मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ मा नेपाली कांग्रेस विजयी भएकाे छ । हेटाैडा ३ मा कांग्रेसबाट वडा अध्यक्ष पदमा उम्मेदवार ढलक बहादुर थापा १ हजार ५ सय ८४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत बुधबार सम्पन्न मतगणनामा थापा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम कुमार पुडासैनीलाई पराजित गर्दै विजयी भएका हुन ।
२०७४ सालकाे स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित पुडासैनीले ९ सय ४५ मत प्राप्त गर्दा नेकपा माओवादीका रुपेश बर्तौलाले ५ सय ९२ मत ल्याएका थिए । यसैगरि,राप्रपाका गणेश बर्तौलाले ९५ र नेकपा मालेका उद्धव प्रसाद अधिकारीले ४ मत ल्याए ।

