि व्यवस्थापनले प्रहरीलाई खबर दिएको थियो ।

भैसेबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले म्यानेजमेन्टमा भेटिएको बस्तु बम नभएको पुष्टी गरेको हो । क्याम्पसमा भेटिएको शंकास्पद बस्तु मानिसलाई झुक्याउन राखिएको बस्तु (होक्स) रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शंकास्पद बस्तु सेनाले डिस्पोज गरेको छ ।