मकवानपुर । हेटौंडा उपमहानगपालिकाको वडा नंबर १४ मा नेकपा एमाले विजयी भएको छ । एमालेबाट वडा अध्यक्षका उम्मेदवार दीपक खड्का दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।
यसअघि २०७४ मा भएको स्थानीय निर्वाचनमा पनि खड्का वडा अध्यक्षमा निर्वाचित भएका थिए । आधाकारिक नतिजा नआउदै गठबन्धनबाट नेकपा माओवादीका उम्मेद्वार ज्ञानेन्द्र मुक्तानलाई पराजित गर्दै खड्का विजयी भएका हुन् ।
अन्तिम मत परिणाम नआउदै खड्काले प्राप्त गरेको मत मुक्तानले प्राप्त गरेको मतको अन्तर गणना हुन बाकी मत भन्दा बढी भएकोले खड्काको जित भएको हो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ मा नेपाली कांग्रेस विजयी भएकाे छ । हेटाैडा ३ मा कांग्रेसबाट वडा अध्यक्ष पदमा उम्मेदवार ढलक बहादुर थापा १ हजार ५ सय ८४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत बुधबार सम्पन्न मतगणनामा थापा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम कुमार पुडासैनीलाई पराजित गर्दै विजयी भएका हुन ।
२०७४ सालकाे स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित पुडासैनीले ९ सय ४५ मत प्राप्त गर्दा नेकपा माओवादीका रुपेश बर्तौलाले ५ सय ९२ मत ल्याएका थिए । यसैगरि,राप्रपाका गणेश बर्तौलाले ९५ र नेकपा मालेका उद्धव प्रसाद अधिकारीले ४ मत ल्याए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ मा नेपाली कांग्रेसका विष्णुबहादुर दाहाल वियजी भएका छन् । हेटाैडा ६ मा कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार दाहालले १ हजार १ सय ८१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विश्वराज राई १ हजार १ सय ४८ मत पाएका छन् । दाहालले ३३ मतले राइलाई पराजित गरेका हुन् । त्यस्तै माओवादीका राजु गुरुङले २ सय ४९, राप्रपाका केदार राईले ७ सय ५७ मत पाएका छन् ।
सो वडामा कूल ३ हजार ५४३ मत खसेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ मा नेपाली कांग्रेस विजयी भएकाे छ । बुधबारकाे मतगणनाकाे नतिजा अनुसार हेटाैडा १७ काे वडाध्यक्षमा नेपाली कांग्रेसका उद्धव सत्याल विजयी भएका छन् ।
सत्यालले १ हजार ३ सय १४ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणबहादुर खुलालले १ हजार १ सय ३६ मत, नेकपा माओवादी केन्द्रका चुडामणि रुपाखेतीले ८ सय ८० मत र राप्राका हरिबहादुर राउतले १ सय ९६ प्राप्त गरेका छन् ।
यसैगरी, महिला वडा सदस्यमा एमालेकी लेखकुमारी तिमल्सिना, दलित महिला सदस्यमा कांग्रेकी उर्मिला चुनारा, खुल्ला सदस्यहरुमा कांग्रेसका कृष्णबहादुर अधिकारी र नवराज न्यौपाने निर्वाचित भएका छन् ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका रामकृष्ण काेइराला निर्वाचित भएका छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत बुधबार सार्वजनिक मत परिणाम अनुसार हेटौंडा–१६ को वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट कांग्रेसका रामकृष्ण कोइराला निर्वाचित भएका हुन् ।
कोइरालाले आफ्नो निकटतम प्रतिस्पर्धी उम्मेदवार भन्दा २ गुणाभन्दा बढी मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनले २ हजार ४ सय ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका बसन्त लामिछानेले १ हजार ९० मत मात्रै ल्याएका हुन् । स्थानीय तहको निर्वाचन २०७४ मा वडा अध्यक्ष निर्वाचित भएका कोइराला पुनः ५ बर्षको लागि चुनिएका छन् ।
यस अघीकाे आफ्नाे कार्य अवधिमा राम्रो काम गरेकोले जनताको उत्साहजनक मत पाएको राजनीतिक वृत्तमा चर्चा छ । सो वडामा ३ हजार ७ सय ३९ मत खसेको थियो ।