मकवानपुर । नेकपा एमालेकाे भातृ संगठन अनेरास्ववियुले मकवानपुर बहुमुखी क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएकाे छ । अनेरास्ववियुले मकवानपुर बहुमुखी क्याम्पस कमिटिले स्नातक तह चौथो वर्षको छात्रावृत्तिमा क्याम्पसले अनियमिता गरेको भन्दै विज्ञप्ती प्रकाशित गरी प्रमुख उपाध्यायलाई ध्यानाकर्षण गराउँदै पत्र बुझाएकाे हाे ।
नियम विपरीत छात्रावृत्तिमा विद्यार्थीको नामावली प्रकाशन भएको भन्दै ध्यानाकर्षण गरेको कमिटी संयाेजक आशिष रौनिहारले जानकारी दिए । नियम अनुसार २४ घण्टाभित्र छात्रावृत्तिमा विद्यार्थीको नामावली सच्चाउन अल्टिमेटम दिएको छ ।
यस समयभित्र काम कारबाही अगाडि नबढाए अनेरास्ववियुले कडा कदम चल्नुका साथै संघर्षको समयमा हुने सम्पूर्ण क्षति क्याम्पस प्रशासनले नै जिम्मेवार लिनुपर्ने कमिटि संयोजक रौनिहारद्वारा हस्ताक्षर गरिएकाे विज्ञप्तिमा भनिएकाे छ ।

मकवानपुर । मकवानपुर उद्योग वाणिज्यसंघको साधारण सभा आइतबारबाट हेटौंडामा सुरु भएको छ । मउवा संघकाे ५४ औ र ५५ औ साधारण सभा सुरु भएकाे हाे ।
कोभिड-१९ कारण प्रतिनिधिमुलक उपस्थिती तथा जुम एप्स मार्फत सुरु भएकाे साधारण सभा संघ अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा नेपाली कांग्रेस जिल्ला सभापती तथा बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरु कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, मुनु सिग्देल,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, प्रदेश महासंघका पदाधिकारी, संघका पूर्व अध्यक्ष, विभिन्न संघ संस्थाका अध्यक्ष, जनप्रतिनिधिहरु, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतकाको अतिथ्यता रहेको थियो ।
कार्यक्रममा २०१८ की मिस नेपाल श्रृङखला खतिवडा, संगीतकार शिखर सन्तोष, व्यवसायी तथा समाजसेवी रामचन्द्र बर्तौला, हेटौंडा खानेपानी व्यवस्थापन वोर्ड लगायत विभिन्न व्यक्तिहरुलाई नगद सहित सम्मान गरिएको थियो ।
निर्वाचनकाे कार्यक्रम कात्तिक ९ गते , अध्यक्षमा न्यौपाने र अग्रवाल प्रतिस्पर्धामा
संघको यस साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्व चयनकाे लागि निर्वाचन कात्तिक ९ गते मंगलबार हुदैछ । संघकाे नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा पूर्व अध्यक्ष राजकुमार न्यौपाने र वर्तमान उपाध्यक्ष कृष्ण गुप्ता अग्रवालले प्यानल बनाएर उम्मेदवारी घाेषणा गरेका छन् । अध्यक्ष पदका उम्मेदवार न्याैपाने र अग्रवाल बीच कडा प्रतिस्पर्धा हुने भएकाे छ ।
संघकाे चुनावमा न्यौपानेको प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्ष पदमा रामप्रसाद न्यौपाने, उद्योगतर्फको उपाध्यक्ष पदमा प्रतिमा श्रेष्ठ, एशोसियट तर्फको उपाध्यक्षमा उज्वल चौलागाईँ र वस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारी उम्मेदवार रहेका छन् ।
त्यस्तै सदस्य पहको उम्मेदवारहरुमा नवराज खतिवडा, राजु थापा, अशोककुमार राउत, अजिव भट्टराई, तेजराज अधिकारी, दिपक शिवाकोटी, ज्ञानेन्द्र बर्तौला, मेनका श्रेष्ठ, नरेन्द्र भण्डारी, हरिप्रसाद ढकाल, माधव ज्ञवाली, दिवस पराजुली, नेत्रप्रसाद खतिवडा, सुदर्शन पराजुली, विष्णु दाहाल, बालकृष्ण बजगाईँ, हरिनारायण ठाकुर, मनु दाहाल, नेत्र कुमारी भक्त अग्रवाल, राजु राउतलगायतत रहेका छन् ।
यस्तै अग्रवालको प्यानलमा वाणिज्य तर्फको उपाध्यक्ष पदमा अनिल अग्रवाल, उद्योगतर्फको उपाध्यक्ष पदमा प्रमोदसिंह रानाभाट, एसोसियटतर्फको उपाध्यक्ष पदमा विष्णु खनाल, वस्तुगततर्फको उपाध्यक्ष पदमा काब्यमणि अधिकारी उम्मेदवार रहेका छन् ।
त्यस्तै सदस्यहरुमा कुलप्रसाद चौँलागाई, जावेद हुसेन, सन्तोष कुमार अर्याल,गणेशप्रसाद भेटवाल, पुष्पराज पुडासैनी, कृष्णप्रसाद ढुंगाना, निलम बैद्य, भुपेन्द्रप्रसाद अधिकारी, अंकिता सुमार्गी, प्रदिप अर्याल, दिपक खत्री, निमल पाण्डे श्रीकृष्ण कर्माचार्य, राजाराम कार्की, अनिलभक्त श्रेष्ठ, विकेशलाल श्रेष्ठ, कृष्णहरि बर्तौला, रुपकराज दाहाल, दिपक उप्रेती, दामोदर पाठक, र सितादेवी भेटुवाल रहेका छन् ।
निर्वाचित सदस्यहरुबाट १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष र १ कोषाध्यक्ष मनोनित हुनेछन् । त्यस्तै थप ३ जना सदस्य मनोनित गरिने जनाइएको छ । संघको समितिमा १२ जना पदाधिकारी र २० जना सदस्य गरी कूल ३२ जना रहने जनाइएको छ ।
मकवानपुर । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवं मकवानपुर ईन्चार्ज कुमारी मोक्तानले देश माओवादीको एजेण्डाअनुसार चलेकाले आगामी दिनमा माओवादी शक्तिशाली पार्टी बन्ने बताएकी छिन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) हेटौंडा ९ को शनिबार आयोजित प्रथम वडा सम्मेलनको उदघाटन कार्यक्रममा माेक्तानले नेपालमा विचारको हिसाबले माओवादी सबैभन्दा उत्कृष्ट रहेको भन्दै आमनेपालीको पार्टी बन्ने दाबी गरिन् ।
राष्ट्रियता, जनता, महिला, दलित, आदिवासी जनजाति, मधेशी, उत्पीडित बर्गको उत्थानको लागि पार्टीले महत्वपूर्ण भुमिका खेलिरहेको भन्दै उनले विगतमा पार्टी विभाजन भएपनि चाँडै सबै गोलबद्ध हुने जिकिर गरिन् । दश बर्षे जनयुद्धमार्फत् धेरै उपलब्धीमध्ये महिलाको ३३ प्रतिशत आरक्षणपनि एक रहेको भन्दै बागमती प्रदेशकी सांसदसमेत रहेकी मोक्तानले ५० प्रतिशत महिला आरक्षण माग गर्ने एकमात्र संगठन अनेमसंघ क्रान्तिकारी रहेको बताईन् ।
बर्तमान केन्द्र सरकारमा सबैभन्दा धेरै महिला मन्त्री माओवादीले बनाएको भन्दै उनले मकवानपुरमा १ नम्बरको पार्टी बनाउँने अभियानमा रहेको समेत बताईन् । यसैबिच, अनेमसंघ क्रान्तिकारीको वडा सम्मेलनले मञ्जु देवकोटाको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अञ्जु न्यौपाने, सचिवमा दिलकुमारी तामाङ, कोषाध्यक्षमा रसिला ढकाल लगायत रहेका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) हेटौंडा ९ की अध्यक्ष गौरी राईको सभाध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका हेटौंडा नगर ईन्चार्ज विवेक राई, नगर अध्यक्ष तिर्थ बहादुर थापा मगर, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय सदस्यहरु रञ्जना श्रेष्ठ, लक्ष्मी माझी, हेटौंडा नगर अध्यक्ष लक्ष्मी पाख्रिन लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
मकवानपुर । हेटौंडामा ईन्जिनियरहरुले विरोध प्रदर्शन गरेका छन् । खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख ईन्जिनियर जागेश्वर कुशवाहालाई गरिएकाे दुर्व्यवहारको विरोधमा हेटौंडाका ईन्जिनियरहरुले विरोध प्रदर्शन गरेका छन।
सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले ईन्जिनियर कुशवाहालाई कात्तिक ४ गते दुर्व्यवहार गरेका थिए । कुशवाहाकाे कार्यालय पुगेका जनमत कार्यकर्ताले कुशवाहलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका थिए ।
उक्त दुर्व्यवहारकाे विराेधमा शनिबार बिहान हेटौंडाको बुद्धचोकमा ईन्जिनियरहरुले हातमा कालो पट्टि बाँधेर विरोध प्रदर्शन गरेका हुन । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालको आयोजनामा मकवानपुरका सरकारी कार्यालयका तथा निजि कन्सल्टेन्सीका ईन्जिनियरहरुको उपस्थितीमा विरोध प्रदर्शन गरिएको हो ।


